News
-
युवासंगठनहरुको सिंहदरबार घेराऊ, सुरक्षाकर्मीको बाक्लो उपस्थिति
- Posted on: 2012-08-10
काठमाडौं,२६ साउन (ओएनएस): प्रधानमन्त्रीको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका विपक्षी दलका युवा संघ-सङ्गठनहरुले आज सिंहदरबार घेराउ गरिरहेका छन् । प्रधानमन्त्री सहित मन्त्रीहरुलाई छिर्न नदिने गरि विपक्षी दलसम्बद्व युवा सङ्गठनहरुले मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरवार घेराउ गर्ने तयारी गरेपछि सरकारले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ ।
सिंहदरवारसँग जोडिएका सवै सडकहरुमा विहानैदेखि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । राजनीतिक र संवैधानिक सङ्कट टार्नको लागि अहिलेको सरकारले राष्ट्रिय सहमतिको सरकार बनाउन बाटो खोल्नुपर्ने माग सहित विपक्षी दल निकट युवा सङ्गठनहरुले विहान नौंदेखि ११ बजेसम्म सिंहदरवार घेराउ गर्न लागेका हुन् ।
निषेधित क्षेत्र नतोड्नेगरी वर्तमान सरकारको विरुद्वमा सिंहदरवार घेराउ गर्न लागिएको नेपाली काङ्ग्रेस निकट तरुण दलका अध्यक्ष उदयशम्शेर राणाले जानकारी दिए ।
सिंहदरवार घेराउको लागि पुतली सडक, पद्यमोदय मोडमा नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले नेतृत्व गर्नेछन् भने माइतिघर मण्डला र बवरमहलमा युवा सङ्घ, नेपाल र अनेरास्ववियू, भद्रकालीमा अखिल क्रान्तिकारी, प्रगतिशील युवा सङ्घ, चुरेभावर युवा सङ्घ, अखिल –पाँचौ, अखिल (छैठौ), एकीकृत युवा सङ्घले नेतृत्व गर्ने तयारी गरेका छन् ।
Comments
Other News
-
• 'थ्रेसहोल्ड'मा मध्यमार्गी बाटो खोज्न रेग्मीको सुझाव
• एमाओवादी नेतृत्व गठबन्धनको बैठक बस्दै
• एकता महाधिवेशनमा नेतृत्व विवाद मिलाउने प्रयास
• कलाकारले खाए चार गोल
• नेदरल्याण्डसको हेगमा बुद्धमुर्ति बन्ने
• ‘उचित जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’ : अर्याल
• निर्वाचन कानुन लगत्तै मिति घोषणा : रेग्मी
• हिम पहिरोमा पुरिएर ७ जना बेपत्ता
• मालेले चार दलको भण्डाफोर अभियान चलाउने
- Show Older
समाचार More+
'थ्रेसहोल्ड'मा मध्यमार्गी बाटो खोज्न रेग्मीको सुझाव
मन्त्रिपरिषद् अध्यक्ष रेग्मी प्रचण्ड छलफल
काठमाडौं, ५ जेठ (ओएनएस): अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन 'थ्रेसहोल्ड'का विषयमा मध्यमार्गी बाटो खोज्न आग्रह गरेका छन् । प्रमुखदलहरु पनि थ्रेसहोल्डको पक्षमा रहेको र राष्ट्रपतिको पनि राख्दा राम्रो हुने मत रहेकाले बिचको बाटोबाट समाधान खोज्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् । बि..
विस्तृतमा
एकता महाधिवेशनमा नेतृत्व विवाद मिलाउने प्रयास
स्थगित बन्दसत्र सुरु हुँदै
काठमाडौं,५ जेठ (ओएनएस): नेतृत्वमा देखिएको विवाद समाधान गर्न राप्रपा राजपाका शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । आलोपालो नेतृत्वमा हलबाट विवाद आएपछि बन्दसत्र सुरुहुनुअघि उनीहरुले त्यसलाई मिलाउने प्रयास गरेका छन् । पार्टीको नाम र नेतृत्वका विषयमा विवाद भएप्छि हिजो बन्दसत्र स्थगित गरिएको थियो । हलमा सहभागि कार्यकर्ताले नेताहरुविरुद्ध नै नारावा..
विस्तृतमा-
एमाओवादी नेतृत्व गठबन्धनको बैठक बस्दै
मधेसी दलबीचको फाटो विवाद पनि एजेण्डा
काठमाडौं, ५ जेठ (ओएनएस) : चुनावी रणनीति र निर्वाचन अध्यादेशमा साझा धारणा बनाउन एमाओवादी नेतृत्वको संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ । लामो समयपछि बस्न लागेको बैठकमा प्रमुखदलबीच विवादित रहेको निर्वाचन अध्यादेशका प्रावधानका विषयमा छलफल हुनेछ । संविधानसभा चुनावमा गर्ने मोर्चाबन्दी, निर्वाचन कानुनमा देखिएका विवादमा साझा धारणा बन..
विस्तृतमा
मालेले चार दलको भण्डाफोर अभियान चलाउने
काठमाडौ, ४ जेठ (ओएनएस): नेकपा (माले) को छैटौँ राष्ट्रिय सम्मेलनले पारित गरेको २४ बुँदे निर्णय आज सार्वजनिक गरिएको छ । पार्टी कार्यालय रातोपुलमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनले तय गरेका २४ बुँदे निर्णयलाई सार्वजनिक गरिएको हो । सम्मेलन गत वैशाख २८ गतेदेखि सुरु भई ३१ गते सम्पन्न भएको थियो । सम्मेलनले चार..
विस्तृतमा
- राप्रपा महाधिवेशनमा विवाद, बन्दसत्र स्थगित
- 'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले
- सर्त पुरा नहुँदासम्म वार्ता हुँदैन : असन्तुष्ट दलहरु
- स्ववियु निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा : विद्यार्थी नेताहरु
- रेग्मी रिमोट कन्ट्रोलबाट सञ्चालित : वैद्य
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









