पूर्व राजदूत झाको अाफ्नै निवासमा छुरी प्रहार गरी हत्या

490
  •  
  •  
  •  

काठमाडौं, ४ भदौ (ओएनएस) : फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशवराज झाको छुरी प्रहार गरी हत्या भएकाे छ। ८० वर्षीय झाको काठमाडौंको थापाथली स्थित अाफ्नै निवासमा छुरी प्रहार गरी हत्या भएको हाे।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उनको टाउकोमा छुरी प्रहार भएको चोट देखिन्छ। उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लाने तयारी भइरहेको छ। प्रवक्ता डिएसपी थापाले उनलाई बिहान घर भित्र मृत अवस्थामा फेला पारिएको बताए। थप अनुसन्धानका लागि घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखाको टोली पनि पुगेको छ ।

सिंहदरबार वृतका प्रमुख डिएसपी काजीकुमार आचार्यका अनुसार घटनाबारे बिहान साढे ६ बजे परिवारले थाह पाए पछि प्रहरीलाई खबर गरेका थिए ।

पराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका हुन्।


  •  
  •  
  •