News

  • आज पनि मुलुकभरका उच्चमाविको पठनपाठन ठप्प

    • Posted on: 2012-07-23

     

     
     
    काठमाडौ, ८ साउन (ओएनएस ) :  नेकपा-माओवादीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) ले आह्वान गरेको दुईदिने निजी उच्चमाध्यमिक विद्यालय हडतालका कारण आज पनि मुलुकभरका उच्चमाविको पठनपाठन ठप्प भएका छन्।
     
     युनियनका संयोजक शरद रसाइलीले सरकारले दुईदिने निजी उच्च मावि बन्दपछि पनि आफ्ना मागका बारेमा ठोस निर्णय नलिए कडारुपमा थप आन्दोलन घोषणा गरेर मुलुकभर सञ्चालित निजी उच्च मावि ठप्प पारिने चेतावनी दिए।
     
    युनियनले अन्तर्राष्ट्रिय नाम राखेर सञ्चालित निजी उच्च माविका कारण राष्ट्रियतामाथि गम्भीर असर परेको र शिक्षामा विकृति आएको भन्दै ती नाम हटाउन दबाब दिँदै आइरहेको छ। 
     
    युनियनको दुईदिने बन्द आह्वानका कारण मुलुकभर सञ्चालित निजी क्षेत्रका करिब ५७६ उच्चमाध्यमिक विद्यालयमा पठनपाठन बन्द हुन पुगी सयौँ विद्यार्थी प्रभावित भएका छन्।
     
    कलेजको भड्किलो विज्ञापन र विदेशी नाम हटाउनुपर्ने माग गर्दै अङ्ग्रेजी नाम राख्ने नै भए आफ्नो राष्ट्रियता झल्किने नाम राख्नुपर्ने, उच्च माविले लिँदै आएको चर्को शुल्कमा पुनरावलोकन गर्नुपर्नेलगायतका माग राख्दै युनियनले उपत्यका र उपत्यका बाहिर सञ्चालित केही कलेजमा तोडफोडसमेत गरिसकेको छ। 

Comments

समाचार More+

  • यसरी भयो पूर्वसभासद मियाको हत्या ( घटना स्थल : फोटोफिचर)

    १२ लाख रुपैयाँको खोजी, छानविन समिति गठन

    दिलीप सिंह / सिरहा, ७ जेठ (ओएनएस) : छिमेकीको विहे हेर्न गएका सप्तरीका पूर्वसभासद सदरुल मिया हकलाई साँझ टेलिफोन आयो । ‘आफ्नै पेट्रोलपम्पमा आउनुस् काम छ’ भनेर कसैले बोलायो । आग्रह बमोजिम मिया पेट्रोलपम्प नजिकको अस्थाई निवास जान त गए, तर फर्किएन् । उनको कल्याणपुर २ विसनापुरमा रहेको आफ्नै अस्थाई निवासमा निर्ममतापूर्व..
    विस्तृतमा

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा  भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा  कार्यालय खोलेर काम गरिरहेको छ । भार..
    विस्तृतमा

  • काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारको स्वीकृति

      काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारले काठमाडौं, कुलेखानी, हेटौंडा सुरुङमार्ग बनाउन सरकारले स्वीकृती प्रदान गरेको छ । सरकारले मंगलबार सुरुङ निर्माणको परियोजना नेपाल पूर्वाधार विकास कम्पनीलाई हस्तान्तरण गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तलसीप्रसाद सिटौलाले कम्पनीका अध्यक्ष कुशकुमार जोशीलाई परियोजना हस्तान्तरण गरे ।  ..
    विस्तृतमा

  • प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट

    महिला सैनिकको अवस्था बारे छलफल

      काठमाडौं, ७ जेठ (ओएनएस) : प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ ।   राजधानीमा भएको भेटमा नेपालका महिना सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ ।   तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal