विद्रोहीको आक्रमण ३१ कामदारको मृत्यु

17
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर (ओएनएस) । इन्डोनेसियामा विद्रोहीको आक्रमणबाट कम्तीमा ३१ कामदारको मृत्यु भएको छ ।
पपुवामा सरकारी पुल निर्माण गरिरहेका मजदुरमाथि पृथकतावादीहरुले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।

सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ ।

पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि गत आइतबार बन्दुकधारीले गरेको हमलामा उनीहरुको मृत्यु भएको हो ।

नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा उक्त आक्रमण भएको थियो । सो परियोजनाका अन्य आठ कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताएका छन् ।

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here