पूर्व फुटबल प्रमुख जिमिनिजलाई तीन लाख ५० हजार अमेरिकी डलर जरिवाना

20
  •  
  •  
  •  

एजेन्सी : ग्वाटेमालाका पूर्व फुटबल प्रमुख ब्रायन जिमिनिजलाई भ्रष्टाचारको आरोपमा तीन लाख ५० हजार अमेरिकी डलर जरिबाना लगाइएको छ ।

सन् २०१५ मा विश्व फुटबलमा भएको भ्रष्टाचारमा ग्वाटेमालाका प्रमुख पनि मुछिएको भन्दै ब्रोक्लिन फेडेरेसन कोर्टले उनलाई त्योे जरिवाना लगाएको हो ।

अमेिरकी अनुसन्धानकर्ताले गरेको अध्ययनमा ब्रायनलाई २०१७ मा नै पक्राउ गरेको थियो । जसका कारण उनलाई आजीवन फुटबलबाट प्रतिबन्ध लगाइएको थियो ।

उनले मध्य अमरिकी फुटबलको मार्केटिङ राइट्सका साथै टेलिभिजन र विश्वकप प्रायोजन अधिकारका साथै ग्वाटेमालाले खेलेका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट समेत रकम लिएको खुलासा भएको थियो । अमेरिकाको अदालतले ब्रायनले लाखौँ डलर भ्रष्टाचार गरेको ठहर गरेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here