रियालिटी शोमै मस्ती

405
  •  
  •  
  •  

कमेडी नाइट्स दर्शकले रुचाएको एक चर्चित भारतीय रियालिटी टेलिभिजन शो हो। जसमा हालै देखिए बलिउड नायक अर्जुन कपुर र नायिका दीपिका पादुकोण। उनीहरु त्यहाँ सामान्य रूपमा प्रस्तुत भएनन्, निकै मस्तीका साथ देखिए। जसले सञ्चारमाध्यममा उनीरुलाई निकै चर्चासमेत दिलाएको छ। उनीहरु एक–अर्कालाई शोकै दौरानमा चुम्बन गरिरहेका थिए।

फिल्म फाइन्डिङ फन्नीको प्रोमोसनका लागि शोमा देखिएका उनीहरु एक–अर्काको निकै ख्याल गरिरहेका देखिन्थे भने उनीहरुको मस्काइले समेत दर्शकलाई लोभ्याएको थियो। शोमा अर्जुन अन्य समयमा भन्दा बढी नै हँसिलो देखिएका थिए भने दीपिकाले गरिरहेको उनको ख्याललाई लिएर अहिले बलिउडमा विभिन्न टिप्पणीसमेत शुरु भएका छन्।


  •  
  •  
  •