News

  • भेनस विलियम्स तेस्रो ग्राण्डस्लाम टेनिसबाट बाहिरियो

    • Posted on: 2012-06-26

     

    काठमाडौं, १२ असार (एजेन्सी)  : पाँच पटककी विजेता भेनस विलियम्स यो वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छिन् । 
     
     
    प्रतियोगिताको पहिलो दिन अल इंग्ल्याण्ड क्लवमा सोमवार भएको खेलमा रुसकी एलिन भास्नियासँग ६-१ र ६-३ ले पराजित भएपछि भेनस पहिलो चरणबाटै बाहिरिएकी हुन् । १६ पटक विम्बल्डन खेलेकी उनी पहिलो चरणबाट  बाहिरिएको यो पहिलो पटक हो । 
     
    आज भएका खेल जित्दै तेस्रो वरियताकी एन्जियस्का राडावान्सका, चिनकी लि ना तथा अष्टे्रलियाकी साम स्टोसुर दोस्रो चरणमा पुगेका छन् । पुरुषतर्फ विश्व नम्बर एक नोभाक जोकोभिच स्पेनका युआन कार्लस फेररलाई ६-३, ६-३ र ६-१ ले हराउँदै दोस्रो चरणमा पुगेका छन्  ।
     

Comments

समाचार More+

  • कोइराला निवास सर्ने तयारी गरेपछि कांग्रेसमा तानातान

    शशांक कोइराला र लक्ष्मण ढकालबीच रस्साकस्सी

    काठमाडौं, १० जेठ (ओएनएस) : सभापति सुशील कोइराला आफ्नो निवास महाराजगन्ज छाडेर शशांक कोइरालाको निवास जाने चर्चा चलेसँगै खटपट सुरु भएको छ । कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकाल कुनै हालतमा महाराजगन्ज छोड्न नदिने पक्षमा छन् भने कोइरालामा भतिजा शशांक कोइराला जुन कुनै हालतमा ल्याउने भनेर कस्सिएका छन् । स्वकीय सचिव ढकालले गलत सल्लाह दिएर सभापतिको छवि विगा..
    विस्तृतमा

  • हककी पत्नीले गृहमन्त्रीसँग रुँदै भनिन् – बालबच्चाको पालनपोषण गर्दिनुस्

    दिलीप सिंह / सप्तरी, १० (ओएनएस) : हत्या गरिएका पूर्वसभासद सदरुल मियाँ हकको पत्नी नुरजहाँ खातुनले हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन, बालबच्चाको पालनपोषण तथा शिक्षा दिक्षाको प्रबन्ध मिलाइदिन गृहमन्त्री माधवप्रसाद घिमिरे आग्रह गरेकी छिन् ।   उनले आफ्ना पतिलाई राज्यले सुरक्षा दिन नसकेको कारण हत्या भएको भन्दै दोषीलाई..
    विस्तृतमा

  • चुनावको तयारीबारे संयन्त्रले रेग्मी र वार्ता टोलीसँग छलफल गर्ने

    काठमाडौं, जेठ १० (ओएनएस) : उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन कानुन तयारीको प्रगतिबारे मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र सरकारी वार्ता टोलीसँग छलफल गर्ने भएको छ । नयाँ बानेश्वरस्थित समिति कार्यालयमा शुक्रबार बसेको बैठकले निर्वाचन कानुनमा सहमति जुटाउन सरकारले गरेको पहल र प्रगतिबारे जानकारी लिने भएको हो ।    संविधानसभा चुनावको म..
    विस्तृतमा

  • झारफुकको क्रममा बालकको मृत्यु

    पाँच धामी प्रहरी नियन्त्रणमा

    महोत्तरी, १० जेठ (ओएनएस) : महोत्तरीको हात्तीलेटमा उपचारको लागि चिकित्सककोमा लैजान नदिने धामी झाँक्रीहरुले झारफुक गर्दागर्दै एक बालकको ज्यान गएको छ । ज्यान जानेमा महोत्तरीको रामनगर ९ का १२ वर्षीय मदन मसाङ्गी छन् ।    आफूलाई पशुपतिबाबा बताउने मुख्य धामी पूजा लामाले आफ्नै घरको माथिल्लो तलामा स्थापना गरेको पूजा कोठामै बालकको ज्यान गएको..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal