News

  • भण्डारीले आज नयाँ पार्टी घोषणा गर्ने

    • Posted on: 2012-06-27

    काठमाडौं, १३ असार (ओएनएस)  : नयाँ पार्टी घोषणा गर्न मधेसवादी नेता शरतसिंह भण्डारीले राष्ट्रिय भेलामा गर्न लागेका छन् । सो भेलामा सहभागी हुन २७ जिल्लाबाट करिब दुई हजार पाँच सय अगुवा कार्यकर्ता सहभागी हुने भएका छन्  ।

     



    मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले अनुशासन उल्लंघनको आरोप लगाएर गत २३ जेठमा भण्डारीलाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि भण्डारीले २९ जेठमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यकर्ता भेला डाकी नयाँ पार्टी घोषणा गर्न बताएका थिए । फोरम लोकतान्त्रिकबाट अलग भएका केन्दि्रय तहका नेता र पूर्वसभासदहरुलाई समेतलाई साथ लिएर उनले पार्टी गठन गर्न लागेका हुन् ।

    बुधबार र बिहीबार दुई दिन हुने भेलामा तराई-मधेसका २३ जिल्ला, उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा पाल्पाबाट समेत कार्यकर्ता सहभागी हुनेछन् । सबै जिल्लाबाट अगुवा कार्यकर्तालाई मात्रै बोलाइएको भए पनि भेलामा सहभागी हुन युवाहरु उत्साही भएको भण्डारीले बताए ।

    'भेला ऐतिहासिक हुने अपेक्षा छ,' उनले भने । भेलामा सहभागी हुन सोमबारदेखि भण्डारीका कार्यकर्ता राजधानी आउन थालेका छन् । मंगलबारसम्म भेलामा सहभागी हुने धेरैजसो कार्यकर्ता राजधानी आइसकेको र सम्पूर्ण तयारी पूरा भइसकेको भण्डारीले पत्रकार सम्मेलन गरी बताए ।
     

Comments

समाचार More+

  • सुन्दर जुम्ला ! (फोटोफिचर)

    समस्या भित्र सम्भावना

      काठमाडौं, ८ जेठ (ओएनएस) : पश्चिम नेपालको विकट जुम्ला समस्याको मात्र ठाउँ होइन सम्भावनाको स्रोत पनि हो । कर्णाली अञ्चलमा पर्ने जुम्ला प्राकृतिक रुपले निक्कै सुन्दर छ । हावापानी, अवस्थिति, पाखापखेरा, डाँडापाखा आदिले जुम्लालाई सँधै रमणिय बनाइराख्छन् ।   धेरैले जुम्ला नाम सुन्ने वित्तिकै समस्यै समस्याको खानी भनरे बुझ्ने गरेपनि यसको..
    विस्तृतमा

  • वैद्य र यादवलाई संयन्त्रमा ल्याउन कांग्रेस र एमाले सहमत

    ‘थ्रेसहोल्ड’बारे पुरानै अडान यथावत्

    काठमाडौं, ७ जेठ (ओएनएस) : नेपाली कांग्रेस र नेकपा एमालेबीच मोहन वैद्य र उपेन्द्र यादवलाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउने सहमति भएको छ । सरकार र संयन्त्रप्रति असन्तुष्टि जनाउँदै आएका दलहरुलाई सहमतिमा ल्याई चुनावको मिति घोषणा गर्ने तयारी अनुरुप वैद्य र यादवलाई उच्चस्तरीय समितिमा ल्याउने सहमति भएको हो ।    एमाले पार्टी कार्यालय बल्..
    विस्तृतमा

  • धरानमा पूर्वसभासद् मियाँको शवयात्रा

    हत्या छानविन टोली सप्तरीमा

    धरान, ८ जेठ (ओएनएस) : हिजो हत्या गरिएका विघटित संविधानसभाका सदस्य सदरुल मियाँ हकको धरानमा शवयात्रा निकालिएको छ । पोसमार्टमका लागि धरान लगिएको मियाँको शवलाई पोसमार्टम पछि स्थानीय मुस्लीम समुदायकाले शवयात्रा निकालेका हुन् ।    नगर परिक्रम गर्दै शवयात्रामा सहभागिले हत्याराको चाँडो खोजी गरी कारबाही गर्न सरकारसँग माग..
    विस्तृतमा

  • काखको छोरो 'गायव' हुँदा पनि पत्तो नपाएपछि......

      आचार्य प्रमोद / काठमाडौं, जेठ ७ (ओएनएस) : आफन्तको विहेमा सहभागी हुने वुटवलबाट आएका श्रीमान् श्रीमती आफ्नो सात महिने बालकसहित घर फर्किँदै थिए । रात्रीबसमा घर फर्किँदै गरेका बाबुआमा बसमै भुसुक्क निदाए । नवलपरासीको दलदले पुग्दा विहानको करिब छ बजेको थियो, जतिबेला उनीहरु ब्युँझिए । ब्युँझिदा काखमै राखेर ल्याएको छोरो नभएपछि दु..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal