News

  • सहमति नभए हतियार उठाएर सशस्त्र विद्रोह थाल्छौः बैद्य

    • Posted on: 2012-08-04

    काठमाडौं, २० साउन (ओएनएस) : नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले संविधान निर्माण प्रक्रियामा दलहरुबीच राष्ट्रिय सहमति बन्न नसके आफ्नो पार्टीले फेरि हतियार उठाएर शसस्त्र विद्रोह थाल्ने अदघोष गरेका छन् । उनले पहिला जस्तै सरकारकै हतियार खोसेर जनयुद्ध गर्ने बताए ।

     
     
    उनले चीनबाट हतियार ल्याएर फेरि जनयुद्ध गर्ने भन्ने आंशकामा कुनै पनि सत्यता नभएको दावी गरे ।  एक टीभीसँगको अन्तर्वार्ता वैद्यले भने "दलहरुबीच सहमति नहुने हो, जनसंविधान नबन्ने हो भने हामीसँग हतियार उठाउँनुको विकल्प रहँदैन ।" प्रमुख ठूला तीन दल र मधेसी मोर्चाबीच भएको पाँच बुँदे सहमतिको औचित्य समाप्त भइसकेको वैद्यको भनाइ छ । 
     
    उनले अब  पनि पाँच बुँदे अनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्वको दावी गर्नु उचित नभएको टिप्पणी गरे । उनले सहमतिको सरकारको नेतृत्व अब नेकपा-माओवादीले पाउनु पर्ने बताए । दलहरुबीच नयाँ सहमति बन्नु पर्ने वैद्यको भनाइ छ ।  प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा सहमति बन्ने सम्भावना नरहेको स्पष्ट पार्दै बैद्यले प्रधानमन्त्रीले पदत्याग गर्न नमाने आन्दोलनबाटै उनलाई पदच्यूत गर्ने चेतावनी दिए । उनले भने
     
    "सहमति नभए अब आन्दोलन हुन्छ त्यो पहिलाका जस्ता सम्झौतामा टुङगिदैन । हामी जितेरै छाड्छौ । अब नेपालमा संविधानसभाको पुनःस्थापना वा नयाँ निर्वाचन हुन नसक्ने भन्दै गोलमेच सम्मेलनबाट राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने माग गरे ।
     
    उनले आफूले अध्यक्ष पदको लागि मात्रै कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै आफ्नो गलत नीति त्यागेर आफुहरुको नीतिमा आए एकताको महाधिवेशन समेत हुन सक्ने संकेत गरे । भारतसँग पनि आफूहरु राम्रो सम्बन्ध बनाएर अगाडि बढ्न चाहेको स्पष्ट पार्दै बैद्यले आवश्यक परे आफू भारत भ्रमणमा समेत जान तयार रहेको बताए ।
     

Comments

समाचार More+

  • करोडौं धन जम्मा गर्ने पाँच 'डन' विरुद्ध अदालतमा मुद्धा

    कुन डनलाई कुन नेताको साथ

      काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच डन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो ।    विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामासहित अरु चार ज..
    विस्तृतमा

  • राप्रपा अध्यक्षमा थापा सर्वसम्मत

    केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदै

      काठमाडौं, ५ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ । त्यस्तै महाधिवेशनले एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने निर्णय गरेको छ ।    अध्यक्षमण्डलमा सूर्यबहादुर..
    विस्तृतमा

  • सर्वोच्चद्वारा डीआइजी बढुवा सदर

      काठमाडौं, ५ जेठ (ओएनएस) : सर्वोच्च अदालतले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सदर गरेको छ । न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठको संयुक्त इजलासले आइतबार यसअघि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि गरेको अन्तरिम आदेश खारेज गर्दै निर्णय सदर गरेको हो ।    एमाओवदी&n..
    विस्तृतमा

  • चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा

    काठमाडौं, ५ जेठ (ओएनएस) : एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावमा कार्यगत एकता तयार पारिएको प्रतिवेदन माथि आजबाट छलफल सुरु गरेको छ । आजको बैठकमा त्यसबारे प्रस्ताव तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो ।   एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा सचिवालयको तर्फबाट प्रव..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal