News

  • पोखरा बागलुङ राजमार्ग हेम्जामा बन्द

    • Posted on: 2012-06-27

    हेम्जा (कास्की), १३  असार ( ओएनएस) :  कास्कीको हेम्जा गाउका  बासिन्दाले नदी नियन्त्रणको माग गर्दै  पोखरा बागलुङ राजमार्ग बन्द गराएका छन् ।

     

    उनीहरुले बर्षाको कारण नदी नियन्त्रणमा सरकारले ध्यान नदिएको भन्दै बुधबार बिहान ८ बजेबाट राजमार्ग बन्द गराएका हुन् ।

    असार ४ गते आएको बाढीले हेम्जा, १ याम्दी क्षेत्र कटान गर्दा ९ घर पुर्ण बिस्थापित गराएको र तत्कालै नियन्त्रण नगर्दा अहिले राजमार्ग र अन्य ५० घरलाई क्षति पुर्‍याउन थालेको भन्दै स्थानीयबासी आन्दोलित भएका हुन् ।

    मंगलबार बेलकादेखि नदीले थप कटान थालेर राजमार्गको १० मिटर नजिकै आईसकेको छ । तत्काल नियन्त्रण नगरिए राजमार्गनै बन्द हुने र आसपासका अन्य घरसमेत बगाउने स्थिति देखिएकोले स्थानीय आन्दोलित भएको स्थानिय हरि भुजेलले बताएका छन् ।

Comments

समाचार More+

  • करोडौं धन जम्मा गर्ने पाँच 'डन' विरुद्ध अदालतमा मुद्धा

    कुन डनलाई कुन नेताको साथ

      काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच डन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो ।    विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामासहित अरु चार ज..
    विस्तृतमा

  • राप्रपा अध्यक्षमा थापा सर्वसम्मत

    केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदै

      काठमाडौं, ५ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ । त्यस्तै महाधिवेशनले एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने निर्णय गरेको छ ।    अध्यक्षमण्डलमा सूर्यबहादुर..
    विस्तृतमा

  • सर्वोच्चद्वारा डीआइजी बढुवा सदर

      काठमाडौं, ५ जेठ (ओएनएस) : सर्वोच्च अदालतले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सदर गरेको छ । न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठको संयुक्त इजलासले आइतबार यसअघि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि गरेको अन्तरिम आदेश खारेज गर्दै निर्णय सदर गरेको हो ।    एमाओवदी&n..
    विस्तृतमा

  • चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा

    काठमाडौं, ५ जेठ (ओएनएस) : एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावमा कार्यगत एकता तयार पारिएको प्रतिवेदन माथि आजबाट छलफल सुरु गरेको छ । आजको बैठकमा त्यसबारे प्रस्ताव तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो ।   एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा सचिवालयको तर्फबाट प्रव..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal