पूर्वमुस्ताङी राजा जिग्मे रहेनन्

568
  •  
  •  
  •  

Jigme-Palbar-Bistaकाठमाडौँ, १ पुस (ओएनएस) :  मुस्ताङका पूर्वराजा जिग्मे परवल विष्टको शुक्रबार विहान निधन भएको छ ।

पूर्वमुस्ताङी राजा जिग्मेको ८४ वर्षको उमेरमा काठमााडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिजनले जनाएको छ ।

लामो समयदेखि उच्च रक्तचाप र युरिक एसिडबाट पीडित रहेका जिग्मे पछिल्लो समयमा परिवारसहित बौद्ध बस्दै आएका थिए ।

आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा जिग्मे जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय थिए ।

मुस्ताङको शासन सत्तामा शक्तिशाली रहँदै पूर्वराजा जिग्मे २०६२/०६३ को जनआन्दोलनपछि भने निस्क्रिय रहेका थिए ।


  •  
  •  
  •