जापानमा ६.१ रेक्टरकाे भूकम्प, ३ जनाको मृत्यु, सयाैँ घाइते

121
  •  
  •  
  •  

४ असार : जापानमा ६.१ रेक्टरकाे भूकम्प गएकाे छ। पश्चिमी जापानको ओशाका सहरमा गएको भूकम्पमा परी ३ जनाको मृत्यु भएको छ भने सयाैँ नागरिक घाइते भएका छन्।

सोमबार बिहान गएको भूकम्पमा परी ओशाका तथा नजिकैका ह्वयोगो र क्योटोमा २ सयभन्दा बढी घाइते भएको विपद् व्यवस्थापन विभागले जनाएको जापानी संचारमाध्यमले जनाएकाे छ।

स्थानीय समयअनुसार बिहान ८ बजे भूकम्प गएको जापानी संचारमाध्यमले जनाएको छ। दक्षिणी ओशाकामा ठूलो धक्का गए पनि पश्चिमी जापान र क्योटोमा समेत यसको महसुस गरिएको संचारमाध्यमले जनाएको छ।


  •  
  •  
  •