अन्तर्वार्ता
-
छानबीन कार्यान्वयन हुनेमा म विश्वस्त छु : अमीक शेरचन एमाओवादी, संयोजक आर्थिक छानबीन आयोग
एमाओवादीको पछिल्लो विस्तारित बैठकमा आर्थिक अनियमिता भयो भन्दै बैठक अवरुद्ध नै भयो । विस्तारित बैठकको माझमा नेताहरुको सम्पत्ति छानबविका लागि नेता अमीक शेरचनको संयोजकत्वमा ३ सदस्सीय आयोग बनेको छ । आयोगका संयोजक शेरचनसँग गरिएको कुराकानीको सारसंक्षेप :
छानबीन कार्यान्वयन हुनेमा म विश्वस्त छु : अमीक शेरचन एमाओवादी संयोजक आर्थिक छानबीन आयोग
एमाओवादीको पछिल्लो विस्तारित बैठकमा आर्थिक अनियमिता भयो भन्दै बैठक अवरुद्ध नै भयो । विस्तारित बैठकको माझमा नेताहरुको सम्पत्ति छानबविका लागि नेता अमीक शेरचनको संयोजकत्वमा ३ सदस्सीय आयोग बनेको छ । आयोगका संयोजक शेरचनसँग गरिएको कुराकानीको सारसंक्षेप:छानबीन कार्य कसरीअघि बढ्दै छ ?
अध्यक्षलगायत सबै नेता कमरेडसँगै जिल्ला-जिल्लामा पुगेर कसैलाई शंका नहुने गरी स्वच्छ ढंगले काम गर्दैछौं । प्रमाणित हुन गएकालाई आवश्यक कारवाही गर्न पनि हामीलाई अधिकार दिइएको छ । त्यही अनुसारअघि बढ्ने हो ।
पार्टीको विधान तथा नीतिले कतिसम्म सम्पत्ति राख्न सक्ने भन्ने केही मापदण्ड बनाएको छ ?
यसमा एउटा कुरा छ । पहिलेदेखि आएको पैत्रिक सम्पत्ति कति हो । उनको भागमा कति पर्छ भन्ने कुराको पनि यस पटक टुंगो लाग्छ । पैत्रिकमा पछि थप्पीदै आएको छ या छैन भन्ने कुरालाई मुख्य गरी ध्यान दिन्छौ ।कसैले यो पैत्रिक सम्पत्ति नै हो भन्दै विवराण पेश गर्देलानी फेरि ?
थपिदै आएको हो भने त्यसको स्रोत के हो भन्ने कुराको पनि खोजी होलानी । स्रोतको विश्वसनिय आधार आउनु पर्यो । आएन भने त्यो पार्टीको गम्भीर छलफलको विषय बन्छ ।
माथिल्लो तहका सबै जसो नेताहरु आलिमसान घर नै भाडामा दिएर बसीरहेका छन् । महंगो गाडीमा हिडिरहेका छन् ।छानवीनलाई सहजबनाउन ती सुविधा पहिले नै खोस्नु हुन्छकी प्रमाणित भएपछि मात्रै खोस्ने हो ?
घर भाडा तिर्ने कुरा कतिपय पार्टीको निर्णयले तिर्ने कुरा छ । कसैको पैत्रिक सम्पत्ति छ, त्यसरी नै बसिरहेको अवस्था छ । कतिपय आ-आफ्ना गाडी छन् । त्यो भन्दा बाहिर केहीन केही असमानता त छ नै । यो विषयमा छानबीनपछि मात्रै भन्न सकिन्छ । पूर्वाग्र भएर केही भन्न सकिन्न ।
केन्द्रीय सदस्य तथा स्थायी सदस्यहरुका लागि पार्टीले कुनै सुविधा तोकेको छ ?
स्याथी सदस्यलाई पार्टीले सम्भव भएसम्म यातायात र सहयोगीको व्यवस्था गर्ने भनिएको छ । पार्टीको कोषबाट नै हो यो गर्ने भनेको ।
३ वर्षअघि बनाएको जीवन शैली परिर्वतन गर्ने १५ बुँदे आचारसंहित अलपत्र नै छ । तपाईको आयोगले छानबीन गर्छ त्यसपछि माओवादी नेताहरुको जीवन शैली कार्यकर्ता जस्तै हुन्छ भन्नेमा कसरी विश्वास गर्ने ?
५ हजार सहभागीले निर्माण गरेको आयोगले छानबीन गर्छ र कार्यान्वयन हुन्छ भन्नेमा म पूरै विश्वस्त छु ।
वास्तविक रुपमा कार्यान्वय भए राजधानीमा सुविधासहित ढाटिएर बसेका कति नेताले राजधानी छाड्नु पर्ला ?
त्यो कुरा छानबीनअघि भन्न सकिन्न । छानबीन भएर कार्यान्वयन गरे सबै थाहा हुन्छ ।अध्यक्षदेखि कार्यकर्तासम्म हेर्ने हो भने अति विपन्न र अविजात गरी ३ वटा वर्ग छन् । होइन ?
सामान्य र मध्यम वर्ग यो युथ वर्गक बारेमा म सहमत हु । अविजात भन्ने मिथ्थ आरोप हो । यस्तो आरोप लगाउनु वर्ग शत्रु नै हो ।
अध्यक्ष दाहाल वर्ग सर्वसारा हो । उनको जीवन शैली मात्रै अविजात जस्तो देखिएको हो, बाहिरबाट हेर्दा मात्र ?
त्यसलाई त्यसरी हेर्नुभन्दा पनि मुख्य कुरा किसानको छोरा हो । किसान छदा पनि राम्रै सुकिलो गरी लगाउने बानी पहिलेदेखि नै हो । अर्को कुरा सुरक्षीत गरी बस्दा राम्रो होला भन्ने पार्टीको मान्यता पनि हो ।
Comments
Other अन्तर्वार्ता
-
• एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
• प्रचण्डसँग माया बसेको छ : रेखा थापा
• देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
• जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
• कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय
• कार्कीका विषयमा प्रचण्डले गरेको गल्ती सच्याउनु पर्छ : लीलामणि पोखरेल
• प्रचण्ड खुल्ला दिलको, बाबुराम अन्तर्मूखी : राजेन्द्र महतो
• सरकारमा गएका व्यक्तिहरुमा कन्फ्युजन छ : डा चिरिञ्जीवी नेपाल
• भारत भ्रमण प्रचण्डको गल्ती सच्याउने मौका : मुमाराम खनाल, विश्लेषक
- Show Older
समाचार More+
कोइरालाले मागे रेग्मीको राजीनामा
इलाम, १० जेठ (ओएनएस) : नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधिश पदबाट तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । कोइरालाले रेग्मीको राजिनामा पछिमात्र मुलुकमा चुनावी वाताबरण बन्ने बताए । इलाममा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति कोइरालाले अहिलेको प्रक्रियाको विरोधमा रहेका दलहरु..
विस्तृतमा
चार दल तराई भारतलाई सुम्पिने षड्यन्त्रमा : केसी
काठमाडौं, १० जेठ (ओएनएस) : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चारदलले नेपालको तराई क्षेत्र भारतमा मिलाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । भक्तपुरमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले चार दलले भारतको दलाली गरिरहेको र संघीयताको नाममा भारतलाई सुम्पिन लागेको आरोप लगाए । केसीले आगामी संविधानसभाको निर्वाचनमा संघीयता..
विस्तृतमा
अनसन बसेका महतो आइसीयुमा
काठमाडौं, जेठ १० (ओएनएस) : विभिन्न माग राखेर राजधानीको शान्तिबाटिकामा आमरण अनसनमा बसेका सद्भाबना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले अस्पताल लगेका छ । स्वास्थ्य अवस्था बिग्रिदै गएपनि प्रहरीले जवरजस्ती अस्पताल लगेर भर्ना गरेको हो । उनको अहिले वीर अस्पतालमा आइसीयु कक्षमा उपचार भइरहेको छ । महतो संविधानसभा निर्वाचनको मिति तत्काल घ..
विस्तृतमा
प्रेमी भेट्न छोरा फाल्ने आमा विरुद्ध मुद्धा
पर्वत, १० जेठ (ओएनएस) : ११ महिनाको छोरालाई जंगलमा छाडेर प्रेमीसँग रात बिताउन जाने एक आमा विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । एघार महिने छोरा भिष्म पौडेललाई जङ्गलमा छाडेर प्रेमी भेट्न गएकी नवलपरासी जिल्लाको गैडाकोट– ३ की मीना पौडेल (परियार) का विरुद्ध पर्वत जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता..
विस्तृतमा
- रुसमा शक्तिशाली भूकम्प, सुनामीको खतरा टर्यो
- निर्वाचन प्रणालीमा क्रान्ति ल्याउछु : उप्रेती
- सिरहामा पाँच वर्षीया बालिका बलात्कृत
- वर्षातले २३ वर्षे रेकर्ड तोड्यो
- त्रिशुलीमा ट्याङकर खस्दा ३ जनाको मृत्यु
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









