आइपिएल : बेंग्लोरको प्लेअफ सम्भावना कायमै

53
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ (ओएनएस) : इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुग्ने रोयल च्यालेन्जर्स बेंग्लोरको सम्भावना कायमै रहेको छ।

बिहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई १४ रनले हराउँदै बेंग्लोरले प्लेअफको सम्भावना जिवितै राखेको हो। जितसँगै बैंगलोर पाँचौं स्थानमा उक्लिको छ।

बेंग्लोर १३ खेलबाट १२ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको हो। हारे पनि हैदराबाद अंकतालिकाको शीर्ष स्थानमा कायमै छ।  मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ।

२ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन मात्र बनाएको थियो। उसका लागि काने विलियम्सन र मनीष पाण्डेले अर्धशतक बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन।

४२ बलको सामना गरेका विलियम्सनले ७ चौका र ५ छक्का प्रहार गरे भने मनिषले ३८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै, एलेसक्स हल्सले ३७ रन जोडे।

यसअघि पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकटको क्षतिमा २ सय १८ रन बनाएको थियो। उसका एभीडी भिलियर्सको ६९, मोइन अलीको ६५m कोलिन डे ग्राण्डोमले ४० बनाए। यसैगरी, डी भिलियर्सले बलमा १२ चौका र १ छक्का प्रहार गरेका थिए भने मोइनले ३४ बलमा २ चौका र ६ छक्का हानेका थिए ।

प्रतियोगितामा आज चेन्नई सुपरकिंग्स र दिल्ली डेयरडेभिल्स खेल्नेछन्।


  •  
  •  
  •