News
-
ओलम्पिक हेर्न सिलवाल लण्डन जादैँ
- Posted on: 2012-07-19
काठमाडौं, ४ साउन (ओएनएस) : लण्डन ओलम्पिक हेर्न जान लागेका नेपालका पहिलो ओलम्पियन खेलाडी भूपेन्द्र सिलवाललाई औपचारिक विदाई गरेको छ । एनआरएन यूकेको निमन्त्रणा र नेपाल खेलकुद पत्रकार मञ्चको समन्वयमा सिलवाल आगामी बुधबार लण्डन प्रस्थान गर्नेछन् ।बिबिसी लण्डनका डेस्क सम्पादक सुमन खरेलले सिलवालबारे नेपाली विविसी सेवामा प्रशारित सामाग्री सुनेपछि सिलवालको लण्डन यात्राको पहल सुरु गरिएको थियो । खरेलको पहलमा एनआरएन यूकेले सिलवाललाई लण्डन जाने आउने र बस्ने ब्यवस्था गर्ने भएपछि मञ्चले सिलवालको पासपोर्ट र भिसाको प्रक्रिया अघि बढाएको थियो ।बुधबार आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र खरेलले सयुक्त रुपमा सिलवाललाई विदाई गरिएको थियो ।"हाम्रा अग्रजहरुलाई सम्मान गर्नुपर्छ भनेर हामीले उहाँलाई लण्डन लैजाने कार्यक्रम बनाएका हौं ।" खरेलले भने, "यो क्रमले भविष्यमा हाम्रा अन्य अग्रजहरुका लागि पनि अवसरको बाटो खोल्ने आशा गरेका छौं ।"नेपाल ओलम्पिक कमिटीका अध्यक्ष प्रधानले ओलम्पिक कमिटीले गर्नुपर्ने काम खेलकुद पत्रकार मञ्च र एनआरएन यूकेले गर्न लागेकोमा कृतज्ञता ज्ञापन गरे । "यहाँ बोलिरहँदा मलाई लाज लागेको छ । यो ओलम्पिक कमिटीले गर्नु पर्ने काम थियो," प्रधानले भने, "नेपाल खेलकुद पत्रकार मञ्च र एनआरएन यूकेले गरेको यो पहलमा हामी सक्दो सहयोग गर्नेछौं ।"नेपाल ओलम्पियन असोसियसनका अध्यक्ष सुनिल जोशी, ओलम्पियनहरु दीपक बिष्ट र संगीना बैद्यको उपस्थिती रहेको कार्यक्रममा बोल्दै सिलवालले नेपालले ओलम्पिकमा भाग लिएको आधा शताब्दीपछि फेरी ओलम्पिक हेर्न जान पाएकोमा खुसी ब्यक्त गरे । "यो वर्ष मलाई खेलकुद पत्रकार मञ्चले फेरी चर्चा र अवसर दिलायो । उहाँहरुले मलाई सम्मान मात्र गर्नुभएन, लण्डन पुग्ने अवसर समेत दिनुभयो, " सिलवालले भने ।मञ्चले असार २० गते आयोजना गरेको स्पोर्टस अवार्डमा सिलवाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।
Comments
Other News
-
• धरानमा पूर्वसभासद् मियाँको शवयात्रा
• वैद्य र यादवलाई संयन्त्रमा ल्याउन कांग्रेस र एमाले सहमत
• काखको छोरो 'गायव' हुँदा पनि पत्तो नपाएपछि......
• सिद्धिचरणको १०२ औँ जन्मजयन्ती मनाइँदै
• ‘यस्तो स्ववियु निर्वाचन बन्द गर्नुपर्छ’
• कुन सेलिब्रेटी कस्ता देखिए क्यानिजमा ? (फोटोफिचर)
• नेपालसँग अबको सम्बन्ध ‘इलेक्ट्रिसीटी’को : नितिशकुमार
• हत्यारा पक्राउ गर्न माग गर्दै राजमार्ग बन्द
• चेन्नई आइपीएलको फाइनलमा
- Show Older
समाचार More+
वैद्य र यादवलाई संयन्त्रमा ल्याउन कांग्रेस र एमाले सहमत
‘थ्रेसहोल्ड’बारे पुरानै अडान यथावत्
काठमाडौं, ७ जेठ (ओएनएस) ः नेपाली कांग्रेस र नेकपा एमालेबीच मोहन वैद्य र उपेन्द्र यादवलाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउने सहमति भएको छ । सरकार र संयन्त्रप्रति असन्तुष्टि जनाउँदै आएका दलहरुलाई सहमतिमा ल्याई चुनावको मिति घोषणा गर्ने तयारी अनुरुप वैद्य र यादवलाई उच्चस्तरीय समितिमा ल्याउने सहमति भएको हो । एमाले पार्टी कार..
विस्तृतमा
काखको छोरो 'गायव' हुँदा पनि पत्तो नपाएपछि......
आचार्य प्रमोद / काठमाडौं, जेठ ७ (ओएनएस) : आफन्तको विहेमा सहभागी हुने वुटवलबाट आएका श्रीमान् श्रीमती आफ्नो सात महिने बालकसहित घर फर्किँदै थिए । रात्रीबसमा घर फर्किँदै गरेका बाबुआमा बसमै भुसुक्क निदाए । नवलपरासीको दलदले पुग्दा विहानको करिब छ बजेको थियो, जतिबेला उनीहरु ब्युँझिए । ब्युँझिदा काखमै राखेर ल्याएको छोरो नभएपछि दु..
विस्तृतमा
धरानमा पूर्वसभासद् मियाँको शवयात्रा
हत्या छानविन टोली सप्तरीमा
धरान, ८ जेठ (ओएनएस) : हिजो हत्या गरिएका विघटित संविधानसभाका सदस्य सदरुल मियाँ हकको धरानमा शवयात्र निकालिएको छ । पोसमार्टमका लागि धरान लगिएको मियाँको शवलाई पोसमार्टम पछि स्थानीय मुस्लीम समुदायकाले शवयात्रा निकालेका हुन् । नगर परिक्रम गर्दै शवयात्रामा सहभागिले हत्याराको चाँडो खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।..
विस्तृतमा
सिद्धिचरणको १०२ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं, ८ जेठ (ओएनएस) : नेपालका वर्डसवर्थ भनेर चिनिने युगकवि सिद्धिचरणश्रेष्ठको १०२ औँ जन्मजयन्ती आज मनाइँदैछ । जन्मजयन्तीको अवसरका राजधानी काठमाडौं लगायत देशभर विविध कार्यक्रम गरिँदै छ । सिद्धिचरण स्मृति प्रतिष्ठानले बुधबार राजधानीस्थि ओमबहालमा रहेको श्रेष्ठको सालिकमा माल्यार्पण गरी कविगोष्ठी सम्पन्न गरेको छ । कार्यक्र..
विस्तृतमा
- ‘यस्तो स्ववियु निर्वाचन बन्द गर्नुपर्छ’
- नेपालसँग अबको सम्बन्ध ‘इलेक्ट्रिसीटी’को : नितिशकुमार
- हत्यारा पक्राउ गर्न माग गर्दै राजमार्ग बन्द
- चेन्नई आइपीएलको फाइनलमा
- कांग्रेस एमाले निर्वाचन कानुनका विषयमा साझा धारणा बनाउँदै
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









