News

  • बालुवाटारको गोप्य बैठकबाट रेग्मीलाई ‘कन्भिन्स’ गरियो

    • Posted on: 2013-02-25
    २४ गते औपचारिक घोषणा गर्ने

    सरोज दाहाल र भुवन क्षेत्री / काठमाडौ,१४ फागुन (ओएनएस) : आइतबार राती प्रधानमन्त्री निवास बालुवाटारमा भएको गोप्य छलफलमा प्रधानन्यायाधीश रेग्मीलाई सरकारको नेतृत्व लिने गरि सबै वातावरण बनाई दिने प्रतिवद्धता एमाओवादी र कांग्रेसका नेताहरुले गरेपछि प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न सहमत भएको खुलासा  भएको छ । 

     

    आइतबार रातीको बैठकमा फागुन २४ गतेसम्म सबै कानुनी र संवैधानिक अड्चन समाधान गर्ने र २४ गते नै रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष घोषणा गर्ने सहमति भएको छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्न दिन नहुने भन्दै सर्वोच्चमा परेको रिटको सुनावाई २४ गतेको लागि तोकिएको छ ।

     
    लामो छलफलपछि रेग्मी प्रधानमन्त्री बन्न सहमत भएका थिए । उनले रातको बसाईपछि नै सोमबार सर्वोच्च अदालतका तर्फबाट औपचारिक विज्ञप्ति निकाल्न लगाएको थाहा भएको छ । 
     
    आइतबार बेलुका सम्म प्रधानमन्त्री भट्टराईसँग पनि भेट्न अनिच्छा देखाएका प्रधानन्यायाधीश रेग्मी रातारात कसरी सहमत भए ? भन्ने ओएनएसको  प्रश्नमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने “रातभर प्रधानमन्त्रीले उहाँलाई कन्भिन्स गर्नु भयो, त्यसैले बिहान सबै दलका नेताहरुसँग भेट्न उहाँ तयार हुनुभयो ।”
     
    उच्च स्रोतका अनुसार प्रधानन्यायाधीश रेग्मीलाई मनाउन राती १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटामरमा भएको गोप्य छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, कांग्रेसका नेता अमरेशकुमार सिंह र भारतीय राजदुत जयन्तप्रसाद सहभागी थिए । स्रोतका अनुसार सोमबार बिहान प्रमुख नेताहरुसँग भेट गर्ने कार्यक्रम पनि रातीको बैठकबाटै तय भएको थियो । 
     
    प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पौडेलले प्रधानन्यायाधीशसँगको छलफलमा अध्यक्ष प्रचण्ड पनि सहभागी भएको स्वीकार गरे पनि अन्य सहभागीको बारेमा केही बताएनन् । पौडेलले भने “जेठमा चुनाव गराउनै पर्ने छ, त्यसको गम्भीर्यतालाई ध्यानमा राखेर प्रधानमन्त्रीले दलहरुको सहमतिमै प्रधानन्याधीशसँग छलफल गर्नु भएको हो ।” 
     
    सर्लाहीमा रहेका कांग्रेस महामन्त्री सिटौला राती नौ बजे निवासमा पुगेर पौने दश बालुवाटार गएका थिए । एक्ला–एक्लै प्रधानमन्त्री निवास वालुवाटार पुगेका दलका नेताहरु एक्लै बाहिरिएका थिए ।  
     
    विपक्षी दलका नेताहरुले पनि रातारात भएको परिवर्तनलाई शंकाको घेरामा राखेका छन् । एमाले महासचिव ईश्वर पोखरेलले बेलुकासम्म तयार नभएका प्रधानन्यायाधीले रातारात परिवर्तन हुनुमा केही शक्ति, केन्द्रको हात रहेको हुन सक्ने बताए ।
     
    उनले रातभरीको बसाईपछि रेग्मीलाई सहमत गराएको खवर आफूले पनि सुनेको तर यस बारेमा कसैसँग पुष्टि गरिनसकेको बताए । ओएनएससँगको कुराकानीमा महासचिव पोख्रेलले भने “रातारात परिवर्तन भयो भन्ने कुरा हामीले पनि सुन्यौ, जुन हिसावले शक्तिकेन्द्रलाई राखेर वार्ता गरियो भन्ने सूचना आएको छ त्यो गम्भीर छ र आपत्ति जनक पनि छ ।”
     
    आइतबार साँझ बसेको प्रमुख चार शक्तिका नेताहरुको बैठकमा प्रमुख दलका नेताहरु प्रधानन्यायाधीशको विकल्प खोज्ने निष्कर्षका पुगेका थिए । प्रधानन्यायाधीश रेग्मीको प्रस्तावक बनेका एमाओवादी अध्यक्ष प्रचण्डले नै उनको विकल्प खोज्न प्रस्ताव गरेका थिए । 

Comments

समाचार More+

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी

      काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति

      काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ ।    अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
    विस्तृतमा

  • सप्तरीमा एक किशोरीको जलाएर हत्या

    बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका

    सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ ।  वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ ।  स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal