बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

पतिले जुवामा हारे पत्नी, जित्नेद्वारा सामूहिक बलात्कार

wife-and-doughtersd
भारत, एजेन्सी : भारतको मध्यप्रदेशको इन्द्रौरमा आफ्नै श्रीमतीलाई जुवाको दाउमा राखेर पराजित भएपछि जित्ने समूहबाट बलात्कृत हुन दिएका छन् ।

यो घटना इन्दौर प्रहरीले आयोजना गरेको सार्वजनिक सुनुवाईमा ३८ वर्षीया चार सन्तानकी आमा ती पीडित महिलाले खुलासा गरिन् । यो घटना सार्वजनिक सुनुवाईमा ढिलो गरी सार्वजनिक भएको हो । ती महिलाका अनुसार उनका पतिले जुवामा हारेपछि जित्ने दुईजनाले उनलाई सामूहिक बलात्कार गरेका हुन् ।

प्रहरीमा ती महिलाले दिएको बयान अनुसार केही दिन पहिले उनका पतिले जुवाको दाउमा राखेर हारे । त्यसपछि नौशाद र घनश्याम नाम गरेका दुई पुरुषले उनलाई आफूहरुले जितेको र जे पनि गर्न पाउनुपर्ने भन्दै सामूहिक बलात्कार गरेका थिए ।

त्यो घटनापछि पीडित महिला श्रीमानबाट अलग बस्न थालेका छिन् । तर, ती दुईजनाले लगातार मानसिक यातना दिइरहेका छन् ।

उता इन्दौर प्रहरी इन्चार्ज ज्योति शर्माका अनुसार महिलाको आरोपको अनुसन्धानका लागि सबै सम्बन्धित पक्षलाई बयान दिन बोलाइएको जानकारी दिए । उनले तत्काल यस मामलामा कुनै आपराधिक मुद्दा दर्ता नगरिएको भएपनि अनुसन्धान भैरहेको बताएका छन् ।

भारत संसारमै सबैभन्दा बढी महिला हिंसा हुने देश हो । त्यहाँ सार्वजनिक स्थलमै महिलाहरुको सामूहिक बलात्कार र हत्या हुने गरेको छ । केही वर्षअघि दिल्लीमा एक चिकित्साशास्त्रकी विद्यार्थीको सामूहिक बलात्कारपछिको हत्याले विश्व हल्लाएको थियो ।

Comments are closed.

'
Scroll To Top