News

  • कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन : पोखरेल

    • Posted on: 2012-07-05

    उदयपुर, २१ असार (ओएनएस) : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कामचलाउ सरकारले आफनो आयु लम्ब्याउनका लागि बजेट ल्याउन लागेको भन्दै संबैधानिक, राजनैतिक र नैतिक कुनै पनि हिसावले बजेट ल्याउन नमिल्ने बताएका छन् ।

     

    उदयपुरको सदरमुकाम गाईघाटमा नेकपा एमालेको सगरमाथा अञ्चल स्तरिय कार्यकर्ता प्रशिक्षणमा आएका महासचिव पोखरेलले पे्रस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो कुरा बताएको हो ।

    पोखरेलले राजनैतिक सहमतिमा मात्र सरकारले बजेट ल्याउन सक्ने उल्लेख गर्दै जबरजस्ती गरे संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले बजेट रोक्ने बताए । महासचिव पोखरलले एमाले पार्टी भित्र मधेसी र जनजाती नेताहरुको असन्तुष्टि प्रति इङ्गति गर्दै पार्टी नफुटने तर पार्टीको बिधी बिधान अनुसार प्रकृयागत ढंगले नआउनेहरु पार्टी भित्र पनि बस्न नसक्ने स्पष्ट पारे ।

    संबिधानका धारा र उपधारा खोजेर समाधान खोज्दा समाधान ननिस्कने बताउँदै पोखरलले भनेँ सविधानका असान्दर्भिक धाराहरुलाई शंसोधन गर्न राजनीतिक सहमति आवश्यक छ ।’
     

Comments

समाचार More+

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी

      काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति

      काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ ।    अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
    विस्तृतमा

  • सप्तरीमा एक किशोरीको जलाएर हत्या

    बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका

    सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ ।  वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ ।  स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal