रुसलाई पछिपार्दै भारतद्वारा एकै पटकमा १०४ उपग्रहको प्रक्षेपण

522
  •  
  •  
  •  

AFP
AFP

भारतले एकैपटक १ सय ४ वटा उपग्रहको प्रक्षेपण गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले एकै पटक १ सय ४ वटा उपग्रह प्रक्षेपण गरेको ट्वीट गरेर जनाएको हो ।

इसरोले प्रक्षेपण गरेका १ सय ४ उपग्रह मध्ये ३ वटा भारतका हुन् । बाँकी १ सय १ वटा इजरायल, काजकस्तान, नेदरल्याण्ड, स्विट्जरल्याण्ड र अमेरिकाका हुन् ।

हालसम्म कुनै पनि मुलुकले अन्तरिक्ष अभियान अन्तर्गत एकै पटक यति धेरै उपग्रह प्रक्षेपण नगरेको र भारतले कीर्तिमान बनाएको बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि सन् २०१४ मा रुसले एकै पटक ३७ उपग्रहको प्रक्षेपण गरेर कीर्तिमान बनाएको थियो । तर, भारतले रुसलाई पछि पार्दे नयाँ कीर्तिमान कायम गरेको हो ।


  •  
  •  
  •