News

  • कोइराला-खनाल भेट

    • Posted on: 2009-11-25
    एक साताभित्र उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने सहमति

    काठमाडौं १० मंसिर (ओएनएस)
    नेपली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच एक साताभित्र उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ ।

    कोइराला निवास महाराजगञ्जमा बुधबार भएको भेटमा राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति कायम गरेर उच्चस्तरिय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको हो । भेटमा कोइरालाले जनताको चाहना बमोजिम शान्ति प्रक्रियालाई अघि बढाउनु पर्ने भएकाले दलहरुबीच सैद्धान्तिक सहमति आवश्यक भएको बताएका थिए ।

    भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले एक साताभित्र उच्चस्तरिय राजनीतिक संयन्त्र निर्माण गर्ने सहमति भएको जानकारी दिए । उनले गतिरोध अन्त्यका लागि सहमतिको विकल्प नभएको पनि बताए ।

    भेटमा सहभागी काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार दुबै नेताहरुबीच जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याई तोकिएकै समयमा संविधान निर्माण गर्ने विषयमा पनि दुवै नेताहरुबीच सहमति भएको छ ।

    सिंगापुरमा उपचार गराएर आइतबार स्वदेश र्फकेका कोइरालालाई यसअघि प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" ले पनि भेट गरिसकेका छन् ।

     

Comments

समाचार More+

  • पाँच कञ्चनजंघा आरोहीको मृत्यु

    ताप्लेजुङ , जेठ ९ (ओएनएस) : ताप्लेजुङमा रहको विश्वकै तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहण गरी फर्किँदै गरेको पाँच जनाको हिम पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा एक नेपाली र दुई/दुई जना कोरियन र हङगेरियन नागरिक छन् ।   उनीहरुको नाम भने खुल्न बाँकी छ । उनीहरुको तीन दिन अगाडि बनै मृत्यु भएको भएपनि आजमात्रै थाहा भएको हो । उनीहरुको शव..
    विस्तृतमा

  • सरकारले पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टायो

    राष्ट्रिय योजना आयोगमा पूर्वसचिव शाक्य

    काठमाडौं, ९ जेठ (ओएनएस) : सरकारले सुकुम्वासी आयोग सम्बन्धी पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराई सरकारले गठन गरेको सुकुम्वासी आयोग खारेज गरेको हो ।   यसअघि काँग्रेस–एमालले आयोगले एमाओवादी निकटलाई मात्र परिचयपत्र वितरण गरेको भन्दै खारेजीको माग गर्दै आएका थिए ।  &n..
    विस्तृतमा

  • एड्सको औषधी पत्ता लाग्यो !

    काठमाडौं, ९ जेठ (एजेन्सी) : एड्स रोगको अनुसन्धानमा रहेका वैज्ञानिकहरुले  औषधी पत्ता लागेको दावी गरेका छन् । तर उक्त औषधीले सबै प्रकारका विरामीलाई भने निको नपार्ने वैज्ञानिकहरुको भनाई छ । विश्वमा अहिले करिब तीस करोड मानिस एड्स रोगबाट प्रभावित छन् ।   अनुसन्धानकर्ताहरु पत्ता लागेको नयाँ औषधीले एड्सको उपचार हुनेमा उच्च रुपमा..
    विस्तृतमा

  • एमाओवादीमाथि टिप्पणी गर्नु मुर्ख हुनु जस्तै : ओली

    एमाओवादी चुनाव चाहदैन : पोखरेल

    काठमाडौ, जेठ ९ (ओएनएस) : नेकपा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादीको बारेमा टिप्पणी गर्नु मुर्ख हुनु जस्तै भएको बताएका छन् ।   झापामा पत्रकारसँग कुरा गर्दै ओलीले एमाओवादीको व्यवहार टिप्पणी गर्न लायक नभएको बताए । ओलीले निर्वाचन हुन नदिने भन्नेहरुले राणा शासन र राजतन्त्रबाट पाठ सिक्नु पर्ने बताए ।    देशमा निर्वाचनको..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal