लेख / रचना

  • नेपालको सपना कसले तुहायो

    • Posted on: 2012-06-12

    नेपाल अहिले जनताको सपना टुहिएपछि राजनीतिक अवस्था कठिन मोडमा पुगेको छ । सन् २००८ मा सम्पन्न संविधानसभाको चुनावपछि जनताका सपना पुरा गर्ने ६ सय १ जना सभासदहरुले ४ वर्ष वित्दा पनि संविधान निर्माण सकेन ।

     



    ४ वर्षअघि हिन्दु राज्यबाट  धर्म निरपेक्ष राज्यमा रुपान्तरित भएपछि जनताको हितमा नयाँ संविधान आउनेमा सबै जनता खुसी अभिव्यक्त समेत गरेका थिए ।  संविधानसभा चुनावमा रहँदा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई १० वर्षभित्र स्विजरल्यान्ड बनाईदिने घोषणा गरिदिने भनेपछि जनताले माओवादी ठूलो पार्टीको रुपमा विजयी गराएर पठाए ।
    सन् २००६ मा सरकार र विद्रोही पार्टी माओवादीबीच शान्ति समझौंता भएपछि सरकारमा गएको माओवादी विस्तारै जनतालाई गरेको बाचा भुल्दै गए । माओवादीकै  प्रधानमन्त्री बाबुराम भट्टराई अहिले कामचलाउ सरकारको प्रमुख रुपमा रहेका छन् ।

    नेपाललाई विश्व अर्थतन्त्रमा शीर्ष स्थानमा रहन सफल भारत र चीन जस्तै विकसित गराउने उनले अभिव्यक्ति दिएका थिए ।

    दुई ठूला देशका अनुशरण गर्दै आफ्नो देश त्यही अनुसार अर्थतन्त्रमा विकास गर्दै लैजाने, रेलमार्ग, मुख्य स्थानमा व्यापारिक केन्द्रको स्थापना गर्न घोषणा गरेका थिए ।


    समयको गतिसँगै पुष्पकमल दाहाकाको सपना पनि आन्तरिक तथा अन्तर विवादमै रुमलिएपछि  जनतालाई गरेको बाचा बिस्तारै  विलिन बन्न पुग्यो । विभिन्न खण्ड पार गर्दै नेपाल एसियाकै अत्यन्त गरीब मुलुकको सुचिमा नेपाल परेको छ । त्यस्तै गरी भट्टराईको सपना पनि फोहोरको थुप्रोमा विलिन हुन पुगेको छ ।


    संयुक्त राष्ट्रसंघको महासभा, सार्क सम्मेलन तथा चीनका प्रधानमन्त्रीसँगको भेटमा नेपालका राजनीतिक दलका शीर्ष नेताहरु कुर्सीकै लागि एक आपसमा लडिरहेको तर आफु विकासका लागि यो स्थानमा आएको भेटमा बोलेका थिए ।

    दोस्रो नेपालको संविधान सबै वर्गलाई समान हक अधिकार दिन कहिल्यै सहमत भएनन । विभिन्न आइस बे्रक भयो भनीरहँदा पनि शीर्ष नेताहरु आफनो स्वार्थमा अडिक भएपछि जनताको चाहना ४ वर्षमा पनि पुरा हुन सकेन । त्यस्तै अतिविकसित राष्ट्रमा विभिन्न अन्तर्राष्ट्रिय स्तरबाट देशको मामिलामा हस्तक्षेप गरेको समेत पाइयो । प्रधानमन्त्री आफैले पनि विकसित देशबाट हस्तक्षेप भैरहेको गुनासो समेत समाचार माध्यममा आएको थियो ।

    राजनीतिक दलका नेताहरु विभिन्न कुरा ल्याउदै जनताको सपनालाई पन्छाउदै आएका छन् , यसमा कुनै एक व्यक्ति, महत्वपूर्ण दल, सरकारको  स्वार्थ पुरा गर्नका लागि संविधान लेख्ने होइन । यसमा सबै तहका जातजातिको समान हक अधिकार दिएर नयाँ नेपालको नयाँ संविधान घोषणा गरि विश्वमा नै एक उदाहरण बन्न सक्नुपथ्यो । तर अफसोच जनताबाट छानिएका ६ सय १ जनाले ४ वर्षमा पनि नेपालमा संविधान जारी गर्न सकेन ।

    गत शुक्रबार बाबुराम भट्टराईले संविधान जारी हुन एक घण्टा अगाडि नयाँ निर्वाचनको घोषणा गरेपछि कामचलाउ सरकारको विरोधमा नेपाली कांगे्रस, एमाले लगायतका २२ दलले खुल्लामञ्चमा विरोधसभा आयोजना गरेका थिए ।


    एजेन्सीबाट



     

Comments

समाचार More+

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी

      काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
    विस्तृतमा

  • सप्तरीमा एक किशोरीको जलाएर हत्या

    बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका

    सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ ।  वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ ।  स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
    विस्तृतमा

  • राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा

      काठमाडौं, ८ जेठ (ओएनएस) : नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति चयनका लागि भएको चुनावको खुला र महिलातर्फको मतपरिणाम घोषणा भएको छ । खुला र महिलातर्फ गरी ४९ जना निर्वाचित भएका छन् ।    राजधानीमा जारी महाधिवेशनमा आदिवासी जनजाति, मधेसी, दलित र मुस्लिमको आरक्षणतर्फको मतगणना जारी रहेको नेता किरण गिरीले जानकारी दिए..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal