भारतद्वारा पहिलाे पटक अन्तरिक्षमा रकेट प्रक्षेपण

काठमाडौं,२८ पुस (ओएनएस): भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। गत बर्ष प्रक्षेपण सुरु असफल प्रयासपछि पहिलो पटक सफल रुपमा रकेट प्रक्षेपण गरेको हो ।

३१ वटा भूउपग्रह सहितको पीएस्‌एल्‌वीसी ४० नामक उक्त रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ उडेको छ ।

नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षयान सहितको उक्त रकेटमा अरू छ देशका भूउपग्रहहरू पनि छन्। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको हो। रकेटले संयुक्त राज्य अमेरिका, ब्रिटेन, फ्रान्स, क्यानेडा, दक्षिण कोरिया र फिन्लेण्डका ती भूउपग्रहले मुख्य रूपमा पृथ्वीको अवलोकन गर्ने बताइएको छ।यसअघि अघिल्लो वर्ष पीएसएलवी(सी ३९ नामक मिशन विफल भएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन्।

Share: