मुगुमा जात्राको रौनकता (फोटोफिचर)

53
  •  
  •  
  •  

काठमाडौं, १५ भदाैँ (अाेएनएस) : मुगुमा यति बेला जात्राका कारण मुगु सदरमुकाम गमगढीमा रौनकता छाएको छ ।गत ११ गतेदेखि गाईजात्रा बाट शुरु भएको जात्राले सदरमुकाम गमगढीमा दिनानुदिन रौनकता बढ्दै गएकाे छ।

जात्रा हेर्न स्थानीय गाउँ गाउँ बाट आउने गरेका छन भने टाडा टाढा का स्थानीय समेतजात्रा हेर्नकै लागि सदरमुकाम गमगढीमा डेरा गरेर भएपनि बसेका छन ।

जात्रा सारै मन पर्ने र जात्रा हेर्नकै लागि दुई दिनको पैदल यात्रा गरेर भएपनि गमगढी आईपुगेको सोरु गाउँपालिकाक स्थानीय बिर बहादुर शाहीले बताए ।

मुगुमा जात्रा २०५८ सालबाट मनाउन शुरु गरिएको भएपनि केहि बर्ष विविध कारणबसले जात्रा बन्द भएको थियो । तर सबैको सक्रियतामा पुन जात्रा सुचारु गरिएको जात्रा समितिका अध्यक्ष लोग जग मल्लले बताए।

८ दिन सम्म सञ्चालन हुने जात्रा १७ गते श्री कृष्ण अष्टमिको दिनमा कृष्ण जन्माई १८ गते लाखे काटेर जात्रा सकिने छ ।जात्रा नेवार समुदायको मुख्य पर्व भएपनि पछिल्ला बर्षहरुमा यो पर्व सबै जातजातीले मनाउने गरेका दाेखिन्छ ।

काठमाडौँका मल्लकालीन राजा प्रताप मल्लका नाबालक छोरा चक्रवर्तेन्द्रको अकल्पनीय मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै हाम्रामात्र होइन, अरुका सन्तानको पनि मृत्यु हुने गर्छ भन्ने सन्देश दिन राजाले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन उर्दी दिएपछि यहि कुराले पछि आएर गाईजात्राको स्वरुप लिएको जानकारहरुको भनाई छ ।


  •  
  •  
  •