News
-
प्यूठानमा आकस्मिक हेलिकोप्टर अवतरण
- Posted on: 2012-07-01
प्यूठान, १७ असार (ओएनएस) : रुकुमबाट बिरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर प्यूठानमा अवतरण भएको छ ।
मौसम प्रतिकूल भएका कारण हेलिकोप्टर आकस्मिक अवतरण भएको हो । बिरामी लिएर आइतबार बिहान ८:३० बजे काठमाडौंका लागि उडेको हेलिकप्टर प्युठानको बिजुवार-६ को खेलकुद मैदानमा अवतरण गराइएको छ ।
माउन्टेन एअरको ९ एन जेपी हेलिकप्टरमा डोल्पाका तीन घाइते बिरामी र चालक दलका दुईसहित पाँचजना सवार छन । पानी परेका र कुहिरो डम्म लागेको कारण हेलिकप्टर प्युठानमा आकस्मिक अवतरण गराइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । डोल्पामा शुक्रबार स्थानीयवासीबीच झगडा हुँदा घाइते भएका तीन बिरामी लिएर सो हेलिकप्टर उडेको प्रहरीले भनाइ छ ।
मौसम खराब हुँदा डोल्पाबाट उडेको हेलिकप्टर शनिबार रुकुमको मुसिकोटमा रोकिएको थियो । आज बिहान रुकुमको मौसममा केही सुधार देखिएकाले मुसिकोटबाट काठमाडौंका लागि पुनः उडान भरेको थियो हेलिकप्टरमा घाइते डोल्पा गुम्बातारा-३ का कामी बुढा, झलम बुढा, चन्द्रबहादुर बुढा र चालक दलका दुईसहित पाँचजना छन ।
Comments
Other News
-
• सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी
• दार्चुलामा बस दुर्घटना ५ जनाको मृत्यु
• शिक्षक परिक्षा आजबाट सुरु हुँदै, झण्डै ५ लाख सहभागि
• 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
• सप्तरीमा एक किशोरीको जलाएर हत्या
• राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
• एमाओवादीमा सरकारको राजीनामाबारे बहस
• सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी
• सहमति नभए पनि चुनावको मिति घोषणा गर्नुपर्छ : महासचिव बोगटी
- Show Older
समाचार More+
सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी
काठमाडौं, ९ जे (ओएनएस): सरकारले सचिवहरुको सरुवा गर्ने भएको छ । संविधानसभा चुनवको मिति घोषणा अघि नै सचिवहरुको सरुवा गर्ने सरकारको तयारी छ । आजको मन्त्रिपरिषद बैठकले सरुवाको निर्ण गर्न सक्ने एक मन्त्रीले जानकारी दिए । 'बैठकमा एजेण्डाका रुपमा आएको छ, निर्णय हुन्छ की हुन्न एकिन भन्न सकिन्न' ती मन्त्रीले भने ''तर निर्वाचन घोषण..
विस्तृतमा
एमाओवादीमा सरकारको राजीनामाबारे बहस
सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई
काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ । एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
विस्तृतमा-
शिक्षक परिक्षा आजबाट सुरु हुँदै, झण्डै ५ लाख सहभागि
चिट चोरे ६ महिना जेल १ लाख जरिवाना
काठमाडौं, ९ जेठ (ओएनएस): शिक्षक सेवा आयोगले १७ वर्षपछि लिएको शिक्षक परीक्षा आजबाट सुरु हुँदैछ । बर्षैदेखि अस्थायी रूपमा अध्यापनरत र अध्यापन लाइसेन्स लिएका तर अध्यापनमा संलग्न नभएका ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थी आजदेखि परिक्षामा सहभागि हुनेछन् । परिक्षाका लागि भन्दै अधिकांस विद्यालय बन्द समेत भइसकेको छन् । परीक्षाका लागि १ हजार ८ सय ४..
विस्तृतमा
'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
विस्तृतमा
- सप्तरीमा एक किशोरीको जलाएर हत्या
- राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
- सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी
- सहमति नभए पनि चुनावको मिति घोषणा गर्नुपर्छ : महासचिव बोगटी
- अर्थमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









