बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

६० वर्षपछि इटाली विश्वकपमा छनाेट हुन असफल

काठमाडौँ, २८ कात्तिक: चार पटकको विश्व विजेता इटाली सन् २०१८ मा रसियामा हुने विश्वकपमा छनोट हुन असफल भएको छ ।Italy

सोमबार राति भएको दोस्रो लेगमा स्विडेनसँग गोल रहित बराबरी खेलेपछि इटालीको विश्वकप खेल्ले सपना असफल भएको हो । छनोट चरणको पहिलो लेगमा इटाली स्विडेनसँग १–० ले पराजित भएको थियो । इटलीले अधिकांश समय बल आफ्नो पकडमा राखेपनि गोल गर्न सकेन र विश्वकपको लागि स्विडेन छनोट हुन सफल भएको छ ।b-57 (1)

इटाली विश्वकपमा ६० वर्षपछि नदेखिने भएको छ । यो भन्दा पहिले सन् १९५८ काे  विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । सन् १९३४, १९३८, १९८२ र २००६ मा इटलीले विश्वकप फुटबलको उपाधि जितेको थियो ।

italy vs sweden
यस्तै स्विडेनको जित सँगै सन् २०१८ को विश्वकपमा खल्ने २९ देशहरुको टुङगो लागेको छ । अब तिन देशहरुले सहभागि हुन पाउनेछन् । युरोपबाट डेनमार्क र आयरल्यान्ड, अन्तरमहादेशीय प्ले अफमा अष्ट्रेलिया र होन्डुरस, अर्काे प्ले अफमा पेरु र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्न बाकि छ यी तिन वटै टिमले पहिलो लेग गोल सहित बराबरी खेलका छन्  र विजेता टाेलीले विश्वकपमा अाफ्नाे स्थान पक्का गर्नेछन् ।

विश्वकपमा छनोट भएका टिम यस्ता छन्  :

युरोप: रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, पोल्यान्ड, इंग्ल्यान्ड, सर्बिया,  क्रोएसिया, आइसल्यान्ड,  स्विटजरल्यान्ड र स्विडेन ।

अफ्रिका:  मोरक्को, ट्युनिसिया, नाइजेरिया,  सेनेगल  र इजिप्ट ।

दक्षिण अमेरिका :  ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया ।

एसिया:  इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया ।

उत्तर, मध्य अमेरिका तथा क्यारेबियन:  मेक्सिको, कोस्टारिका  र पानामा ।

 

Comments are closed.

'
Scroll To Top