News
-
अमेरिकामा लू का कारण ४० जनाको मृत्यु
- Posted on: 2012-07-09
काठमाडौं, २५ असार (एजेन्सी) : अमेरिकामा पछिल्ला केही दिनमा अप्रत्याशित रुपमा लू को प्रकोप फैलँदै गएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार लू लागेर अमेरिकामा ४० जना भन्दा बढीको ज्यान गईसकेको छ ।
तातो हावा र बढदो गर्मीका कारण अमेरिकाको मध्य पश्चिम र तटीय क्षेत्रको जनजीवन कष्टकर बन्दै गइरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लू का कारण धेरैजसो बालबालिका र बृद्धबृद्धाहरुको ज्यान गएको छ ।
गर्मीले त्यहाँको कृषि बालीमा पनि धेरै असर पुर्याएको छ । पानी नपरेपछि तरकारीका बोटबिरुवाहरु सुक्दै गएको छ । अमेरिकाको मौसम विभागले अझै केही दिन पानी पर्न सम्भावना नरहेको जनाएको छ । गएको शुक्रबारदेखि बढेको गर्मी आइतबारदेखि केही घटने अनुमान गरिए पनि त्यसो नभएको विभागको भनाई छ ।
Comments
Other News
-
• पूर्ववर्ती सरकारले गठन गरेको आयोग खारेज
• पूर्वसभासदका हत्यारा दुई दिन भित्र पक्राउ गर्ने प्रहरी दावी
• राजस्थान रोयल्स आइपीएलको क्लालिफाइङ्गमा
• गोर्खा कप आजबाट सुरु हुँदै
• 'खलंगामा हमला'
• एमाओवादीको माग नसुन्न रेग्मीलाई कांग्रेस-एमालेको दवाव
• मधेसी मोर्चा छुट्टै प्रजातान्त्रिक गठबन्धनको तयारीमा
• सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी
• अपडेट : दार्चुला बस दुर्घटनामा मर्नेको संख्या ८ पुग्यो
- Show Older
समाचार More+
-
पूर्ववर्ती सरकारले गठन गरेको आयोग खारेज
योजना आयोगको उपाध्यक्षमा रविन्द्र कुमार शाक्य
सरकारले एमाले कांग्रेसले माग गरे अनुसार पूर्ववर्ति सरकारले गरेका निर्णय खारेज गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारले गठन गरेको सुकुम्वासी आयोग विघटन गरेको छ। कांग्रेस एमालेले आफ्ना कार्यकर्तालाई परिचयपत्र बाडेको भन्दै खारेजीको माग गर्दै आएका थिए । त्यस्तै बैठकले राष्ट्रिय योजना आयोगमा पदपूर्ति गरेको छ । बैठक..
विस्तृतमा
अपडेट : दार्चुला बस दुर्घटनामा मर्नेको संख्या ८ पुग्यो
दार्चुला, ९ जेठ (ओएनएस) : दार्चुलाको गोकुलेश्वर ६ ठुलीशैनमा विहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ भने ३५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका मालिक महेन्द्रनगरका कृष्ण भट्ट, बस चालक करनसिंह साउद , दार्चुला खरकडा गाविस वडानम्वर ९ का मोतीराम भट्ट, शर्मालीका गोपालसिंह बोहरा रहेका छन ।  ..
विस्तृतमा-
पूर्वसभासदका हत्यारा दुई दिन भित्र पक्राउ गर्ने प्रहरी दावी
राजविराज, ९ जेठ (ओएनएस): जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले प्रहरी विघटित संविधानसभाका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको नजिक पुगेको दाबी गरेका छन् । उनले अनुसन्धानको क्रममा रहेको प्रहरी हत्याराको नजिक पुगिसेको बताए । हालसम्म कसैलाई नियन्त्रणमा नलिए पनि महत्वपूर्र्ण सुराक हात पारेको..
विस्तृतमा
राजस्थान रोयल्स आइपीएलको क्लालिफाइङ्गमा
काठमाडौं, जेठ ९ (ओएनएस) : राजस्थान रोयल्स भारतमा जारी आइपीएल क्रिकेटको क्लाविफाइङ्ग राउण्डमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई ४ विकेटले हराउँदै राजस्थान क्लालिफाइङ्ग राउण्डमा प्रवेश गरेको हो । राजस्थानको जितको लागि म्यान अफ द म्याच ब्रेड हजले अर्धसतकीय योगदान गरे । ब्रेडले २९ बल खेल्दै ५ छक्का र २ चौक..
विस्तृतमा
- गोर्खा कप आजबाट सुरु हुँदै
- 'खलंगामा हमला'
- एमाओवादीको माग नसुन्न रेग्मीलाई कांग्रेस-एमालेको दवाव
- मधेसी मोर्चा छुट्टै प्रजातान्त्रिक गठबन्धनको तयारीमा
- सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









