किन पुगे जनप्रतिनिधिहरु सिंहदरबारमा

107
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : दुर्गम जिल्ला मुगुका जनप्रतिनिधिहरुले सरकारले गाउँगाउँमा सिंहदरबार पुगेको भनिए पनि यो नारामा मात्र सिमित भएको बताएका छन्।

मुगुका जनप्रतिनिधि कर्मचारी अभावका कारण जनताहरुको कार्यसम्पादनमा समास्या भएको भन्दै कर्मचारीको माग गर्दै सिंहदरबार धाउन थालेका छन् ।

जिल्ला सदरमुकामसमेत रहेको छायाँनाथ रारा नगरपालिकामा कर्मचारी नभएको भन्दै निर्वाचित प्रतिनिधिसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको समूह आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर आवश्यक कर्मचारी उपलब्ध गराईदिन माग गरेका छन् ।

सांसद गोपाल बमको नेतृत्वमा आएको जनप्रतिनिधिको टोलीले जिल्लाका स्थानीय तहमा छिटो कर्मचारी पठाउन मन्त्रालयमा अनुरोध समेत गरेका छन्। छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले १४ वडा रहेको नगरपालिकामा दुई जना मात्र सचिव रहेको बताए।

‘लामो समयपछि जनप्रतिनिधि निर्वाचित भएकाले स्थानीयस्तरमा जनचाहनाअनुरुप काम गर्न कर्मचारी अभावका कारण समस्या भएको जनप्रतिनिधि टोलीको भनाइ थियो ।

कर्मचारी समायोजनको प्रक्रिया चलिरहेको जानकारी गराउँदै मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले समायोजनपछि अपुग कर्मचारी स्थानीय तहको मागअनुसार प्रदेश लोकसेवाले विज्ञापन गरी नियुक्तिका लागि सिफारिश गर्ने बताए।

मुगुमा छायाँनाथ रारा नगरपालिका, मुगुम कर्मारोग, सोरु र खत्याड गाउँपालिका गरी चार वटा स्थानीय तह छन् ।


  •  
  •  
  •