News

  • राष्ट्रपतिलाई उक्साएर सरकार कु गर्ने प्रयास भईरहेको पौडेलको दावी

    • Posted on: 2012-06-17

     

    काठमाडौ, ३ असार (ओएनएस) :  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले सेरोमोनियल राष्ट्रपतिले सरकार गठन विघठनको नाममा राजनीति गर्न नमिल्ने बताएका छन् । 
    रिपोर्टर्स क्लबको  साक्षात्कारमा आइतबार पौडेलले राष्ट्रपतिलाई उक्साएर सरकार कु गर्ने प्रयास भईरहेको दावी गर्दै सेरेमोनियल राष्ट्रपतिले त्यस्तो गर्न नमिल्ने ठोकुवा गरे । 
     
    उनले भने,"राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन उक्साएर स्वयम राष्ट्रपति, लोकतन्त्र र दलहरुको हित हुँदैन बरु मुलुक झन ठूलो अस्थिरता र अराजकता तीर जान्छ । दलका नेताहरुलाई भेटेर राष्ट्रपतिले सरकार परिवर्तन कुरा गर्नु संविधान विपरित हो । त्यो गरे मुलुक द्धन्द्धमा जान्छ । "
     
    उनले राजनीतिक दलको सहमति भएर प्रधानमन्त्रीले पद छाडेको अवस्था बाहेक फेरि बहुमतको अर्को सरकार गठन गर्न नसकिने भन्दै अहिले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कसैले पनि हटाउन नसक्ने ठोकुवा गरे । 
     
    उनले भने-दलहरुवीच सहमति भए प्रधानमन्त्रीले पद छाड्नु हुन्छ वा निर्वाचन भएर अर्को शक्ति आए प्रधानमन्त्री परिवर्त हुन्छ । अन्तरिम संविधान र अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रधानमन्त्री कसैले पनि हटाउन सक्दैन । 
     
    संविधानसभा रहँदै बैद्यानिक सरकारले  घोषणा गरेको निर्वाचन अबैधानिक हुनै नसक्ने समेत उनले स्पष्ट पारे । तर उनले निर्वाचन गर्ने समयको विषयमा भने दलहरुवीच कुराकानी गर्ने अवस्था भने खुल्ला रहेको बताए । निर्वाचनकोलागी सहमति र लोकतन्त्रकोलागी निर्वाचनको विकल्प नरहेको भन्दै संसद पुर्नस्थापना विकल्प हुनै नसक्ने उनको तर्क थियो । 
     

Comments

समाचार More+

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी

      काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
    विस्तृतमा

  • शिक्षक परिक्षा आजबाट सुरु हुँदै, झण्डै ५ लाख सहभागि

    चिट चोरे ६ महिना जेल १ लाख जरिवाना

    काठमाडौं, ९ जेठ (ओएनएस):  शिक्षक सेवा आयोगले १७ वर्षपछि लिएको शिक्षक परीक्षा आजबाट सुरु हुँदैछ । बर्षैदेखि अस्थायी रूपमा अध्यापनरत र अध्यापन लाइसेन्स लिएका तर अध्यापनमा संलग्न नभएका ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थी आजदेखि परिक्षामा सहभागि हुनेछन् । परिक्षाका लागि भन्दै अधिकांस विद्यालय बन्द समेत भइसकेको छन् । परीक्षाका लागि १ हजार ८ सय ४..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति

      काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ ।    अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal