News

  • मंगलग्रहमा नासाको यान सफल अवतरण

    • Posted on: 2012-08-06

    काठमाडौं, २२ साउन (एजेन्सी) : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको 'क्यारियोसिटी' यान सोमबार बिहान ११ बजे मंगल ग्रहको सतहमा सफल रुपले अवतरण भएको छ । नासाले मंगल ग्रहमा जीवको अस्तित्व खोज्न यानसहितको रोबोट पठाएको थियो ।

     
     
    मंगलग्रहको सतहमा यानको अवतरणसँगै नासाका वैज्ञानिकहरुमा खुशियाली छाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन । समाचारमा जनाइए अनुसार मंगलग्रहको सतहमा अवतरण भएको यो सबभन्दा ठूलो ग्रह हो । २०११ को नोभेम्वर २६ मा यो रोबोटलाई पृथ्वीबाट पठाइएको थियो ।
     
    २४ हजार करोड मील दुरी तय गरेर यानसहितको रोबोट मंगल ग्रहा पुगेको हो । यस यानले दुई वर्षसम्म मंगलग्रहबाट सूचना पठाउने छ । यानले मंगल ग्रहमा इतिहासमा कुनै जीवनको चिहृन भए / नभएको बारे खोजी गर्ने बताइएको छ ।
     
    'क्यूरियोसिटी' नामक यस रोबोटको लागत करिब २५ अर्ब डलर छ । यानको मंगलमा अवतरणप्रति अमेरिकी राष्ट्रपति बाराक ओवामाले ट्वीटरमार्फत खुशी तथा बधाई व्यक्त गरेका छन ।
     

Comments

समाचार More+

  • वर्षातले २३ वर्षे रेकर्ड तोड्यो

    ‘आज पनि पानी पर्ने’

      काठमाडौं, १० जेठ (ओएनएस) : काठमाडौं उपत्यकामा विहीबार परेको पानी २३ वर्ष यताकै भिषण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अङग्रेजी क्यालेण्डर अनुसार मे महिनामा हिजो परेको पानी १९९० यताकै सबैभन्दा धेरै हो ।    विभागका मौसमविद बरुण पौडेलका अनुसार विहीबार काठमाडौं उपत्यकामा १००.५ मिलिमिटर वर्षा भएको थियो ।..
    विस्तृतमा

  • माग पुरा गर्ने सरकारको प्रतिवद्धता पछि आन्दोलन स्थगित

    आजै पूर्व सभासद मियाँको अन्तेष्टिको तयारी

    सप्तरी, १० जेठ (ओएनएस) : सरकारले पूर्व सभासद् सदरुल मिँया हकको हत्याको छानवीन गरि दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ । आन्दोलनमा उत्रीएका आफन्त र छिमेकीहरुको माग पुरा गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेले प्रतिवद्धता जनाएप्छि मियाôको अन्त्येष्टि गर्न पनि परिवार सहमत भएका छन् । गृमन्त्री घिमिरे वार्ताका लाग..
    विस्तृतमा

  • निर्वाचन प्रणालीमा क्रान्ति ल्याउछु : उप्रेती

    अहिलेकै अवस्थामा चुनाव हुन्न : वैद्य

      काठमाडौं, जेठ  १० (ओएनएस) : प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन सम्बन्धि प्रणालीमा क्रान्ति ल्याउने बताएका छन् । बिहिबार निर्वाचन आयोगमा भारत–प्रवासमा सक्रिय संघसंस्थाहरुको संयुक्त ज्ञापनपत्र बुझेपछि आफ्नो बाँकी दुई वर्षे कार्यकालमा चुनाव सम्बन्धमा व्यापक परिवर्तन र सुधारहरु ल्याउने योजना सुनाउँदै प्रवा..
    विस्तृतमा

  • सिरहामा पाँच वर्षीया बालिका बलात्कृत

    दिलीप सिंह / सिरहा, १० जेठ (ओएनएस) : सिरहाको सोनमती मझौरा गाविस वडा नम्बर ४ कि पाँच वर्षीया बालिका ५० वर्षिय पुरुषबाट बलात्कृत भएकी छिन् । सोही गाविस वडा नम्बर ६ बस्ने ५० वर्षीय मोहमद रुदल भनिने मोह्मद इसुफ मियाँले बुधबार राती ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।    पीडित परिवारका अनुसार सो दिन राती खाना..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal