News

  • अष्टे्रलियाद्वारा नेपाल २१२ रनले पराजित

    • Posted on: 2012-08-13

     

    काठमाडौं, २९ साउन (ओएनएस) : आइसीसी अन्डर नाइन्टी विश्व कप क्रिकेटमा अष्टे्रलियाद्वारा नेपाल २१२ रनले पराजित भएको छ । अष्टे्रलियामा जारी अन्डर नाइन्टी विश्व कप क्रिकेटमा प्रतिस्पर्धामा अष्टे्रलियाद्वारा नेपाल पराजित भएको हो ।
     
     
    २९५ रनको लक्ष्य पछ्एको खेलमा नेपाल ८२ रनमा अलआउट भएको थियो । २१ रन जोड्दा ४ विकेट गुमाएको छ । टस हारेर ब्याटिङमा उत्रेको घरेलु टोली अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो ।
     
    प्रतिउत्तरमा नेपाली टोलीले २३ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो । नेपाली बलरहरुले ३५ ओभरसम्म राम्रो बलिङ र फिल्डिङ गरेपनि तेस्रो पावरप्लेपछि लय गुमाएको थियो । ३४ ओभरअघि १ विकेट गुमाएर १ सय ४४ रन बनाएको कंगारु टोलीले बाँकी १६ ओभरमा १ सय ५० रन जोडेको थियो ।  
     
    अष्ट्रेलियको तर्फबाट सिटी ब्यान्कफ्टले १ सय ३९ बल खेल्दै अष्ट्रलियाको लागि सर्वाधिक १ सय २५ रन बनाएका थिए । यसैगरी ८७ बलमा केआर पिटर्सले ८६ रन बनाए ।  नेपाली बलरले सुरुमा अष्ट्रेलियालाई दबाबमा राखे पनि अन्तिम ओभरतिर राख्न सकेनन ।
     
    नेपालको तर्फबाट राहुल बिक र प्रदिप ऐरीले २/२ विकेट लिए भने अविनाश कर्ण कृष्ण कार्की, र भुवन कार्कीले एकएक विकेट लिन सफल भए ।  
     
     

Comments

समाचार More+

  • राप्रपा महाधिवेशनमा विवाद, बन्दसत्र स्थगित

    काठमाडौं, ४ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन बन्दसत्रमा नारावाजी भएको छ । आलोपालो र सामुहिक नेतृत्वका विषयमा कार्यकर्ताहरुले विरोध जनाएपछि छलफल समेत अवरुद्ध भएको छ । व्यापक नाराबाजी पछि बन्दसत्र भोलि बिहान आठ बजे सम्मका लागि स्थगित गरिएको छ ।   नेताहरुबीच सहमति भएको आलोपालो नेतृत्वमा..
    विस्तृतमा

  • एमाले नेतृ अर्याल र नायिका थापा एमाओवादीमा

    ‘जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’

    काठमाडौं, ४ जेठ (ओएनएस) : एमाले नेतृ उर्मिला अर्याल र नायिका रेखा थापा एमाओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गराउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवैलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिइने बताए ।  कार्यक्रममा नेतृ उर्मिला अर्यालले एमाले राजनीतिक रुपमा पतन भैसकेकोले आफु एमाओवादीमा आएको बताइन् । उनले एमाओवादीमा प्रवेश गर..
    विस्तृतमा

  • मालेले चार दलको भण्डाफोर अभियान चलाउने

      काठमाडौ, ४ जेठ (ओएनएस): नेकपा (माले) को छैटौँ राष्ट्रिय सम्मेलनले पारित गरेको २४ बुँदे निर्णय आज सार्वजनिक गरिएको छ । पार्टी कार्यालय रातोपुलमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनले तय गरेका २४ बुँदे निर्णयलाई सार्वजनिक गरिएको हो । सम्मेलन गत वैशाख २८ गतेदेखि सुरु भई ३१ गते सम्पन्न भएको थियो ।    सम्मेलनले चार..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले

    थ्रेसहोल्ड अनिवार्य:एमाओवादी नेता रायमाझी

    काठमाडौं, ४ जेठ (ओएनएस) : नेपाली काँग्रेस र नेकपा एमालेले थ्रेसहोल्ड बिना चुनावमा भाग लिन नसकिने बताएका छन् । उनहरुले चुनावबाट डराएर एमाओवादीले सहमति भैसकेको विषयलाई फेरी उल्टाएको बताए ।  रिपोर्टर्स क्लवको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जननरसिंह केसीले थ्रेसहोल्डको प्रावधानमा सहमति भैसकेकोले अब त्यबाट पछि हटेर चुना..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal