अन्तर्वार्ता
-
'प्रधानमन्त्रीले रुउला झै गरे, प्रचण्डले सबैलाई खुसी पारे '
पछिल्लो समयमा राष्ट्रपति मुलुकको निकासका लागि दलहरसँग सामुहिक छलफल गरे । मुख्य रुपमा राष्ट्रपतिले के विषयमा छलफल गरे भन्ने विषयमा केन्दि्रत रहेर राष्ट्रिय जनमोर्चा नेपाललका अध्यक्ष चित्रबहादुर केसीसँग गरेको कुराकानीको सारसंक्षेप
पछिल्लो समयमा राष्ट्रपति मुलुकको निकासका लागि दलहरसँग सामुहिक छलफल गरे । मुख्य रुपमा राष्ट्रपतिले के विषयमा छलफल गरे भन्ने विषयमा केन्दि्रत रहेर राष्ट्रिय जनमोर्चा नेपाललका अध्यक्ष चित्रबहादुर केसीसँग गरेको कुराकानीको सारसंक्षेप :
राष्ट्रपतिसामु भएको छलफलपछि के निचोड आयो ?सबै नेताहरुले आ-आफ्नो भनाइ राखे । राष्ट्रपतिले पनि मुलुकको बिग्रदो अवस्थाको बारेमा राख्नु भयो । निचोडअघि जस्तै सहमति गरी संवैधानिक निकास निकाल्ले । संक्रमणकालबाट पार लगाउने भन्ने कुरा भयो, निचोड ठोस केही भएन ।राष्ट्रपतिले सहमतिमा जाने कुरा गर्नु भयो दलहरु पूरानै अडानमा दोहोर्याएका हुन ?राष्ट्रलाई निकास नदिने हो र सबै दलहरु आ-आफनै अडानमा हुने हो भने नेपाल अफगानिस्तान जस्तै हुन्छ भन्ने कुरा पनि उठेको थियो । मुलुक संकटमा छ संवैधानिक निकायहरु खाली हुँदैछन् ।संसद छैन, स्थानीय निकायमा अधिकारीहरु छैनन् । दलीय सहमतिबाट नै निकास निकाल्ने भन्ने कुरा भयो ।छलफलमा सहभागी केही राष्ट्रपति सक्रिय हुनु पर्छ भन्ने प्रस्ताव पनि गरेका हुन र ?त्यस्तो कसैले गरेन । मैले नै बरु राजा वीरेन्द्रको कुरा उठाएको थिए । त्यती बेला राजा संवैधानिक थिए, दलहरु मिल्न नसके राजालाई सक्रिया हुनु पर्छ भनेपछि त्यो दुर्गती बनाउने काम भयो । सबै दलहरु सहमति गरेर राष्ट्रपतिलाई लौ यसरी जानुस भनेपछि त्यसरी राष्ट्रपति जानु पर्छ भन्ने कुरा गरेको हुँ । राष्ट्रपति सक्रिय बनाउनु उचित हुन्न भन्ने कुरा भयो ।भित्र बैठकको छलफल हेर्दा तपाईलाई के लाग्यो ?राष्ट्रको यो भयानक अवस्था देखेर सबै चिन्तित छन् । राष्ट्र नै असफल नै हुन लाग्यो । सधै अनिणिर्त हुनु हुन्छ, सत्तामा बसेकाहरुले सत्ता मै बस्नु हुन्न र सत्ता बाहिरकाहरु पनि सत्ता कै लागि लाग्नु हुन्न भन्ने कुरा भए । सहमति कुराले मात्र होइन व्यवहारमा देखाउनु पर्यो । सबैले संविधान बन्न नसकेको कुरा गरे मैले त संघीयता र सत्ता कै कारणले संविधान नबनेको भने ।विपक्षीदलहरु निकासका लागि प्रधानमन्त्रीको राजीनामा मागेका छन्, एमाओवादीले चुनाव, संविधान, संघीयतामा सहमति गर्यौ भन्छ, यी कुराका बीच केही नयाँ कुरा निष्कियो ?दलहरु सत्तामा बस्ने र लम्बाउने कुरा गर्छन । त्यो भन्दा पनि कसैले सरकारबाट राजीनामा दिएर सहमति गर्नुपर्छ भने । कसैले संविधानसभाको नै चुनाव गर्नुपर्छ भने,संसदको चुनाव, संविधानसभा पुनस्थापनाको कुरा पनि भयो । सबै दलका नेताहरुले आ- आफ्नो कुरा राखे ।विपक्षीले प्रधानमन्त्रीले कुर्सी छाड्नु पर्छ भन्दा त्यहाँ उपस्थित पुष्पकलम दाहाल कुन मुद्रमा थिए ?दाहाल बोलेर सबैलाई खुशी पार्ने गर्छन । कार्यान्वयन पक्षमा दाहाल बदनाम नै भइसकेका छन् । सहमति गरी प्रधानमन्त्री र दाहाल सबै राजीनामा गर्ने भन्ने कुरा नै गरे ।राजीनाको कुरा गर्दा प्रधानमन्त्रीले चै के भने ?प्रधानमन्त्री के भन्थ्ये सुरुवामा कसैले सहयोग गरेन मैले राम्रो गर्न खाजेको थिए भनेर गुनासो गरे पछि मलाई एकछिन पनि बस्न मन छैन म हरेक मिनेट टेन्सनमा विताइरहेको हुन्छ भनेर झण्डै रुउला झै गरि बोले । सहमति भए म अहिले नै यहीनेर राजीनामा दिन्छु पनि भने । म त मुखाले मान्छे तपाईले बजेट पनि ल्याउन सक्नु भएन, चुनाव पनि गर्न सक्नु भएन तपाईलाई एक छिन पनि कुर्सीमा बस्ने अधिकार छैन राजीनामा दिनुहोस् भनदिए ।निकास निस्कन सक्छ त, कहिलेसम्म ?राष्ट्रपति आफै सक्रिय हुन खोजेका होइन् । दलहरुको सत्ता लिप्स र आ-आफ्ना स्वार्थमा लागेर मुलुकलाई निकास दिन नसकेको अवस्थामा नेताहरु सुझावको लागि हो ।यो सुझाव कार्यान्वयन होला त ?सहमति भए हुन्छ नभए आन्दोलन गरेर सत्ताबाट हटाउनु नपरोस भन्ने केही नेताहरुको भनाइ छ । निर्णायकमा रुपमा संविधानको ४ पार्टी नै ठेकेदार भए । आज मिली सक्यो भोलि मिल्यो भन्दै नक्कली कुरा गरेर समय खाने काम भयो । अन्य सभासदलाई विवादितमा छलफल गर्नबाट बञ्चित गरियो ।
Comments
Other अन्तर्वार्ता
-
• एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
• प्रचण्डसँग माया बसेको छ : रेखा थापा
• देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
• जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
• कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय
• कार्कीका विषयमा प्रचण्डले गरेको गल्ती सच्याउनु पर्छ : लीलामणि पोखरेल
• प्रचण्ड खुल्ला दिलको, बाबुराम अन्तर्मूखी : राजेन्द्र महतो
• सरकारमा गएका व्यक्तिहरुमा कन्फ्युजन छ : डा चिरिञ्जीवी नेपाल
• भारत भ्रमण प्रचण्डको गल्ती सच्याउने मौका : मुमाराम खनाल, विश्लेषक
- Show Older
समाचार More+
यसरी भयो पूर्वसभासद मियाको हत्या ( घटना स्थल : फोटोफिचर)
१२ लाख रुपैयाँको खोजी, छानविन समिति गठन
दिलीप सिंह / सिरहा, ७ जेठ (ओएनएस) : छिमेकीको विहे हेर्न गएका सप्तरीका पूर्वसभासद सदरुल मिया हकलाई साँझ टेलिफोन आयो । ‘आफ्नै पेट्रोलपम्पमा आउनुस् काम छ’ भनेर कसैले बोलायो । आग्रह बमोजिम मिया पेट्रोलपम्प नजिकको अस्थाई निवास जान त गए, तर फर्किएन् । उनको कल्याणपुर २ विसनापुरमा रहेको आफ्नै अस्थाई निवासमा निर्ममतापूर्व..
विस्तृतमा
नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय
दुतावास भन्दा शक्तिशाली
सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा कार्यालय खोलेर काम गरिरहेको छ । भार..
विस्तृतमा
काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारको स्वीकृति
काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारले काठमाडौं, कुलेखानी, हेटौंडा सुरुङमार्ग बनाउन सरकारले स्वीकृती प्रदान गरेको छ । सरकारले मंगलबार सुरुङ निर्माणको परियोजना नेपाल पूर्वाधार विकास कम्पनीलाई हस्तान्तरण गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तलसीप्रसाद सिटौलाले कम्पनीका अध्यक्ष कुशकुमार जोशीलाई परियोजना हस्तान्तरण गरे । ..
विस्तृतमा
प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट
महिला सैनिकको अवस्था बारे छलफल
काठमाडौं, ७ जेठ (ओएनएस) : प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ । राजधानीमा भएको भेटमा नेपालका महिना सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ । तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स..
विस्तृतमा
- सरकार र सद्भावनाबीच कुरा मिलेन, आमरण अनसनको घोषणा
- निर्वाचन ऐनका कारण मिति घोषणामा ढिलाई : प्रचण्ड
- अमेरिकामा भिषण आँधी, ९१ जनाको मृत्यु
- नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
- पूर्वसभासद सदरुल मिया हकको घाँटी रेटेर हत्या
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









