पूर्व सांसद सज्जन कुमारलाई जन्मकैदको फैसला

642
  •  
  •  
  •  

नयाँ दिल्ली : कांग्रेसका पूर्व कंग्रेस सांसद सज्जन कुमारलाई जन्मकैदको फैसला सुनाइएको छ ।

दिल्ली हाइकोर्टले सन् १९८४ को सिख दंगा मामिलामा दोषी ठहर गर्दै ३४ वर्षपछि जन्मकैदको सजाय सुनाइएको हो । साथै अदालतले उनलाई पाँच लाख भारु जरिवाना पनि गरेको छ । अदालतले सज्जन कुमारलाई ३१ डिसेम्बरसम्म आत्मसमर्पण गर्न आदेश दिएको छ ।

अप्रिल २०१३ मा दिल्लीको तल्लो अदालतले सन् १९८४ को सिखबिरोधी दंगाको दौरान दिल्लीको छावनी क्षेत्रमा पाँच सिखको हत्या मामिलामा सज्जन कुमारलाई सबै आरोपबाट सफाई दिएको थियो ।

यस फैसलाबिरुद्ध केन्द्रीय जाँच ब्युरो सीबीआईले दिल्ली हाइकोर्टमा अपिल गरेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार न्यायाधीशद्वय एस मुरलीधर र विनोद गोयलले यस मामिलाको सुनवाई २९ अक्टुबरमै पूरा गरेका थिए र फैसला सुरक्षित राखेका थिए ।
एजेन्सी


  •  
  •  
  •