News
-
शोकमा अमेरिका
- Posted on: 2012-07-22
काठमाडौ,७ साउन (एजेन्सी) : सिनेमा हलभित्रको हत्यापछि अमेरिकामा शोक छाएको छ । फिल्मको प्रिमियरको क्रममा बिहिबार मध्यराती कोलाराडो राज्यको डेनभर शहर नजिकैको सिनेमा हलमा एक व्यक्तिले गोली प्रदार गर्दा १२ जनाको मृत्यु भएका थिए भने ३८ घाइते भएका थिए ।अमेरिकीहरुले आँसुमा बाँधिएर श्रद्धाञ्जलीस्वरुप मैनबत्ती बालेका छन् । आक्रमणप्रति नेताहरूले चिन्ता व्यक्त गरेका छन् । अमेरिकामा बन्दुक नियन्त्रण गर्नुपर्ने विवाद पुनः सुरु भएको छ । बम विशेषज्ञले शुक्रबार डेनभरको बाहिरी भागको औरोरा नगरको होम्सको निवासमा प्रवेश गर्न प्रयास गरेका थिए । उनीहरूले उक्त घरमा प्रवेश गरेपछि आक्रमणको कारण जान्न सकिने धारणा राखेका छन् ।होम्सको निवासमा धेरै तार जेलिएको, गोलीले भरिएको भाँडा र अन्य तरल पदार्थले भरिएको भाँडा देखिएको प्रहरी प्रमुख डान ओट्सले बताए । उनले उक्त निवासमा सुरक्षित रूपमा प्रवेश गर्नु चुनौतीपूर्ण रहेको पनि उल्लेख गरेका छन् ।चौबीस वर्षीय उक्त आक्रमणकारीले दुई महिना अगाडि इन्टरनेट मार्फत छ हजार ुराउन्डु गोली तथा चार बन्दुक कानुनी रूपमा खरिद गरेको जानकारी प्राप्त भएको छ । कोलोराडो स्वास्थ्य विद्यालयमा भर्ना भएका होम्सको द्रुतगतिमा गाडी चलाएको बाहेक अन्य कुनै फौजदारी विवरण नभएको देखिएको छ ।प्रहरीले मोबाइल भर्याङ ल्याएर झ्यालबाट पनि उक्त निवासभित्र पस्ने प्रयास गरेको देखिएको छ । न्युयोर्कमा ब्याटम्यानका सिनेमा देखाइएका हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । हाल सिनेमा हलमा मुकुन्डो तथा खेलौना हतियार पनि लैजान निषेध गरिएको छ । औरोरामा यस्ता कुरा सिनेमा हलमा सामान्य मानिन्थ्यो । यसै कारण होम्सल आफ्नो हतियार लैजान पाएको अनुमान गरिएको छ ।पेरिसमा यो सिनेमा प्रदर्शन कार्य स्थगन गरिएको छ । राष्ट्रपति ओबामा फ्लोरिडा भ्रमणबाट फर्केका छन् । ुयस्तो हिंसा तथा सैतानी कार्य अर्थहीन छ,ु ओबामाले फ्लोरिडामा भने । यस घटनापछि नै केही व्यक्ति तथा राजनीतिक नेताले यस्ता घातक हतियारमा प्रतिबन्ध लगाउने कानुन माग गरेका छन् । राष्ट्रपति ओबामाले छ दिनका लागि अमेरिकी झण्डा आधा झुकाउन आदेश दिएका छन् ।
Comments
Other News
-
• भुल सच्चाउने मौका दिनुस : पूर्वराजा
• Fishtail Air chopper crashes in Humla
• हुम्लामा हेलिकोप्टर दुर्घटना एकको मृत्यु
• चुनावको लागि निर्वाचन आयोगको तयारी तिव्र
• निर्वाचनमैत्री वातावरण तयार : रेग्मी
• स्वतन्त्र निर्वाचन गराउँछु : रेग्मी
• न्यायाधीशहरुलाइ कार्यालय बोलाएको होइन : एमाले
• रेग्मीमाथि भट्टराईको दवाव
• रेलै घुमेर .......... (फोटोफिचर)
- Show Older
समाचार More+
हुम्लामा हेलिकोप्टर दुर्घटना एकको मृत्यु
काठमाडौं, ५ असार (ओएनएस) : हुम्लाको मुचु गाविसस्थित तुम्कोटमा भएको हेलिकोप्टर दुर्घटनाका एक जनाको मृत्यु भएको छ । मानसरोवरबाट सिमिकोटका लागि आउँदै गर्दा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
विस्तृतमा
रेग्मीमाथि भट्टराईको दवाव
सरुवाको पहिलो एजेण्डा मै सरकार असफल
भूवन क्षेत्री / काठमाडौं, ५ असार (ओएनएस) : अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सरुवा सम्बन्धि पहिलो एजेण्डामै असफल भएको छन् । निर्वतमान प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको दवावले अध्यक्ष रेग्मी सरुवा सम्बन्धि निर्णय गर्न असफल भएका हुन् ।
विस्तृतमा
भुल सच्चाउने मौका दिनुस : पूर्वराजा
जनकपुर, ५ असार (ओएनएस) : पूर्वराजा ज्ञानेन्द्र शाहले सबैलाई आफ्नो भुल सुधार गर्ने मौका दिनुपर्ने बताएका छन् । उनले निषेधको राजनीति नगर्न पनि आग्रह गरेका छन् ।
विस्तृतमा
चुनावको लागि निर्वाचन आयोगको तयारी तिव्र
निर्वाचन कार्यतालिकामा दलहरुको सहमति
काठमाडौं, ५ असार (ओएनएस) : तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग लागि परेको छ । सरकारले मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन गर्ने घोषणा गरेको एक हप्तापछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
विस्तृतमा
- स्वतन्त्र निर्वाचन गराउँछु : रेग्मी
- न्यायाधीशहरुलाइ कार्यालय बोलाएको होइन : एमाले
- राधाकृष्णलाई फर्काउन एमालेको पहल
- नेपालस्थित कांग्रेस आइ कार्यालयको गतिविधि थप सक्रिय
- पूर्व राजालाई जनकपुरमा निषेध !
अन्तर्वार्ता More+
हामीलाई वार्तामा बोलाउने हैसियत रेग्मी सँग छैन : पम्फा भुषाल
प्रधानन्यायधिस हुँदा संविधानसभाको क्षेत्राधिकार माथि पनि हस्तक्षेप गरेर म्याद सम्म थप्न नदिने । अहिले संविधानलाई पुरै क्षेतविक्षेत पारेर मौका पाउँदा प्रधानमन्त्रीको कुर्चिमा बस्ने खिलाराज निष्पक्ष हुन्छन् भनेर यो देशमा कोही बच्चाले पनि पत्याउदैन ।
विस्तृतमा
- नेपाली नेता भारतको भ्रमण गर्नु मै आफ्नो शक्ति ठान्छन : डा. भेषबहादुर थापा
- ५ खर्ब ६ अर्बको बजेट आउँछ : नेपाल
- Norwegian model is absolutely unique - Nita Kapoor Director of FK Norway









