News

  • पूर्वप्रधानमन्त्री थापा घर फर्के

    • Posted on: 2012-06-23

     

    काठमाडौं, ९ असार (ओएनएस) : राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा स्वास्थ्यलाभ गरी शनिबार घर फर्किएका  छन् ।
     
     
    थापा  जेठ २७ गते अकस्मात बेहोस भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका वरिष्ठ चिकित्सक भरत रावत तथा भारतबाट आएका वरिष्ठ चिकित्सकहरु आरआर कास्लिवाल र  नगेन्द्र चौहानसहितको टोलीले उनको उपचार गरेको थियो ।
     
    थापालाई सो अस्पतालमा शल्यकि्रया गरी पेसमेकर समेत जडान गरिएको छ । उनी अहिले पूर्णरुपमा स्वस्थ रहनुभएको परिवारले जनाएको छ ।
     
    अस्पतालबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग सक्षिप्त भेटघाटमा अध्यक्ष थापाले धैर्य र संयमतापूर्व अविचलित रही उपचारमा संलग्न रहेर आफनो स्वास्थ्य स्थितिमा उल्लेखनीय सुधार ल्याउन 'जीवनदाता’ भूमिका निर्वाह गरिएको भनी चिकित्सकहरुप्रति विशेष आभार व्यक्त गरेका थिए । 
     

Comments

समाचार More+

  • संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य

    खड्गबहादुर विश्वकर्मा

      खिलराज रेग्मीको नियुक्तिलाई हामीले प्रतिगमन कदम भन्यौ । सुरुमा धेरैले नपत्याए पनि लोकमान सिंहको नियुक्तिसम्म आईपुग्दा सबै छर्लङग भयो । यी घटनाक्रममा चार राजनीतिक दल जसरी देखिए पनि त्यो भारतीयहरुको चहना अनुसार चार दलले ल्याप्चे लगाउदै गएको भन्नेमा धेरै बिवाद नैं भएन । यस्ता विश्वास गर्नै नसकिने गरिका कदमले नेपाली जनतालाई साँच्चै आतंकित..
    विस्तृतमा

  • कालिमाटी तरकारी बजारको हरिबिजोग ! (फोटोफिचर)

    काठमाडौं, ६ जेष्ठ (ओएनएस) : कालीमाटी तरकारी बजार राजधानी काठमाडौंको तरकारी गोदामको रुपमा चिनिन्छ । तर यो तरकारी बजारको व्यवस्थापन निक्कै नाजुक छ । काठमाडौंका लाखौँ जनतालाई तरकारी पुर्याउने कालीमाटी तरकारी बजार पानी पर्ने वित्तिकै जलमग्न हुन्छ । काठमाडौंमा खपत हुने ७० प्रतिशत भन्दा बढी तरकारी आपुर्ति गर्ने बजार पानीमा डुब्दा समेत कालिमाटी फलफूल..
    विस्तृतमा

  • चीन र भारतबीच ८ सम्झौता

    सीमा विवाद अन्त्य गर्ने सहमति

    काठमाडौं, ६ जेठ (एजेन्सी) : चीन र भारत दुई देश बीचको सीमा विवाद अन्त्य गर्न सहमत भएका छन् । सीमा विवाद अन्त्य गर्ने सहमतिको साथसाथै दुई देशले आठवटा सम्झौता पनि गरेका छन् । भारत भ्रमणको क्रममा रहेका चिनियाँ प्रधानमन्त्री ली कचियाङ्ग र भारतीय प्रधानमन्त्री मनमोहनसिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ ।    सम्झौतापत्रि..
    विस्तृतमा

  • त्रिवि र आरआरमा तालाबन्दी

    फर्जी भर्ना फिर्ता नभए निर्वाचन हुन नदिने

    काठमाडौं, ६ (ओएनएस) : फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेकपा–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु–क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस र राजधानीको रत्नराज्य क्याम्पसमा तालाबन्दी गरेको छ । उसले फर्जी रुपमा भर्ना भएका विद्यार्थीको भर्ना फिर्ता नभए देशभरका क्याम्पसमा तालाबन्दी गरी स्ववियु निर्वाचननै हुन नदिने जना..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal