अन्तर्वार्ता

  • दुई, तीन महिनापछि आफै अनिवार्य अवकाश हुनेहरुले राजीनामा दिनु कुनै ठूलो कुरो होइन : डा भट्ट, पूर्व प्रसाशक

    •  
    मुख्य सविच नियुक्तमा नियमा मिचिएको भन्दै ५ जना सचिवले राजीनामा दिएका छन् लीलामणि पौडेललाई मुख्य सचिवमा नियुक्त गर्दा किन अन्य सचिवले राजीनामा दिएका होलान, भन्ने विषयमा केन्दि्रत रहेर पूर्व प्रसाशक डा भीमदेव भट्टसँग गरिएको कुराकानी प्रस्तुत छ :

    मुख्य सविच नियुक्तमा नियमा मिचिएको भन्दै ५ जना सचिवले राजीनामा दिएका छन् । लीलामणि पौडेललाई मुख्य सचिवमा नियुक्त गर्दा किन अन्य सचिवले राजीनामा दिएका होलान, भन्ने विषयमा केन्दि्रत रहेर पूर्व प्रसाशक डा भीमदेव भट्टसँग गरिएको कुराकानी प्रस्तुत छ : 

     
    मुख्य सचिव नियुक्तमा नियम मिचिएको भन्ने छ खास तपाईलाई के लाग्छ ? 
    जतिजना मुख्य सचिवका दावेदावर थिए, ती सबै एकैदिन सचिवमा बढुवा भएका हुन । शंकर कोइरालाको म सिनियर हुँ भन्ने कुरा आयो । सिरियल नम्बर अनुसार कोइरालाको नामअघि आएको हो । सचिव बढुवा एकै दिन भएकाले सबै सचिव बराबर नै हुन । 
     
    लीलामणि पौडेल नै कसरी योग्य भए होलान ? 
    प्रसाशकको मुख्य व्यक्ति भएकाले त्यस पदमा काम गर्न सक्ने निडर व्यक्ति चाँहिन्छ । त्यो क्षमताले सायत लीलामणि पौडेल योग्य भएर नै नियुक्त भएका होलान । तर हिजो केही कमजोरी भएर त विजय गच्छदारले पौडेललाई फेरेका हुन । विगतमा काम गर्ने क्षमता पनि राम्रै रहेको भन्ने सुनिन्छ तर कोइराला योग्य थिएनन् भन्ने होइन ।
     
    मान्छे जस्ले पनि आफ्नो अनुकूलको मान्छे नै नियुक्त गर्छ । प्रधानमन्त्रीले आफ्नो अनुकूलको देखेर पौडेलाई ल्याए होलान । 
     
    मुख्य सचिव, वा सचिव नियुक्त गर्ने राजनैतिक प्रक्रिया स्वाभाविक मान्न सकिन्छकी सकिँदैन् ? 
    त्यो स्वाभाविक मान्न सकिँदैन् र त्यस्तो गर्नु हुँदैन । विगतदेखि लोकमासिंह कार्की, विमल कोइराला, भोजराज घिमिरे तथा माधव घिमिरे यी सबैलाई नियुक्त गर्दा नियम मिचिर नै आएको छ । नियम यसबारेमा निष्कृय छ ।
     
    राजा ज्ञाजेन्द्र प्रत्यक्ष शासनअघि १.५ को नियम थियो र २ वटा चाहिएपछि ३ जनाबाट छान्ने गरिन्थ्यो । अहिले ३ दोब्दर भन्ने चलन छ । पहिले कै नियमलाई निरन्तरता दिएका छन् । यसमा धेरै राजनीतिक खेल खेल्ने मौकाले यसलाई निरन्तरता दिएको हो । 
     
    किन यस्तो गरिएको होला ? 
    धेरै मान्छेबाट छान्न पाए तलबाट आफ्नो मान्छे आउछ भनेर नै दलहरुले यस्तो काम गरेका छन् । यसलाई दलहरुले किन सकारेका छन्, उनीहरुलाई नै थाहा होला । यसमा नेताहरु धेरै राजनीतिक चलखेल खेलेका छन् । यो नियमलाई संशोधान गर्न आवश्यक छ । 
     
    सचिवहरुले राजिनामा दिइरहका छन्, के भन्नु हुन्छ ? 
    २, ३ महिनापछि आफै अनिवार्य अवकाश पाउनेहरुले राजीनामा दिनु कुनै ठूलो कुरो होइन । त्यसैले राजीनामा दिनु नदिनुले केही महत्व राख्दैन । कुनै समयमा मुख्य सचिवको नाम सुन्दा मात्र कति गोरव लाग्थ्यो । यस्तै भए मुख्य सचिवको महत्व नै घटेर जान्छ । त्यसैले जतिसक्यो चाँडो कानुन संशोधन गर्नु पर्दछ । 
     

Comments

समाचार More+

  • रुसमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

    काठमाडौं, १० जेठ (एजेन्सी) : रुसको पूवी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी राज्य शाहक्लिनमा गएको भूकम्पसँगै सुनामीको खतरा औँल्याइएको छ ।   ओखोस्ट समुद्रमा केन्द्र विन्दु बनाएर ८ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको रुसी भुगर्भ विभागले जनाएको छ ।   भूकम्पपछि अधिक जनसंख्या रहेको पेट्रोप्याभलोस्क क्याम्च्याट्की क्..
    विस्तृतमा

  • अनसन बसेका महतो आइसीयुमा

    काठमाडौं, जेठ १० (ओएनएस) : विभिन्न माग राखेर राजधानीको शान्तिबाटिकामा आमरण अनसनमा बसेका सद्भाबना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले अस्पताल लगेका छ ।   स्वास्थ्य अवस्था बिग्रिदै गएपनि प्रहरीले जवरजस्ती अस्पताल लगेर भर्ना गरेको हो । उनको अहिले वीर अस्पतालमा आइसीयु कक्षमा उपचार भइरहेको छ । महतो संविधानसभा निर्वाचनको मिति तत्काल घ..
    विस्तृतमा

  • प्रेमी भेट्न छोरा फाल्ने आमा विरुद्ध मुद्धा

    पर्वत, १० जेठ (ओएनएस) : ११ महिनाको छोरालाई जंगलमा छाडेर प्रेमीसँग रात बिताउन जाने एक आमा विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।   एघार महिने छोरा भिष्म पौडेललाई  जङ्गलमा छाडेर प्रेमी भेट्न गएकी नवलपरासी जिल्लाको गैडाकोट– ३ की मीना पौडेल (परियार) का विरुद्ध पर्वत जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता..
    विस्तृतमा

  • निर्वाचन प्रणालीमा क्रान्ति ल्याउछु : उप्रेती

    अहिलेकै अवस्थामा चुनाव हुन्न : वैद्य

      काठमाडौं, जेठ  १० (ओएनएस) : प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन सम्बन्धि प्रणालीमा क्रान्ति ल्याउने बताएका छन् । बिहिबार निर्वाचन आयोगमा भारत–प्रवासमा सक्रिय संघसंस्थाहरुको संयुक्त ज्ञापनपत्र बुझेपछि आफ्नो बाँकी दुई वर्षे कार्यकालमा चुनाव सम्बन्धमा व्यापक परिवर्तन र सुधारहरु ल्याउने योजना सुनाउँदै प्रवा..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal