News

  • नेपालीसहित दक्षिण कोरियामा मानव अधिकार, प्रजातन्त्र र शान्तिबारे छलफल

    • Posted on: 2012-08-06

    सम्झना पौडेल / दक्षिण कोरिया २२  साउन (ओएनएस) : नेपालीसहित दक्षिण कोरियामा मानव अधिकार, प्रजातन्त्र र शान्तिका बारेमा छलफल भइरहेको छ । एसियाली मुलुकमा रहेर काम गरिरहेका अधिकारकर्मीहरुसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आएको द मे १८ फाउन्डेसनले छलफल गरिरहेको छ । 

     
     
    गोष्ठी  जुलाइ २९ देखि अगस्ट १६ सम्म चल्ने आयोजकले बताएका छन । कार्यक्रममा विभिन्न मुलुकबाट सहभागी हुन आएकाहरुले आफ्नो मुलुकमा प्रजातन्त्र, मानव अधिकार र शान्ति प्रकृयामा काम गर्दाका अनुभव बताइरहका छन् । उक्त विषयामा भोग्दै आएका चुनौतिहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने फाउण्डेसनका निर्देशक चाहो किमले बताए । उनका अनुसार फाउण्डेसनले विभिन्न मुलुकमा रहेर काम गर्दै आएका नागरिक समाज तथा गैरसरकारी संस्थासँग मिलेर प्रजातन्त्र, शान्ति प्रकृया र मानव अधिकारमा काम गर्दै आएको छ । 
     
    कार्यक्रमका संयोजक किम हिजोनका अनुसार गोष्ठीमा सहभागी हुन एसियाली मुलुकका २० जना सहभागी रहेका छन । नेपालको तर्फबाट एक्सन वर्क्स नेपाल र शान्ति र विकासका लागि सञ्जाल नामक दुई संस्थाका प्रतिनिधिले सहभागिता जनाएका छन् । दुई मध्ये एक्सन वर्क्स नेपाल गत वर्ष द मे १८ फाउन्डेसनको साझेदारी संस्थाको रुपमा रहेर शान्ति प्रकृया र मानव अधिकारको सवालमा काम गरेको छ । सहभागीहरुले आफ्नो मुलुकमा संस्थाले गरेको काम तथा मुलुकको शान्ति प्रकृया तथा मानव अधिकारको बारेमा कार्यपत्रसमेत प्रस्तुत गर्ने छन् । 
     
    कार्यक्रमको दौरानमा सहभागीहरुले दक्षिण कोरियामा चलेको द्वन्द्व र यसपछि कोरियाले गरेको विकास, एसियाली मुलुकमा प्रजातन्त्रको अवस्था, लैंगिक हिंसा तथा मानव अधिकार, शान्ति प्रकृयाको अवस्थाको बारेमा छलफल गर्ने छन त्यस्तैकोरियामा भएको द्वन्द्वमा काम गरेका संस्था तथा प्रमुख व्यक्तित्वहरुसँग पनि भेटघाट गर्ने आयोजकले बताएको छ ।
     
    छलफलका क्रममा सहभागीहरुले कोरिया डेमोक्रेसी फाउण्डेसन र पूर्णत नागरिक समाजको रुपमा प्रजातन्त्र स्थापनामा लागेका हाल कोरयिामा विभिन्न उच्च पदमा रहेर काम गरिरहेका उदारणीय व्यक्तित्वहरुसँग भेटेर उनी हरुका अनुभव साटासट गरिसका छन । नो गन रि अन्तर्राष्ट्रिय पिस फाउण्डेसन र कोरिया सरकारले बनाएको अन्तर्राष्ट्रिय स्तरमा नै मानव अधिकार र शान्ति प्रतीकको रुपमा चिनीएको स्थानको पनि भ्रमण गरिसकेको छ ।
     
    आयोजकका अनुसार आ-आफ्नो मुलुकमा प्रजातन्त्र, मानव अधिकार र शान्ति प्रकृयामा काम गरिरहेका सहभागीहरुलाई विभिन्न स्थान र व्यक्तित्वसँग भेटघाट गराउदा उनीहरुको आत्मबल बढ्नुका साथै आफ्नो मुलुकमा गएर काम गर्न सक्नेछन् । विभिन्न मुलुकमा रहे पनि अन्तत हाम्रो उद्देश्य भनेको हामी एसियाली मुलुकहरु शान्ति प्रकृयालाई पूर्ण बनाउन र मुलुकमा प्रजातन्त्र र मानव अधिकार स्थापित गर्न सक्नु नै फाउण्डेसनको मुख्य लक्ष्य हो । 

Comments

समाचार More+

  • वैद्य र यादवलाई संयन्त्रमा ल्याउन कांग्रेस र एमाले सहमत

    ‘थ्रेसहोल्ड’बारे पुरानै अडान यथावत्

      काठमाडौं, ७ जेठ (ओएनएस) ः नेपाली कांग्रेस र नेकपा एमालेबीच मोहन वैद्य र उपेन्द्र यादवलाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउने सहमति भएको छ । सरकार र संयन्त्रप्रति असन्तुष्टि जनाउँदै आएका दलहरुलाई सहमतिमा ल्याई चुनावको मिति घोषणा गर्ने तयारी अनुरुप वैद्य र यादवलाई उच्चस्तरीय समितिमा ल्याउने सहमति भएको हो ।    एमाले पार्टी कार..
    विस्तृतमा

  • काखको छोरो 'गायव' हुँदा पनि पत्तो नपाएपछि......

      आचार्य प्रमोद / काठमाडौं, जेठ ७ (ओएनएस) : आफन्तको विहेमा सहभागी हुने वुटवलबाट आएका श्रीमान् श्रीमती आफ्नो सात महिने बालकसहित घर फर्किँदै थिए । रात्रीबसमा घर फर्किँदै गरेका बाबुआमा बसमै भुसुक्क निदाए । नवलपरासीको दलदले पुग्दा विहानको करिब छ बजेको थियो, जतिबेला उनीहरु ब्युँझिए । ब्युँझिदा काखमै राखेर ल्याएको छोरो नभएपछि दु..
    विस्तृतमा

  • धरानमा पूर्वसभासद् मियाँको शवयात्रा

    हत्या छानविन टोली सप्तरीमा

    धरान, ८ जेठ (ओएनएस) : हिजो हत्या गरिएका विघटित संविधानसभाका सदस्य सदरुल मियाँ हकको धरानमा शवयात्र निकालिएको छ । पोसमार्टमका लागि धरान लगिएको मियाँको शवलाई पोसमार्टम पछि स्थानीय मुस्लीम समुदायकाले शवयात्रा निकालेका हुन् ।    नगर परिक्रम गर्दै शवयात्रामा सहभागिले हत्याराको चाँडो खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।..
    विस्तृतमा

  • सिद्धिचरणको १०२ औँ जन्मजयन्ती मनाइँदै

      काठमाडौं, ८ जेठ (ओएनएस) : नेपालका वर्डसवर्थ भनेर चिनिने युगकवि सिद्धिचरणश्रेष्ठको १०२ औँ जन्मजयन्ती आज मनाइँदैछ । जन्मजयन्तीको अवसरका राजधानी काठमाडौं लगायत देशभर विविध कार्यक्रम गरिँदै छ ।   सिद्धिचरण स्मृति प्रतिष्ठानले बुधबार राजधानीस्थि ओमबहालमा रहेको श्रेष्ठको सालिकमा माल्यार्पण गरी कविगोष्ठी सम्पन्न गरेको छ । कार्यक्र..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal