जनमत संग्रहको हार स्वीकार गर्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा

372
  •  
  •  
  •  

EPA
EPA

काठमाडौँ, २० मंसिर  (एजेन्सी) : जनमत संग्रहको हार स्वीकार गर्दै इटलीका प्रधानमन्त्री माटेओ रेन्त्सीले पदबाट राजीनामा दिएका छन् ।

संवैधानिक सुधारबारे प्रस्ताव अघि बढाउँदै जोखिम मोलेका प्रधानमन्त्री रेन्त्सीले आइतबार भएको जनमत संग्रहमा आफ्नो हार स्वीकार गर्दै पदबाट राजीनामा दिएकाे बीबीसीले जनाएकाे छ ।

तल्लो सदनले पारित गरेको विधेयकलाई अस्वीकार गर्नसक्ने गरी सिनेटको अधिकार घटाउन उनले राखेको प्रस्ताव फराकिलो अन्तरले पराजित भएको थियो ।

रेन्त्सीले उनको देशका मतदाताले जनमत संग्रहमार्फत आफूहरुलाई संवैधानिक सुधार नचाहिएको भन्ने निर्णायक जवाफ दिए ।
सुधारबारे उनको प्रस्तावले प्रधानमन्त्रीको कार्यालयलाई ज्यादा शक्तिशाली बनाउने तर्क विपक्षी पार्टीको थियो

जनमत संग्रहको यो परिणाम इटलीका कैयौं विपक्षी पार्टीका लागि ठूलो जित हो।

रेन्त्सीको प्रस्ताव जनमत संग्रहबाट पारित भए त्यसले उनलाई अत्यधिक अधिकार दिने भन्दै प्रचारमुखी विपक्षी पार्टी ‘फाइभ स्टार मुभमेन्ट’ले व्यापक अभियान चलाएको थियो । उक्त पार्टीको अब तत्कालको उद्देश्य आगामी सन् २०१८ फ्रेबरीमा हुने आमचुनावमा जित्नु र युरोपेली संघसँगको इटलीको सम्बन्धबारे पुनर्विचार गर्न दवाव दिनु हो ।


  •  
  •  
  •