News
-
संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन सक्ने : उपेन्द्र यादव
- Posted on: 2012-06-17
काठमाडौ, ३ असार (ओएनएस) : मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित काम गर्ने प्रधानमन्त्रीलाई संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले हटाउन सक्ने जिकिर गरेका छन् ।आइतबार राजधानीमा रिपोर्टस क्लबको कार्यक्रममा उनले भने," सरकारले संविधानको उल्लघन गर्दा राष्ट्रपति अगाडि आउन सक्छन् । सहमति र विधी टेकेर राष्ट्रपति अगाडि बढ्नु पर्छ । "यादवले संविधान उल्लघन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको हैसियतमा काम गर्न नसक्ने दावी गर्दै संविधान निर्माणको बातावरण बनाउनै नसक्ने सरकारको हैसियत नै नभएको बताए ।उनले राष्ट्रपतिले संविधानको धारा १५८ बमोजिम अहिलेको बाधा अडकाउ फुकाएर मुलुकलाई निकास दिन अग्रसरता लिनु पर्नेमा समेत जोड दिए ।
Comments
Other News
-
• 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
• सप्तरीमा एक किशोरीको जलाएर हत्या
• राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
• एमाओवादीमा सरकारको राजीनामाबारे बहस
• सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी
• सहमति नभए पनि चुनावको मिति घोषणा गर्नुपर्छ : महासचिव बोगटी
• अर्थमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता
• बलात्कारी कारागारमा
• सहकारीको पृष्ठभूमि वेबसाइटमा राख्न अर्थमन्त्रीको निर्देशन
- Show Older
समाचार More+
एमाओवादीमा सरकारको राजीनामाबारे बहस
सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई
काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ । एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
विस्तृतमा
सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
विस्तृतमा
'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
विस्तृतमा
सप्तरीमा एक किशोरीको जलाएर हत्या
बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका
सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ । वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ । स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
विस्तृतमा
- राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
- सहमति नभए पनि चुनावको मिति घोषणा गर्नुपर्छ : महासचिव बोगटी
- अर्थमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता
- बलात्कारी कारागारमा
- सहकारीको पृष्ठभूमि वेबसाइटमा राख्न अर्थमन्त्रीको निर्देशन
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









