News

  • कसैसँग सम्झौता गरेनन्, सम्पतिको लोभ गरेनन्, सत्ताको राजनीति पनि कहिल्यै गरेनन् अनि पुष्पलाल पुष्पलाल नै रहे

    • Posted on: 2011-07-23

    प्रेम गौतम, ७ साउन (काठमाडौँ) 
    पुष्पलाल स्मृति दिवस नेपालका कम्युनिष्ट पार्टीहरुले शनिबार धुमधामका साथ मनाएका छन् । प्रजातन्त्रको लागि अथक योगदान गरेका पुष्पलाल श्रेष्ठको जन्म विक्रम सम्वत १९८१ को असार १५ मा रामेछापको भंगेरी गाँउमा भएको थियो ।  राणा शासन विरुद्ध संघर्ष गर्दागर्दै विक्रम सम्वत १९९७ सालमा शहीद भएका  गंगालालका माहिला भाई पुष्पलालले दाजुको प्रेरणाबाट सम्पूर्ण जीवन राजनीतिमा समर्पित गरे ।
     
    जेलमा बसेका दाजु गंगालाललाई भेट्न जादा गंगालालले पुष्पलाललाई भनेका थिए, "माइला मैले प्रजातन्त्रको लागि दियो बाल्न सुरु गरे तैले त्यसलाई निभ्न नदिनु ।"  दाजुका यीनै शब्दहरुले उनलाई राजनीतिमा सधै डोहोर्‍याइरहृयो । २२ वर्षको उमेरमा शहीद भएका गंगालालको प्रेरणाबाट पुष्पलालले जीवनका अन्तिम क्षणसम्मपनि प्रजातन्त्रप्रति समर्पित गरे ।

    सुरुमा नेपाल प्रजा परिषदका नेता टंकप्रसाद आचार्य लगायतका व्यक्तित्वहरुसँग उनको सामिप्य बढ्यो भने २००६ साल बैसाख १० गते निरञ्जन गोविन्द बैद्य, शम्भुराम श्रेष्ठ, नरबहादुर कर्माचार्य, शैलेन्द्रकुमार उपाध्याय आदि युवकहरुसँग मिलेर पुष्पलालले कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे ।

    सानैदेखि विद्रोही स्वभावका पुष्पलाललाई पारिवारिक वातावरणले राजनीतिमा ल्याएको थियो । विक्रम सम्वत १९९८ सालमै स्थापना भैसकेको प्रजातन्त्र संघमा आवद्ध भएर पुष्पलालले आफुलाई राजनीतिमा सक्रिय बनाइसकेका थिए भने त्यसका सक्रिय सदस्यहरु प्रेमबहादुर कंसाकार, कामाक्षदेवी, देवेन्द्र श्रेष्ठ, प्रचण्डमान अमात्य र नरबहादुर कर्माचार्यहरु प्रजातन्त्र संघमा सक्रिय भए ।

    पुष्पलालले युवा अवस्थामा राजनीति मात्र गरेनन् । गित, संगित, बास्केटबल र फुटबलप्रतिपनि उनको निकै अभिरुची थियो । प्रसिद्ध उस्ताद गणेशलालसँग उनले शास्त्रीय संगित सिके भने फुटबल र बास्केटबलमा पनि उनी राम्रो खेलाडीमा गनिन्थे । देश विदेशको राजनीति र समसामयिक घटनाको बारेमा चासो भएकाले उनी एउटा सक्रिय पत्रकार झै सधै आफु विश्व घटनालाई नियालिरहन्थे । आफ्नो विचारहरुलाई लिपिबद्ध गर्दै उनले पुष्पलालका विचारहरु लगायत विभिन्न कृतिहरु प्रकाशित गरेका थिए ।
     
    पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टी २०१९ सालमा विभाजित भयो । २०१४ सालमा पार्टीको महामन्त्री बनेका डाक्टर केशरजंग रायमाझी लगायतका युवाहरु फुटेपछि नेपाल कम्युनिष्ट पार्टी भित्रै अन्तरद्धन्द्ध सुरु भयो । आज दर्जनौँ चिरामा बाडिएका नेपाली कम्युनिष्टहरु विभाजनको नियती भोगिरहेका छन् ।  २०४० सालमा चौ.म. फुट्यो भने २०५१ सालमा एकताकेन्द्र फुट्न पुग्यो । नेपाल मजदुर किसान पार्टीको स्थापनापनि पुष्पलालकै नेतृत्वको पार्टी फुटेर भएको हो ।  २०२७ सालदेखि पुष्पलालको नेतृत्वमा काम गरिरहेका नारायणमान विजुक्छेँ रोहितले २०३१ सालमा छुट्टै पार्टी बनाएर कम्युनिष्टहरु धेरैवर्ष एकै ठाउँ बसिरहन सक्दैनन भन्ने प्रमाणित गरिदिए ।  

    पुष्पलालले जीवनमा कहिल्यै कसैसँग सम्झौता गरेनन् । सम्पतिको लोभ गरेनन् । सत्ताको राजनीति पनि कहिल्यै गरेनन् । त्यसैले पुष्पलाल पुष्पलाल नै रहे । संघर्ष गर्दागर्दै २०३५ साल साउन ७ गतेको दिन दिल्लीमा मुटुको रोगबाट पुष्पलालको निधन भयो । पुष्पलालको निधनपछि धेरैले उनको नामबाट फाइदा उठाए । पुष्पलाललाई आफ्नो ट्रेडमार्क बनाएर फाइदा लिन खोजे तर उनको  वास्तविक उद्देश्य, बाटो र सिद्धान्त कसैलेपनि मनन गर्न सकेनन । यो नेपाली कम्युनिष्ट आन्दोलनको सवैभन्दा ठूलो दुर्भाग्य हो । 

    बनारसमा वीपी कोइराला र मनमोहन अधिकारीसँग भेट भएपछि उनको राजनीतिक उर्जा अरु थपियो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका बारेमा पुष्पलालको स्पष्ट धारणा थियो । त्यसैले जतिसुकै ठूलो आर्थिक संकट भोग्नुपरेपनि उनले विदेशीहरुसँग हात पसारेनन् । आजका नेताहरुले उनको जीवनीबाट सिक्ने कुरा यही हो ।

    आज नेपालका अधिकांश कम्युनिष्ट पार्टीहरु सिद्धान्तविहीन बन्दै गएका छन् । सुविधाभोगी बन्दै गएका छन् । सत्ता, सम्पति, स्वार्थ, सुखसुविधा र अहंकारका कारण बदनाम हुदै गएका छन् । जनताको सियो, धागोपनि कम्युनिष्टहरुले सित्तैमा लिनु हुन्न भन्ने माओको आदर्श फलाक्ने नेताहरुले र्सवसाधारणका करोडौँको सम्पति कब्जा गरेका छन भने घरघरमा चन्दाआतंक फैलाएर लाखौँ मानिसलाई शारिरीक र मानसिक यातना दिएका धेरै उदाहरणहरु छन । सिद्धान्त र आदर्शबाट विचलित बन्दै गएका नेपालका कम्युनिष्ट नेताहरुले अझैपनि आफुलाई सुधार्न सकेनन भने उनीहरुको भविश्य विस्तारै विस्तारै झन अनिश्चित बन्न सक्छ । तर्सथ पुष्पलालको आदर्शबाट पाठ सिकेर अघि बढ्नु उनीहरुकै हितमा हुनेछ ।
     

Comments

समाचार More+

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी

      काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
    विस्तृतमा

  • राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा

      काठमाडौं, ८ जेठ (ओएनएस) : नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति चयनका लागि भएको चुनावको खुला र महिलातर्फको मतपरिणाम घोषणा भएको छ । खुला र महिलातर्फ गरी ४९ जना निर्वाचित भएका छन् ।    राजधानीमा जारी महाधिवेशनमा आदिवासी जनजाति, मधेसी, दलित र मुस्लिमको आरक्षणतर्फको मतगणना जारी रहेको नेता किरण गिरीले जानकारी दिए..
    विस्तृतमा

  • सहमति नभए पनि चुनावको मिति घोषणा गर्नुपर्छ : महासचिव बोगटी

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीले दलहरु बीचमा सहमति नभएपनि सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन् । उनले मिति घोषणामा सरकारले दलहरुमा निर्भर नभई स्वविवेकले निर्णय गर्न पाउने बताए ।     धनकुटामा भएको एक कार्यक्रममा बोगछीले चार दिनभित्र मिति घोषणा गर्न माग समेत गरे । उनले भने..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal