बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

एप्पलको आइफोन एक्स, ८ र ८ प्लस सार्वजनिक, यस्ता छन् सुविधा

iphone
काठमाडौं, २८ भदौ (ओएनएस): एप्पलले एकै पटक आइफोन एक्स, आइफोन ८ र ८ एस सार्वजनिक गरेको छ ।
आइफोनको सुरुवात भएको १० बर्ष पुगेको अबसरमा एप्पलले आइफोन एक्स अर्थात् आइफोन १० पनि सार्वजनिक गरेको छ जसमा धेरै नयाँ फिचरहरु पनि समावेश गरिएका छन् ।

आइफोन एक्स

आइफोनले आफुलाई प्रतिस्पर्धी स्मार्टफोनको हाराहारीमा राख्न आइफोन एक्समा भरपुर नयाँ फिचरहरु लोड गरेको छ । ५।८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त यो फोनमा अहिलेसम्मकै उत्कृष्ट पिक्चर डेन्सीटी रहेको छ ।

iphone x

जसमा अनुहार चिन्ने प्रबिधि ‘फेस आइडी’ पनि समावेश गरेको छ । यो मोबाइलमा राखिएको पासपोर्ट सम्बन्धित व्यक्तिको अनुहार चिनेर मात्र खुल्नेछ ।

आइफोन १० मा पछाडीतिर दुईवटा १२ मेगापिक्सेलका क्यामेरा राखिएको छ । वायरलेस चार्जिङयुक्त यो फोनमा ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ । आइफोन ७ मा भन्दा झण्डै दुई घण्टा ब्याट्री लाइफ यसमा बढी छ ।

आइफोन १० ६४ जीवी र २५६ जीवी गरी दुई स्टोरेज क्षमतामा उपलब्ध हुनेछ भने स्पेश ग्रे र सिल्भर गरी दुई कलरमा उपलब्ध हुने छ ।

६४ जीवीको आइफोन १० को खुला बजार मूल्य ९ सय ९९ अमेरिकी डलरबाट सुरु हूने छ । यसको मतलव यो फोन नै अहिलेसम्मको सवैभन्दा महंगो आइफोन हो । आइफोन १० को प्रि बुकिङ अक्टोबर २७ बाट सुरु हुने छ भने नियमित बिक्रि नोभेम्बर ३ बाट हुने छ ।

आइफोन ८ र ८ प्लस

आइफोन ७ सेरिजको नियमित अपग्रेडका रुपमा आइफोन ८ र ८ प्लस पनि सार्वजनिक भएका छन् ।

सानो आकारको आइफोन ८ को साइज ४।७ इन्चको हुने छ भने आइफोन ८ प्लस ५।५ इन्चको साइजमा उपलब्ध हुने छ । दुवैमा रेटिना एचडी डिस्प्ले छ ।apple_iphone8_plus

 

यसमा कम्पनीको सवैभन्दा आधुनिक ए११ चिप प्रयोग गरिएको छ ।  यो चिप ए१० भन्दा भन्दा ७० प्रतिशत फास्ट रहेको छ जुन आइफोन ७ सेरिजमा प्रयोग गरिएको थियो ।

iphone 8

आइफोन ८ मा एउटा १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ भने ८ प्लसमा दुइवटा क्यामेरा छन् । यी दुवैमा वायरलेस चार्जिङले सपोर्ट गर्छ भने लिल्भर, स्पेश ग्रे र गोल्ड गरी तीनवटा रंगमा उपलब्ध हुनेछन् ।

Comments are closed.

'
Scroll To Top