News

  • निलम्बित एआईजी मदनबहादुर खड्का कारागार चलान

    • Posted on: 2011-07-21

    काठमाडौँ, ५ साउन (ओएनएस)
    सुडान घोटालाका आरोपी निलम्बित एआईजी मदनबहादुर खड्कासंग विशेष अदालतले ५० लाख रुपैया धरौटी मागेको छ । उक्त रकम बुझाउन नसकेपछि खड्कालाई कारागार चलान गरिएको छ ।

    बिहीबार दिउँसो बबरमहलस्थित विशेष अदालतमा खड्का बयान दिन पुगेका थिए । सुडान घोटालामा खड्कासहित तीन पूर्व प्रहरी महानिरीक्षकसमेत गरी ३६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।

    विशेष अदालतमा बयानका लागि उपस्थित हुने उनी छैटौं प्रहरी अधिकारी हुन । यसअघि पूर्वप्रहरी महानिरीक्षकहरु हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी, पूर्वएआईजी दीपेन्द्रबहादुर विष्ट, निलम्बित एसएसपी श्यामबहादुर खड्का र डएसपी दिनेश केसी अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन ।
     

Comments

समाचार More+

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी

      काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
    विस्तृतमा

  • सप्तरीमा एक किशोरीको जलाएर हत्या

    बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका

    सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ ।  वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ ।  स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
    विस्तृतमा

  • राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा

      काठमाडौं, ८ जेठ (ओएनएस) : नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति चयनका लागि भएको चुनावको खुला र महिलातर्फको मतपरिणाम घोषणा भएको छ । खुला र महिलातर्फ गरी ४९ जना निर्वाचित भएका छन् ।    राजधानीमा जारी महाधिवेशनमा आदिवासी जनजाति, मधेसी, दलित र मुस्लिमको आरक्षणतर्फको मतगणना जारी रहेको नेता किरण गिरीले जानकारी दिए..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal