लेख / रचना
-
प्रजनन स्वास्थ्य : महिलाको अधिकार र कर्तव्य
- Posted on: 2012-06-15
बृन्दा भण्डारी / आधा आकाश ओगटेका महिलाहरुको बारेमा सर्वत्र चर्चा एवं परिचर्चा भइरहेकै छ । नेपालको सन्दर्भमा विशेष गरी ग्रामीण समुदायका महिलाहरुको दुरावस्था सर्वव्यतित नै छ । एकातर्फ महिलाहरुलाई राज्यका हरेक क्षेत्रमा समावेश गराउने नारा गुञ्जिरहेका छन् भने अर्कोतर्फ कानूनद्वारा प्रदान गरिएका अधिकारहरु वा मौलिक हक अन्तर्गत रहेका अधिकारहरु समेत प्राप्त गर्न नसकिरहेको अवस्था हालसम्म पनि कायम नै छ ।
यसको ज्वलन्त उदाहरण महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि विषय हो । प्रजनन स्वास्थ्य भन्नाले सामान्यतया व्यक्तिलाई यौन सम्पर्क राख्ने वा नराख्ने, बच्चा पाउने वा नपाउने भन्ने निर्णय गर्न सक्ने क्षमतासहित प्रजनन अङ्गको रचना र तिनको कार्य समेत सन्तुलित रुपमा सम्पन्न हुँदै शारीरिक, मानसिक, र सामाजिक रुपमा पूर्ण निरोगी रहन सक्ने अवस्था हो ।
प्राथमिक स्वास्थ्य सेवाको माध्यमबाट ग्रामीण जनताको स्वास्थ्यमा स्तर बृद्धि गर्न, जनसंख्या नियन्त्रण गर्न परिवार नियोजन र मातृ शिशु कार्यक्रमलाई प्रभावकारी रुपले ग्रामीण स्तरसम्म सञ्चालन गर्ने र ग्रामीण जनतालाई आधुनिक चिकित्सा प्रणालीका सुविधाहरुसम्म पुग्ने अवसर प्रदान गर्नु नै स्वास्थ्य सेवाको प्रमुख प्राथमिकताको विषय हो भने एकीकृत रुपमा प्रतिकारात्मक, प्रर्वद्धनात्मक, र उपचारात्मक सेवाहरु प्रदान गर्नु यसको प्रमुख उद्देश्य हो ।
"नेपालको अन्तरिम संविधान" २०६३, धारा २० ले महिलाका पक्षमा विभिन्न हक र अधिकारको व्यवस्था गरेको छ । अन्तरिम संविधानले महिलाका हक र अधिकार सम्बन्धि गरेका व्यवस्थाहरु मध्यको एउटा महत्वपूर्ण व्यवस्था प्रजनन स्वास्थ्यको हक र अधिकार पनि हो । नेपालको प्रजनन स्वास्थ्य रणनीतिले निम्न तत्वहरुलाई प्रजनन स्वास्थ्यमा समेटेको छ :
· सुरक्षित मातृत्व एवम् नवजात शिशुको स्वास्थ्य -यस अन्तर्गत प्रसूति पूर्व सेवा, प्रसूति सेवा, सुत्केरी सेवा, र नवजात शिशु सेवा पर्दछन
· सुरक्षित गर्भपतन र गर्भपतन पश्चातका सेवा
· परिवार नियोजन सेवा
· एच्. आई. भी र अन्य यौनजन्य सरुवा रोग एवम् बाँझोपनाको रोकथाम र उपचार
· किशोर किशोरी एवम् युवा स्वास्थ्य र विकास
· प्रौढावस्थाको स्वास्थ्य, क्यान्सर रोकथाम र उपचार
· पाठेघर खस्ने रोगको रोकथाम र उपचार
· लिङ्गमा आधारित हिंसाको रोकथाम र उपचार
प्रजनन स्वास्थ्य सेवामा महिलाको अधिकार स्थापित गर्न निःशल्क प्रसूति सेवा, परिवार नियोजन सेवा,
गर्भपतन सेवा र पाठेघर खस्ने रोगको रोकथाम र उपचारमा महिलाको पहुँच सुरक्षित होस् भन्ने हेतुले यी सेवाहरु क्रमशः विस्तार हुदैछन् र यी सेवामा गुणस्तरीयता कायम गर्न राज्यबाट निरन्तर अभ्यास भई रहेका छन् । त्यस्तै "निजामति सेवा नियमावली" २०५० ले पनि महिलाको हकमा सुत्केरीअघि वा पछि गरी दुई महिनाको सुत्केरी बिदाको कानूनी व्यवस्था गरेको छ भने पुरुषहरुलाई पनि प्रसूति स्याहार बिदाको व्यवस्था गरेको छ ।त्यस्तै सुरक्षित मातृत्वलाई ध्यानमा राख्दै "स्वास्थ्य सेवा नियमावली" ले सरकारी अस्पतालमा सुत्केरी गराउने महिलालाई भौगोलिक क्षेत्रका आधारमा यातायात खर्च उपलब्ध गराउने व्यवस्था समेत गरेको छ । यी प्राप्त सुविधाहरुको सदुपयोग गरी निरोगी रहनु र सेवा प्रवाहमा देखापर्ने सबल र दुर्बल पक्षको मूल्याङ्गकन गरी सरकारलाई मार्ग निर्देशन गर्नु नागरिकको कर्तव्य हो । तर यस सन्दर्भमा आम नागरिकको ध्यान गएको भने पाइँदैन । तसर्थ प्रत्येक व्यक्तिले प्रजनन स्वास्थ्य अधिकार मात्र होइन कर्तव्य पनि हो भन्ने आफूले बुझेर अरुलाई पनि बुझाउनु आवश्यक छ ।
राज्यले महिला स्वास्थ्य सम्बन्धि विभिन्न योजना, आयोजना, र रणनीति तयार पारेतापनि यसले कार्यान्वयन पक्षमा सोचेजस्तो परिणाम पाउन भने नसकेको अवस्था पक्कै हो । यसो हुनुको मुख्य कारण स्वास्थ्य सम्बन्धि साधन र श्रोत बढी केन्द्रकृत हुनु हो । यो बाहेक, विज्ञता हासिल गरेका डाक्टर, प्रशासक एवं अन्य स्वास्थ्य विज्ञहरु दुर्गम स्थानमा जान नचाहानु, कार्यक्रमहरुको भौतिक संरचनाहरु व्यवस्थित योजनावद्ध भई कार्य तालिका अनुरुप नचल्नु, जिल्लामा स्थापित स्वास्थ्य संस्थाहरुमा दरवन्दी अनुसारको पदपर्ति हुन नसक्नु आदि पनि मुख्य समस्याका रुपमा देखापरेका छन् ।त्यस्तै, लक्षित नीति, लक्ष्य र सामाग्रीहरु गाउँमुखी नहुनुको साथै ग्रामीण संरचना आवश्यकता अनुसार नहुनुको कारण साधन स्रोतको उपयोग गर्ने क्षमतामा कमी हुनु, सुपरीवेक्षण तथा अनुगमन नियमित रुपमा हुन नसक्नु, कर्मचारीहरुले स्तरवृद्धि एवं अन्य अवसर प्राप्तिका निम्ति राजनीतिक झण्डा ओड्नु अदिका कारणले नेपालको स्वास्थ्य सेवाको स्थिति सोचे अनुरुप बढ्न सकेको छैन र यसको प्रत्यक्ष मारमा महिला प्रजनन स्वास्थ्य परेको छ।
स्वास्थ्य क्षेत्रमा देखिँदै आएको बढ्दो राजनैतिक हस्तक्षेपले गर्दापनि अस्पतालहरुबाट स्वास्थ्य सेवा लिनबाट जनता विमुख हुँदै आएको कुरा जनताले देखेको, सुनेको र भोगेको अवस्था सर्वव्यतित नै छ । चाँहे अस्पतालको प्रमुख पदको नियुक्ति प्रकृयामा बढेको राजनैतिक हस्तक्षेपले होस् या बिरामीको उपचारको क्रममा मृत्यु भए पश्चात उसका आफन्तले अस्पतालमा गरेको तोडफोड नै किन नहोस् यसको प्रत्यक्ष असर पीडित नेपाली जनतालाई नै पर्न गएको छ ।
त्यसैले, सरकारले स्वास्थ्य सेवा सम्बन्धि नीति अगाडि सारेर मात्र नहुने हुँदा उक्त नीति ल्याउँदा त्यसको प्राथमिकता, कार्यक्षमता, समता, पर्याप्तता, उपयुक्तता आदिको पूर्व विश्लेषण गर्नु जरुरी छ । यसका साथै कार्यान्वयनमा लगिएका नीतिहरुको कार्यान्वयनका सिलसिलामा निरन्तर अवलोकन, निरीक्षण, र निर्देशनका माध्यमबाट गुणात्मकता अभिवृद्धि गर्नु जरुरी छ ।
नेपालको सन्दर्भमा सन् २००८।०९ को केही तथ्याङ्कको विश्लेष्लण गर्दा कुल मातृमृत्यु दर ८१६ रहेको छ भने शिशु मृत्यु दर २१०६ रहेको छ जुन (Millenium Development Goal(MDG) ले निर्धारण गरेको लक्ष्य भन्दा निकै बढी हो ।
(Millenium Development Goal(MDG) ले निर्धारण गरेको मातृमृत्युदर
गरेको मातृमृत्युदर
सन् १९९० १९९५ २००० २००६ २०१५(लक्षित)
मातृ मृत्युदर ५१५ ५३९ ४१५ २८१ २१३
नेपालले : (Millenium Development Goal(MDG) मा निर्धारण गर्न खोजेको यो तथ्याङ्कलाई सम्बोधन गर्नका निम्ति एकीकृत प्रजनन स्वास्थ्य सम्बन्धी एउटा विशेष प्याकेज ल्याएको छ ।
एकीकृत प्रजनन स्वास्थ्य प्याकेजद्वारा प्रदान गरिने सेवाहरु
नेपाल सरकारले महिलाको प्रजनन स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न सेवा सुविधासँगै केही एकमुष्ट प्यकेजको पनि व्यवस्था गरेको छ जसमा निम्न विषयहरुलाई समेटिएको छ :
· परिवार नियोजन
· सुरक्षित मातृत्व
· नवजात शिशु स्याहार
· गर्भपतनका जटिलताहरुको रोकथाम तथा उपचार
· बाझोपनको रोकथाम तथा उपचार
· किशोरावस्थामा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी
· उमेर ढल्केको, वयस्क महिलाको स्वास्थ्य तथा समस्याहरु
· जनेन्दि्रयको संक्रमण, यौन रोग र एच.आई.भी एड्स
· लैङ्गकिताका आधारमा हिंसाको अन्त्य
यी कुराहरु प्रत्यक्ष रुपमा बालबालिका एवम् महिला र तिनका परिवारसँग सरोकारका विषय हुन। गर्भमा बच्चा रहँदा आमाको स्वास्थ्य राम्रो भएको अवस्थामा मात्र शिशु स्वस्थ्य रुपमा जन्मन सक्छ । यसर्थ गर्भावस्थामा राम्रोसँग जाचाउने, खोपहरु लगाउने, पोषिलो खाना खाने, केही जटिलता भए डाक्टरलाई जाच गराउने र सुत्केरी हुनकालागि आवश्यक तयारी समेत गर्नुपर्दछ । यसका लागि महिला आफै वा आफ्ना सासू, श्रीमान र परिवारका अन्य सदस्यहरुको महत्वपूर्ण भूमिका हुन्छ । सुत्केरी अवस्थामा आमा र बच्चाको राम्रो स्याहार गर्ने, पोषिलो खाना खुवाउने, भारी काममा सघाउने आदि परिवारको मुख्य दायित्वभित्र पर्दछन् ।त्यस्तै तालिम लिएका स्वास्थ्यकर्मीहरुबाट सुत्केरी गराउनु, आमा र बच्चाको नियमित जाच गराउने आदि काम गरिएमा पाठेघर खस्ने रोगबाट बच्न सकिन्छ, यस्तो रोग लाग्नबाट बाच्नु महिलाको अधिकार एवम् कर्तव्य दुवै हो ।
यौन रोगको संक्रमणका कारण महिलामा बाँझोपना, एड्सजस्ता विभिन्न रोगको समस्या देखापर्न सक्छन् यसर्थ यस्ता रोगबाट बाच्नका निम्ति आवश्यक सतर्कता अपनाउन जरुरी छ । स्वास्थ्यलाई नकारात्मक असर किशोरावस्थामा बसेका कुलतहरुका कारण हुने गर्दछन् यस कारण किशोर किशोरीहरु पनि आफ्नो स्वास्थ्यप्रति जिम्मेवार भई धुम्रपान, रक्सी सेवन, लागूपदार्थ दुर्व्यसनजस्ता कुराबाट टाढै रहनु उचित हन्छ ।यसरी गर्भावस्थादेखि मृत्यु प्रयान्त प्रजनन स्वास्थ्यले हाम्रो जीवनचक्रमा मुख्य प्रभाव पारिरहने हुदा समयमा नै आवश्यक सतर्कता अपनाउनु पर्दछ । स्वास्थ्य र समृद्ध परिवार नै राष्ट्र निर्माणको एउटा बलियो आधार हो यसैले आफ्नो अधिकारका साथसाथै आफ्नो कर्तव्य प्रति सजक भई राष्ट्र निर्माणमा टेवा पुर्याउन प्रतिबद्ध बनौं ।
Comments
Other लेख / रचना
-
• खाडीको तेल जस्तै हो नेपालको पानी
• मैले यी कुराहरू धम्कीको भाषामा भनिरहेको छैन : जेपी गुप्ता
• अहम् र भ्रमका बीचमा दलहरू
• सरकारलाई एमनेस्टीको चिठ्ठी
• औलो रोग : प्रसङ्ग नेपाल
• किन बन्दैन चुनावी वातावरण ?
• कम्युनिष्ट आन्दोलनले कम्युनिष्ट समाज निर्माण गर्न सकेन
• पहिचान खोज्दै नेपालका दुरा
• उच्च रक्तचाप र नेपालको सन्दर्भ
- Show Older
समाचार More+
'थ्रेसहोल्ड'मा मध्यमार्गी बाटो खोज्न रेग्मीको सुझाव
मन्त्रिपरिषद् अध्यक्ष रेग्मी प्रचण्ड छलफल
काठमाडौं, ५ जेठ (ओएनएस): अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन 'थ्रेसहोल्ड'का विषयमा मध्यमार्गी बाटो खोज्न आग्रह गरेका छन् । प्रमुखदलहरु पनि थ्रेसहोल्डको पक्षमा रहेको र राष्ट्रपतिको पनि राख्दा राम्रो हुने मत रहेकाले बिचको बाटोबाट समाधान खोज्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् । बि..
विस्तृतमा
एकता महाधिवेशनमा नेतृत्व विवाद मिलाउने प्रयास
स्थगित बन्दसत्र सुरु
काठमाडौं,५ जेठ (ओएनएस): नेतृत्वमा देखिएको विवाद समाधान गर्न राप्रपा राजपाका शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । आलोपालो नेतृत्वमा हलबाट विवाद आएपछि बन्दसत्र सुरुहुनुअघि उनीहरुले त्यसलाई मिलाउने प्रयास गरेका छन् । पार्टीको नाम र नेतृत्वका विषयमा विवाद भएप्छि हिजो बन्दसत्र स्थगित गरिएको थियो । हलमा सहभागि कार्यकर्ताले नेताहरुविरुद्ध नै नारावा..
विस्तृतमा-
एमाओवादी नेतृत्व गठबन्धनको बैठक बस्दै
मधेसी दलबीचको फाटो विवाद पनि एजेण्डा
काठमाडौं, ५ जेठ (ओएनएस) : चुनावी रणनीति र निर्वाचन अध्यादेशमा साझा धारणा बनाउन एमाओवादी नेतृत्वको संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ । लामो समयपछि बस्न लागेको बैठकमा प्रमुखदलबीच विवादित रहेको निर्वाचन अध्यादेशका प्रावधानका विषयमा छलफल हुनेछ । संविधानसभा चुनावमा गर्ने मोर्चाबन्दी, निर्वाचन कानुनमा देखिएका विवादमा साझा धारणा बन..
विस्तृतमा
‘उचित जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’ : अर्याल
एमालेबाट जानेको सुरक्षा गर्नु पहिलो काम
काठमाडौं, ४ जेठ (ओएनएस) : एकिकृत नेकपा माओवादीमा प्रवेश गरेकी एमाले नेतृ उर्मिला अर्यालले उचित जिम्मेवारी नदिए एमाओवादी पनि छोडेर राजनीतिबाटै सन्यास लिने बताएकी छन् । एमालेमा जिम्मेवारी नदिएकाले पार्टी प्ररित्याग गरेको बताउदै अर्यालले एमाओवादीबाट पनि त्यस्तै व्यवहार भए राजनीतिबाट सन्यास लिने बताएकी हुन् । ओएनएससँग कुराकानी गर्..
विस्तृतमा
- मालेले चार दलको भण्डाफोर अभियान चलाउने
- राप्रपा महाधिवेशनमा विवाद, बन्दसत्र स्थगित
- 'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले
- सर्त पुरा नहुँदासम्म वार्ता हुँदैन : असन्तुष्ट दलहरु
- स्ववियु निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा : विद्यार्थी नेताहरु
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









