News

  • विस्तारित बैठकमा बाबुराममाथि जनार्दनको मुक्का प्रहार

    • Posted on: 2012-07-20

    काठमाडौं ५ साउन (ओएनएस) : एमाओवादीको विस्तारित बैठकमा पोलिटब्यूरो सदस्य जनार्दन शर्माले पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईमाथि मुक्का ठोकेका छन् । जारी बैठकमा भोजपुरा राज्य समिति कार्यकर्ताको भनाइमा भट्टराई पक्षले समर्थन जनाएपछि जनार्दनले नजिकै रहेका  भट्टराईमाथि मुक्का ठोकेका हुन ।

     
     
    जनार्दनले मुक्का ठोकेपछि स्थिती तनाबग्रत बनेको थियो । दुवै पक्षबीचको होहल्ला र हानाहानले मञ्चका केही कुर्सी पनि भाँचेका छन् । प्रधानमन्त्री भट्टराईमाथि मुक्का ठोकेपछि भट्टराई पक्ष पनि प्रतिकारमा उत्रिएका थिए ।
     
    भोजपुरा राज्य समितिका तर्फबाट बलिदान शाह बोल्ने क्रममा पुष्पकमल दाहाल पक्षीय कार्यक्रताले होहल्ला गरेपछि विवाद बढेको हो ।
     
    बैठकको बन्द सत्रमा समूह छलफल र टोली नेताहरुले बोल्ने आज  क्रम जारी छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको दस्तावेज उपर १४ वटा समूहका टोली नेताले धारणा राख्ने क्रम चलिरहेको छ । बिहीबार ७ समूहका टोली नेताले बोलेका थिए बाँकीले आज बोल्ने क्रम थियो । 
     

Comments

समाचार More+

  • एमाओवादी–मधेसी मोर्चा गठबन्धन संकटमा

    मधेसी दलको छुट्टै कसरत

    काठमाडौं, ९ जेठ (ओएनएस) : आगामी निर्वाचनमा सँगसँगै जाने गृहकार्य गरिरहेका एमाओवादी र मधेसी मार्चा बिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । मधेसी मोर्चा आफ्नै संयुक्त गठबन्धन निर्माणमा लागेपछि एमाओवादी सँग उसको गठबन्धन संकटमा परेको हो ।   आगामी निर्वाचनमा मधेसवादी पार्टी संयुक्त रुपमा जाने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका द..
    विस्तृतमा

  • विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित)

    काठमाडौं, ९ जेठ (एजेन्सी) : फोब्सले संसारका शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । सूची अनुसार जर्मन चान्सलर एन्जेला मर्केल विश्व कै सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । विश्वभरका १०० शक्तिशाली महिलाहरुको सूचीमा मर्केल पहिलो नम्बरमा परेकी हुन् ।    यस्तै दोस्रो नम्बरमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ छन् भने अमेरिकी समाजसेवी..
    विस्तृतमा

  • निर्वाचनको मिति तोक्न हतारिएको छु : रेग्मी

    काठमाडौं, ९ जेठ (ओएनएस) : अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले चुनावको मिति घोषणा गर्न आफु हतारिएको बताएका छन् । उनले निर्वाचनको मिति घोषणा छिट्टै हुने बताए ।  रिपोर्टस क्लव नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउन निर्वाचनको विकल्प नरहेको बताए । “नयाँ निर्वाचनको मिति घोषणा गर्दै जनताक..
    विस्तृतमा

  • कसरी हुन्छ सहकारीको अनुगमन र नियमन ?

    ७५ मध्ये ३८ जिल्लामा डिभिजन कार्यालय

    सानुभाई, काठमाडौं, ९ जेष्ठ (ओएनएस) : देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका  सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal