News

  • बैद्य आज चीन जादै

    • Posted on: 2012-07-15

     

    काठमाडौं, ३१  असार (ओएनएस) : नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य आइतबार चीन भ्रमणमा जादैछन्  ।

     

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । नयाँ पार्टीको अध्यक्ष बनेपछि वैद्यको पहिलो विदेश भ्रमण चीनबाट हुन लागेको हो । एकीकृत माओवादीबाट विभाजन भएर नेकपा-माओवादीको निर्माण भएको एक महिना नबित्दै वैद्यको चीन भ्रमण हुँदैछ । 

     
    वैद्यको चीन भ्रमणलाई अर्थ पूर्ण मानिएको छ । वैद्यसंगै पार्टी विदेश विभाग प्रमुख इन्द्रमोहन सिग्देल पनि चीन जाने कार्यक्रम रहेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन् । 
     
    दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विस्तार तथा पार्टी विभाजनपछिको अवस्था बारे चिनियाँ कम्युनिष्ट नेताहरुसँग छलफल हुने कार्यक्रम रहेको छ । असार मध्यतिर आएका चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका तर्फबाट नेपाल मामिला हेर्न विदेश विभागका उपमन्त्री आई पिङले वैद्यलाई चीन भ्रमणको निम्तो दिएका थिए । 
     

Comments

समाचार More+

  • एमाओवादी–मधेसी मोर्चा गठबन्धन संकटमा

    मधेसी दलको छुट्टै कसरत

    काठमाडौं, ९ जेठ (ओएनएस) : आगामी निर्वाचनमा सँगसँगै जाने गृहकार्य गरिरहेका एमाओवादी र मधेसी मार्चा बिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । मधेसी मोर्चा आफ्नै संयुक्त गठबन्धन निर्माणमा लागेपछि एमाओवादी सँग उसको गठबन्धन संकटमा परेको हो ।   आगामी निर्वाचनमा मधेसवादी पार्टी संयुक्त रुपमा जाने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका द..
    विस्तृतमा

  • विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित)

    काठमाडौं, ९ जेठ (एजेन्सी) : फोब्सले संसारका शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । सूची अनुसार जर्मन चान्सलर एन्जेला मर्केल विश्व कै सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । विश्वभरका १०० शक्तिशाली महिलाहरुको सूचीमा मर्केल पहिलो नम्बरमा परेकी हुन् ।    यस्तै दोस्रो नम्बरमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ छन् भने अमेरिकी समाजसेवी..
    विस्तृतमा

  • निर्वाचनको मिति तोक्न हतारिएको छु : रेग्मी

    काठमाडौं, ९ जेठ (ओएनएस) : अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले चुनावको मिति घोषणा गर्न आफु हतारिएको बताएका छन् । उनले निर्वाचनको मिति घोषणा छिट्टै हुने बताए ।  रिपोर्टस क्लव नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउन निर्वाचनको विकल्प नरहेको बताए । “नयाँ निर्वाचनको मिति घोषणा गर्दै जनताक..
    विस्तृतमा

  • कसरी हुन्छ सहकारीको अनुगमन र नियमन ?

    ७५ मध्ये ३८ जिल्लामा डिभिजन कार्यालय

    सानुभाई, काठमाडौं, ९ जेष्ठ (ओएनएस) : देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका  सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal