अन्तर्वार्ता

  • काम खोजिरहेको छु : नेम्वाङ

    •  
    संविधानसभाको विघटनपछि त्यसका अध्यक्ष सुवास नेम्वाङ फूर्सदिला भएका छन् । उनको पार्टी एमालेमा पनि ठोस जिम्मेवारी पाइ नसकेको अवस्था आजभोलि नेम्वाङ के गर्दै छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सारासंक्षेप :

    संविधानसभाको विघटनपछि त्यसका अध्यक्ष सुवास नेम्वाङ फूर्सदिला भएका छन् । उनले आफ्नो पार्टी एमालेमा पनि ठोस जिम्मेवारी पाइ नसकेको अवस्था आजभोलि के गर्दै छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सारासंक्षेप  :  

     
     
    संविधानसभा विघटनपछि दिन कसरी वित्दै छन् ? 
     
    १४ पछि म संविधानसभा अध्यक्ष तथा सभामुख छैन । सभामुख भएको बेला पार्टीमा मैले निवेदन दिए, पार्टीले मलाई जुन तपाई पार्टी गतिविधि तथा कार्यक्रममा संलग्न नहुने भनी लेखेर दिनु भयो त्यो एकदम ठिक गर्नु भयो । तपाईलाई हाम्रो स्वीकृति छ, र हाम्रो सहमति छ भन्नु भयो । अब पार्टीले जे जिम्मेवारी दिन्छ त्यो जिम्मेवारी वहन गर्छ । 
     
    तपाईलाई पार्टीमा यो जिम्मेवारी दिँदै छौ, भनिसकेको अवस्था छैन् ?
     
    म त्यो पर्खेर बसेको छु । पार्टी जुन जिम्मेवारी दिन्छ, म त्यो जिम्मेवारी लिएरअघि बढ्छु । 
     
    सभामुख भएको बेला पार्टीका कुनै कार्यक्रममा सहभागी हुन्न भनेर निवेदन लेखेर दिनु भयो, अहिले सभामुख नभएको अवस्थामा काम पाउँ भनेर निवेदन दिनु भएको छैन ? 
     
    निवेदन खेलेर दिएको छैन । तर उहाँहरुलाई मैखिक जानकारी छ । जिम्मेवार नेताहरु यो विषयमा जानकार हुनुहुन्छ । 
     
    मधेस तथा जनजातिका विषयमा पार्टीभित्र विवाद छ, तपाई पार्टीभित्रको विवादमा कहाँनेर जोडिनु भएको छ ? 
     
    यसमा एउटा मेरो प्रष्ट विचार छ । एमाले जस्तो एउटा जिम्मेवार पार्टीले निश्चित रुपमा सकारात्मक रुपमा निष्कर्षमा पुर्‍याउनु पर्छ ।पार्टीभित्र यसलाई टुंगोमा पुर्‍याउन सबैले छलफल गरौं, पार्टीलाई सशक्त र सवल बनाएरअघि बढौं । यो विषय सबैको साझा विषय हो, यसलाई समुचित निष्कर्षमा पुर्‍याउन भूमिका खेलौ । यसो गरियो भने पार्टी तथा देश सबैको हित हुन्छ । 
     
    पार्टीभित्रै मिलाउनु पर्छ भने पनि, भित्रि रुपमा तपाई पार्टीसँग असन्तुष्ट हुनुहुन्छ र असन्तुष्टहरुलाई केही ढाडस दिइरहनु भएको छ भनिन्छनी ? 
     
    एकातिर तपाईले भनेको जस्तो होला ।  अर्कोतिर केही साथीहरुले आफ्नो भूमिका नै निभाएन, ठूला नेताको मतियार भयो भन्ने प्रश्न पनि उठाउनु भएको छ । यी सबैलाई हेर्दा मैले तटस्थता राम्रोसँग निभाएछु भन्ने लाग्छ । 
     
    पार्टीमा पूर्ण रुपमा जोडिएपछि तपाईको तटस्थता भंग होलानी ? 
     
    संविधानसभासँग जोडिएका विषयमा मेरो त्यही अनुसार मूख्य र मान्यतालाई मान्नु पर्छ । पार्टीको कुरा भएपछि पार्टीको इमान्दार कार्यकर्ता भएरअघि बढ्नु पर्छ र बढ्छु पनि । 
     
    संविधानसँग, संघीयतासँग जोडिएका विषय बहसमा तपाई तटस्थता बस्नु भयो भने, तपाई एमालेको नेता भएको अर्थ रहँला ?  
     
    दलभित्रका कुरामा त्यसैअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्छ र म गर्छ । 
     
    संविधानसभा विघटन भएको लामो समय भइसक्यो निकास निस्केको छैन, राष्टपतिले समेत बोलाएर समहति गर्न भनिसके, दलहरुलाई तपाईको सुझाव के हुन्छ ? 
     
    मोर्चा बन्दी नगरौ । अविलम्व सहमति र सम्वाद गरौ । हामी जुन अप्ठेरो अवस्थामा छौ, त्यसको निकास भनेको एक पटक एउटा  महत्वपूर्ण राजनैतिक निर्णय गर्नुपर्छ । 
     

Comments

समाचार More+

  • एमाओवादी–मधेसी मोर्चा गठबन्धन संकटमा

    मधेसी दलको छुट्टै कसरत

    काठमाडौं, ९ जेठ (ओएनएस) : आगामी निर्वाचनमा सँगसँगै जाने गृहकार्य गरिरहेका एमाओवादी र मधेसी मार्चा बिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । मधेसी मोर्चा आफ्नै संयुक्त गठबन्धन निर्माणमा लागेपछि एमाओवादी सँग उसको गठबन्धन संकटमा परेको हो ।   आगामी निर्वाचनमा मधेसवादी पार्टी संयुक्त रुपमा जाने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका द..
    विस्तृतमा

  • विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित)

    काठमाडौं, ९ जेठ (एजेन्सी) : फोब्सले संसारका शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । सूची अनुसार जर्मन चान्सलर एन्जेला मर्केल विश्व कै सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । विश्वभरका १०० शक्तिशाली महिलाहरुको सूचीमा मर्केल पहिलो नम्बरमा परेकी हुन् ।    यस्तै दोस्रो नम्बरमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ छन् भने अमेरिकी समाजसेवी..
    विस्तृतमा

  • निर्वाचनको मिति तोक्न हतारिएको छु : रेग्मी

    काठमाडौं, ९ जेठ (ओएनएस) : अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले चुनावको मिति घोषणा गर्न आफु हतारिएको बताएका छन् । उनले निर्वाचनको मिति घोषणा छिट्टै हुने बताए ।  रिपोर्टस क्लव नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउन निर्वाचनको विकल्प नरहेको बताए । “नयाँ निर्वाचनको मिति घोषणा गर्दै जनताक..
    विस्तृतमा

  • कसरी हुन्छ सहकारीको अनुगमन र नियमन ?

    ७५ मध्ये ३८ जिल्लामा डिभिजन कार्यालय

    सानुभाई, काठमाडौं, ९ जेष्ठ (ओएनएस) : देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका  सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal