News
-
सहमति बिना आएको बजेट अस्विकार : कोइराला
- Posted on: 2012-07-05
काठमाडौं, २१ असार (ओएनएस) : कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक सहमति बिना आउने कुनै पनि बजेटलाई आफूहरुले स्वीकार्न नसक्ने बताएका छन् ।
कोइराला निवास महाराजगन्जमा बिहीबार नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको भेटपछि उनले यस्तो बताएका हुन् । उनले सहमति नभइकनै बजेटका लागि सरकारले गरेको तयारी औचित्यहीन भएको बताए । कोइरालाले भने, ' बजेटका लागि सरकारले गरिरहेको एकलौटी तयारीले राजनीतिक सङ्कट झन् बढछ र त्यसबाट सहमतिको दूरी पनि बढछ ।
राजनीतिक सहमति नै अहिलेको प्रमुख आवश्यकता हो ।’उनले संविधानसभा विघटनदेखि बजेटको तयारीसम्मका गतिविधिले सरकार एकलौटी र निरङ्कुशताकासाथ अगाडि बढिरहेको पाइएको टिप्पणी गरे । कोइरालाले आफूहरुले पटक पटक सहमतिका लागि प्रयास गरिरहेको तथा राजनीतिक सहमतिबिना आउने बजेट पास नगर्न राष्ट्रपतिसमक्ष पनि आग्रह गरिसकिएको जनाए ।
चेम्बर प्रतिनिधिमण्डलले भेटमा पूर्णआकारको बजेट ल्याउन र त्यसका लागि राजनीतिक दलबीच सहमति कायम गर्नका लागि पहल गर्न कोइरालासमक्ष आग्रह गरेको चेम्बर अध्यक्ष सुरेश बस्नेतले बताए ।पूर्णआकारको बजेट आउन नसके समग्र देशको अर्थतन्त्र धराशायी हुने, विदेशी लगानीको वातावरण धमिलिने, देशमा अराजकता बढने तर्फपनि कोइरालाको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।
भेटमा सभापति कोइरालाले चेम्बरले उठाएका अर्थतन्त्र र जनजीविको सम्बन्धी धेरै विषयमा पार्टी सकारात्मक भएको र राजनीतिक सहमतिका लागि पार्टीले दलहरुबीच संवादको थालनी गरिसकेको उल्लेख गरेको बस्नेतले बताए । चे
म्बर प्रतिनिधिमण्डलले लगानीमैत्री, राजस्वमैत्री, उत्पादन अभिवृद्धि, निर्यात प्रवद्र्धन र रोजगारी अभिवृद्धि गर्न वातावरण बनाउने किसिमको बजेट ल्याउनुपर्ने मागसमेत राख्दै विभिन्न पार्टी नेतृत्वसँग भेट जारी राखेको छ ।
Comments
Other News
-
• संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य
• कालिमाटी तरकारी बजारको हरिबिजोग ! (फोटोफिचर)
• चीन र भारतबीच ८ सम्झौता
• त्रिवि र आरआरमा तालाबन्दी
• सगरमाथा आरोहण मोह ! (फोटोफिचर)
• राप्रपामा ६९ केन्द्रीय सदस्यका लागि १४७ को उम्मेदवारी
• इराकमा कार बम विस्फोट, कम्तिमा २६ को मृत्यु
• एन्फालाई ६ हजार डलर जरिवाना
• नेपालमा बढ्यो चीन र भारतको सक्रियता
- Show Older
समाचार More+
संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य
खड्गबहादुर विश्वकर्मा
खिलराज रेग्मीको नियुक्तिलाई हामीले प्रतिगमन कदम भन्यौ । सुरुमा धेरैले नपत्याए पनि लोकमान सिंहको नियुक्तिसम्म आईपुग्दा सबै छर्लङग भयो । यी घटनाक्रममा चार राजनीतिक दल जसरी देखिए पनि त्यो भारतीयहरुको चहना अनुसार चार दलले ल्याप्चे लगाउदै गएको भन्नेमा धेरै बिवाद नैं भएन । यस्ता विश्वास गर्नै नसकिने गरिका कदमले नेपाली जनतालाई साँच्चै आतंकित..
विस्तृतमा
कालिमाटी तरकारी बजारको हरिबिजोग ! (फोटोफिचर)
काठमाडौं, ६ जेष्ठ (ओएनएस) : कालीमाटी तरकारी बजार राजधानी काठमाडौंको तरकारी गोदामको रुपमा चिनिन्छ । तर यो तरकारी बजारको व्यवस्थापन निक्कै नाजुक छ । काठमाडौंका लाखौँ जनतालाई तरकारी पुर्याउने कालीमाटी तरकारी बजार पानी पर्ने वित्तिकै जलमग्न हुन्छ । काठमाडौंमा खपत हुने ७० प्रतिशत भन्दा बढी तरकारी आपुर्ति गर्ने बजार पानीमा डुब्दा समेत कालिमाटी फलफूल..
विस्तृतमा
चीन र भारतबीच ८ सम्झौता
सीमा विवाद अन्त्य गर्ने सहमति
काठमाडौं, ६ जेठ (एजेन्सी) : चीन र भारत दुई देश बीचको सीमा विवाद अन्त्य गर्न सहमत भएका छन् । सीमा विवाद अन्त्य गर्ने सहमतिको साथसाथै दुई देशले आठवटा सम्झौता पनि गरेका छन् । भारत भ्रमणको क्रममा रहेका चिनियाँ प्रधानमन्त्री ली कचियाङ्ग र भारतीय प्रधानमन्त्री मनमोहनसिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ । सम्झौतापत्रि..
विस्तृतमा
त्रिवि र आरआरमा तालाबन्दी
फर्जी भर्ना फिर्ता नभए निर्वाचन हुन नदिने
काठमाडौं, ६ (ओएनएस) : फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेकपा–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु–क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस र राजधानीको रत्नराज्य क्याम्पसमा तालाबन्दी गरेको छ । उसले फर्जी रुपमा भर्ना भएका विद्यार्थीको भर्ना फिर्ता नभए देशभरका क्याम्पसमा तालाबन्दी गरी स्ववियु निर्वाचननै हुन नदिने जना..
विस्तृतमा
- राप्रपामा ६९ केन्द्रीय सदस्यका लागि १४७ को उम्मेदवारी
- इराकमा कार बम विस्फोट, कम्तिमा २६ को मृत्यु
- एन्फालाई ६ हजार डलर जरिवाना
- नेपालमा बढ्यो चीन र भारतको सक्रियता
- हैदराबाद आइपीएलको प्लेअफमा, बैंगलोर बाहिरियो
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









