News

  • मृगौला रोगीहरु आमरण अनसनमा

    • Posted on: 2012-08-09

     

    काठमाडौ, २५ साउन (ओएनएस) : मृगौला रोगबाट ग्रस्त भएर पनि आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेका रोगीहरु बिहीबारदेखि आमरण अनसनमा बसेका छन् । मृगौला रोगबाट ग्रस्त विरामीको निशुल्क उपचार र हेमोडायलासिसमा लाग्ने सम्पूर्ण खर्च निशुल्क गराउन सरकारलाई दवाव दिने उद्देश्यले उनीहरु आमरण अनसनमा बसेका हुन ।
     
     
    नेपाल किड्नी समाजका अध्यक्ष राजेश तुलाधरको नेतृत्वमा करिब ५० जना शान्ति बाटिकामा अनसन बसेका छन् । अनसनामा पत्रकार एवम मृगौला पिडित रमेश चालिसे पनि सहभागी छन । अनसनको उद्घाटन समारोहमा रिपोर्टर्स क्लब नेपालका तर्फबाट अध्यक्ष ऋषि धमलाले पनि एक्यबद्धता जनाउदै केही समय अनसनमा सहभागिता जनाएका थिए ।
     
    धमलाले किड्नी रोग गरिब नेपालीकोलागी आफै मृत्यू समान भएकोले सरकारले यस्ता रोगीको उपचारकोलागि सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने बताए ।
    जनतालाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको कर्तव्य भए पनि खर्चिलो र गरिब नेपाली जनताको पहुँच बाहिरको रोगको उपचारमा सरकारको ध्यान विशेष रुपमा जानु पर्ने धारणा उनले राखे । मृत्यु सैयामा पुगेका विरामीले आमरण अनसन बस्नु राज्यकोलागि लज्जास्पद भएको भन्दै सरकारले तत्काल उनीहरुको माग सम्बोधन गर्नु पर्ने उनको तर्क थियो ।
     
    उनले मृगौला रोगीको माग पुरा गराउन आफूले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र मृगौला रोगीवीच वार्ताको लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।  
    समाजले आर्थिक उपचारको लागि एकमुष्ट आर्थिक सहयोग गर्नु पर्ने, स्वेच्छाले अंगदान गर्न पाउनु पर्ने, ब्रेन डेथ भएकाहरुको मृगौला निकाली प्रत्यरोप गर्ने व्यवस्था गरिनु पर्ने, प्रत्येक जिल्लामा कम्तिमा एउटा हेमोडायलासिस केन्द्र सञ्चालन गर्नु पर्ने, डायलायसिस सेवा २४ घण्टा नै सन्चालन गर्नु पर्ने, बन्द हडतालको बेलामा मृगौला रोगीलाई अस्पताल लान लैजान छुट्टै सवारी साधनको व्यवस्था गरिनु पर्ने लगायतका माग गरेको छ ।
     
    त्यसैगरी मृगौला प्रत्यारोपणको तयारीमा रहेका विरामीलाई एकमुष्ट १० लाख रुपैया उपलब्ध गराउनु पर्ने, औषधी र उपचारकोलागी एक मुष्ट २ लाख रुपैया वा निशुल्क सेवाको व्यवस्था गर्नु पर्ने, डायलासिस वा प्रत्यारोपण गरिसकेका विरामीको उपचारमा आवश्यक औजार र औषधिमा लाग्ने सम्पूर्ण कर मिनाहा गरिनु पर्ने, रगत परिक्षण र रक्त तत्वमा लाग्ने शुल्कमा पुरै अनुदान दिनु पर्न र मृगौला रोग पीडितलाई हवाई जहाज र सवारी साधनमा पुरै भाडा मिनाहा गर्नु पर्ने माग पनि समाजले अगाडि सारेका छ ।
     

Comments

समाचार More+

  • करोडौं धन जम्मा गर्ने पाँच 'डन' विरुद्ध अदालतमा मुद्धा

    कुन डनलाई कुन नेताको साथ

      काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच डन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो ।    विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामासहित अरु चार ज..
    विस्तृतमा

  • राप्रपा अध्यक्षमा थापा सर्वसम्मत

    केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदै

      काठमाडौं, ५ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ । त्यस्तै महाधिवेशनले एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने निर्णय गरेको छ ।    अध्यक्षमण्डलमा सूर्यबहादुर..
    विस्तृतमा

  • सर्वोच्चद्वारा डीआइजी बढुवा सदर

      काठमाडौं, ५ जेठ (ओएनएस) : सर्वोच्च अदालतले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सदर गरेको छ । न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठको संयुक्त इजलासले आइतबार यसअघि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि गरेको अन्तरिम आदेश खारेज गर्दै निर्णय सदर गरेको हो ।    एमाओवदी&n..
    विस्तृतमा

  • चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा

    काठमाडौं, ५ जेठ (ओएनएस) : एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावमा कार्यगत एकता तयार पारिएको प्रतिवेदन माथि आजबाट छलफल सुरु गरेको छ । आजको बैठकमा त्यसबारे प्रस्ताव तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो ।   एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा सचिवालयको तर्फबाट प्रव..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal