मनोरञ्जन

  • शाहरुख खान र अजय देबगन भिड्दै

    • Posted on: 2012-11-08

     

    शौरभ भण्डारी / काठमाडौं, कात्तिक (ओएनएस) : स्वर्गीय निर्माता एवम् निर्देशक यस राज चोपडाको निर्देशनमा बनेको फिल्म 'जब तक हे जान'  र अस्विनी धिरद्वारा निर्देशित  फिल्म 'सन अफ सरदार' यसै तिहारको अवसरमा विश्व भरबाट एकैसाथ रिलिज हुने भएका छन् ।

     
     
     
    नोभेम्बर १३ तारिक अर्थात लक्ष्मी पुजाको दिन रिलिज हुने दुवै फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने अनुमान गरिएको छ ।
     
    शहरुख खान, क्याट्रिना कैफ र अनुष्का शर्माले अभिनय गरेको फिल्म जब तक हे जान रोमान्टिक फिल्म हो । बलिउडमा किङ अफ रोमान्स भनेर चिनिने अभिनेता शाहरुख खान र महान डाइरेक्टर यस चोपडाको फिल्म जब तक हे जानसँग फिल्म जुदाउदा अजय देबगनलाई ठुलै मुल्य चुकाउने पर्ने अनुमान बलिउड विश्लेषकहरुले गरेका छन् ।
     
    तर सिंगम, बोलबच्चन र गोलमाल जस्ता फिल्महरुको सफलताले अजय देवगन आफनो आउदो फिल्मले पनि दर्शकहरुको यथेष्ठय मायाँ पाउनेमा विश्वस्त छन् । अजय देवगन  निर्मिता रहेको  फिल्म सन अफ सरदारमा  सोनाक्षी सिन्हा र अजय देवगननै मुख्य भुमिकामा छन् ।
     
     बलिउडलाई विश्व जगतमा स्थापित गर्न ठुलो योगदान दिएका चोपडाको अन्तिम फिल्म  हुँदा पनि जब तक हे जानसँग फिल्म जुदाउदा सन अफ सरदारलाई घाटा  हुने अनुमान गरिन्छ । उता बलिउडमा आफनो रोमान्टिक अबतारले तहलका मच्चाएका किंग खान लामो समयपछि जब तक हे जानसँगै रोमान्टिक रोलमा कमव्याक गर्दैछन् ।
     
    त्यसैले पनि जब तक हे जानलाई सन अफ सरदारसँग जुधाउदा आफनो फिल्मलाई कुनै खतरा नहुनेमा निर्माण पक्ष विश्वस्त छ ।
     
    तर सलमान खानको पनि साथ पाएको सन अफ सरदारले जब तक हे जानलाई दरिलो चुनैति दिने विश्वास गरिएको छ । सलमानले उत्त फिल्ममा एक आइटम डान्स गरेका छन् । जे जस्तो विश्लेषण  गरेतापनि नतिजाका लागि नोभेम्बर १३ सम्म कुर्नुको विकल्प छैन ।
     

Comments

समाचार More+

  • पाँचवटा समितिको सभापति चयन गर्न आज उम्मेद्वारी दर्ता

    काठमाडौं ११ वैशाख (ओएनएस) : संविधानसभा अन्र्तगतका विषयगत समितिहरुको नेतृत्व चयनका आज उम्मेदवारी दर्ता हुँदैछ । दलहरूबीच सहमतिको आधारमा सभापति चयन हुन नसकेपछि संसद सचिवालयले आज निर्वाचन प्रक्रिया अघि बढाएको हो । सचिवालयले उम्मेदवारी दर्ताको समय आज बिहान १० बजेदेखि ५ बजेसम्म तोकेको छ ।
    विस्तृतमा

  • एमालेमा चर्कियो नीति र नेतृत्वको बहस

    युवा नेताको बेग्लै मोर्चा 'पुरानो टोपी नयाँ लुगा'

    काठमाडौं १० वैशाख (ओएनएस) : नेकपा एमालेको नवौं महाधिवेशनको मिति जति नजिक आउँदै छ । तयारी त्यति नै सुस्त गतिमा छ । तर, पार्टीको आगामि नेतृत्व र नीतिको बहस भने चर्किदै गएको छ । युवा नेताहरुले जवजको सिर्जनात्मक प्रयोग र विकास गर्नु पर्ने धारण अगाडि सार्दै युवाको नीति बोक्ने नेता नेपाल नै भएको निस्कर्ष निकालेका छन् ।
    विस्तृतमा

  • संविधान जारी हुने समयसम्म धैर्य गर्नुहोस : प्रधानमन्त्री

    काठमाडौं ११ वैशाख (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न अनुकूल वातावरण सिर्जना गर्दै वर्तमान सरकार मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरी विकासको गतिलाई तीव्रता दिन अग्रसर रहेको बताएका छन् । ।
    विस्तृतमा

  • आज लोकतन्त्त दिवस मनाइदै, जनताको आशा अनुसार काम भएन

    काठमाडौं ११ वैशाख (ओएनएस) : आठौ लोकतन्त्र दिवस मनाइदैछ । नेपाली जनताको १९ दिन लामो बलिदानीपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको आज ८ वर्ष पूरा भएको छ । हरेक बर्षको वैशाख ११ गते सरकारले लोकतन्त्र दिवस मनाइरहेको छ ।
    विस्तृतमा

Read All News
Vacancy
K&K College
SBI Bank
Bangaledesh Add

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal