अन्तर्वार्ता

  • पहिचानसहितको संघीयता नभए पार्टीबाट अलग नै हुने हो : रामचन्द्र झा एमाले पोलिटब्यूरो सदस्य

    •  
    एकल जातीयको विषयले एमालेमा विवाद चर्किएको छ । एकल जातीय पहिचानसहितको संघीयता नभए जनजाति र मधेस केन्दि्रत नेताहरु एमालेबाट अलग हुने बताएका छन् । यता पार्टीको अनुशासन आयोगले एक हप्ताभित्र पार्टी विपरीत गएको भन्दै स्पष्टीकरण सोध्ने भनेको छ । अब असन्तुष्ट नेताहरु के गर्दछन भन्नेका केन्दि्रत रहेर एमाले पोलिटब्यूरो सदस्य रामचन्द्र झासँग ओएनएसका लागि लोकेन्द्र ओलीले गरेको कुराकानीको सारसंक्षेप :

    एकल जातीय पहिचानसहितको संघीयताको विषयले एमालेमा विवाद चर्किएको छ । एकल जातीय पहिचानसहितको संघीयता नभए जनजाति र मधेस केन्दि्रत नेताहरु एमालेबाट अलग हुने बताएका छन् । यता पार्टीको अनुशासन आयोगले एक हप्ताभित्र पार्टी विपरीत गएको भन्दै स्पष्टीकरण सोध्ने भनेको छ । अब असन्तुष्ट नेताहरु के गर्दछन भन्नेका केन्दि्रत रहेर एमाले पोलिटब्यूरो सदस्य रामचन्द्र झासँग ओएनएसका लागि लोकेन्द्र ओलीले गरेको कुराकानीको सारसंक्षेप :

     
    अनुशासन आयोगले स्पष्टीकरण माग्यो, अब दिनु हुन्छ, होला नी ?
    दिने हो । के विषयको स्पष्टीकरण हो, हातमा आएपछि हेरेर एक पेजको पाँच पेजसम्म दिने हो ।


    के कारणले आफूहरुमाथि स्पष्टीकरण सोधिन लाग्यो भन्ने लागेको छ ?
    पार्टीका पूर्वनिर्णित, निर्णयहरु खासगरी राज्य पुनर्संरचनाका सन्दर्भमा सातौं महाधिवेशनबाट निर्वाचित र बाह्रौ बैठकबाट भएका निर्णयहरु, संविधानसभा निर्वाचनपछि घोषणा भएका र आठौं महाधिवेशनको राजनैतिक प्रतिवेदनमा उल्लेल भएका विषयहरु, मेरो नेतृत्वमा बनेको कार्यदलले दिएका निष्कर्षहरु, माधवकुमार नेपाल नेतृत्वको कार्यदलले दिएका सौद्धान्तिक निष्कर्षहरु, बामदेव गौतम नेतृत्वले दिएको वा सुझाएको प्रदेशको नामाकरण, पहिचानसहितको विषय पार्टीको पूर्व निर्णयहरु हुन ।

    जसको आधारमा हामीमा राज्य पुनर्संरचनामा भोटिङ गरेर १४ प्रदेश पारित गरेको हो । फेरि आयोग बनाउने विषयमा पार्टी गयो । केन्द्रीय कमिटी आयोग बनाउँने विपक्षमा थियो । आयोगले सुझाव मात्रै दिने हो, भन्दै कांग्रेसले भनेको विषयमा हाते मालो गरेर जानु भयो । पछिल्लो समयको काम जुन नेतृत्वले गर्‍यो, त्यो पार्टी निर्णय विपरीत गरेको छ । मैले आफ्ना विमतीहरु पोलितब्यूरो बैठकमा राखे, स्थायी कमिटी बैठकमा पनि ती विषय पुगेका हुन ।

    पार्टी सच्चीनु पर्ने हो तर सच्चीएन झन अल्टो दिशातिर गएको छ । बामदेव गौमत एक व्यक्तिले राखेका मत तल्लो तहसम्म लैजाने, हामी एउटा समूहले नै राखेको विचार तलसम्म लग्न नपाउँन ? यो कस्तो अन्र्तरसंर्घष हो । यो भन्दाअघि विभिन्न जिल्लाहरुमा समानान्तर कमिटी बनाउँनेलाई यो अनुशासन आयोगका पदाधिकारीले कारवाही गर्न जरुरत ठानेका थिएकी थिएनन् ? ठानेको भए त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने । त्यो नगरी अनुशासनहिन काम गर्नेलाई प्रोत्साहन गर्नु त भएन । यस्तो अवस्थामा हामीहरुसँग स्पष्टीकरण सोध्ने कुनै अर्थ छैन । र सोध्ने नैतिक अधिकार पनि छैन ।

    पार्टीको विधान सबैका लागि एउटै हो । कसैले समान्तर कमिटी खोल्दा विधान मौन बस्ने । कोही आफ्नो विचार लक्षीत वर्गसम्म पुर्‍याउन खोज्दा त्यसलाई निष्तेज पार्न खोज्ने भन्ने कुरा हुँदैन । यो पार्टीभित्रको आन्तरिक जनवादको नितान्त अभाव हो ।


    अब के हुन्छ त ?
    पार्टीमा एकाधिकार लादन खोजिएको हो । एउटैमात्र समुदायका व्यक्तिहरु पार्टीमा रहनु पर्छ भन्ने मानसिकताबाट पे्ररितले यस्तो गरेका हुन । यो विषयमा नेतृत्वले सोँच्नु पर्छ ।


    तपाईहरुले आत्मालोचना गर्ने हो ?
    आत्मालोचना गर्ने कुरै छैन । प्रश्नै उठदैन । गल्ती गरेकै छैनौ । पार्टीले अन्तिममा सम्म गल्ती गरेको छ, राज्य पुनर्संरचनामा । संविधानसभामा यो दुनियाँमा कतै नभएको हुइप लाग्छ ? संविधानसभाको म्याद सकिने ३० घण्टा बाँकी हुँदा संविधान बनाउँनतिर नलागेर पार्टी नेतृत्व प्रधानमन्त्रीको अविश्वासको हस्तक्षर गर भन्नु भयो ।

    हामीले विरोध गर्‍यौ । संविधान निर्माणमा खर्चिनु पर्ने समय किन प्रधानमन्त्री हटाउन खर्चिनु । संविधानसभा विघटन हुनुमा एमाले जिम्मेवार छ । संविधानसभाको अध्यक्ष सुवास नेम्वाङ एमाले कै व्यक्ति भएकाले संविधानसभा विघटन हुनुमा एमाले नै जिम्मेवार छ ।

    संविधानसभाको बैठक एकपटक पनि बस्न सकेन यो बैठक बसाल्न नसक्नु कमजोरी कस्को हुन्छ ? होला माओवादीमा पनि केही रुपमा ।


    अन्तिममा एकल जातीय पहिचानसहितको संघीयता नभए के गर्ने ?
    पार्टीले यो स्वीकार गर्छ, भन्नेमा आशावादी छौं । यदी पहिचानसहितको संघीयता नभए पार्टीबाट अलग नै हुने हो । त्यो भन्दा अर्को विकल्प छैन ।   

     

Comments

समाचार More+

  • कांग्रेस एमाले निर्वाचन कानुनका विषयमा साझा धारणा बनाउँदै

    बल्खुमा दुईपक्षिय छलफल

    काठमाडौं, ८ जेठ (ओएनएस): संविधानसभा निर्वाचन ऐनका विषयमा साझा धारणा बनाउन नेपाली कांग्रेस र एमाले छलफलमा जुटेका छन् । निर्वाचन आयोगले सिफारिस गरेका निर्वाचन ऐनमा अन्तिम अडानका रुपमा धारणा बनाउन अनौपचारीक छलफलमा रहेको प्रमुख दुई दलबीच आज औपचारीक छलफल हुँदैछ । बिहान एमाले मुख्यालय बल्खुमा हुने छलफलमा उच्चस्तरीय राजनीतिक समितिमा भइरहेको विवाद र द..
    विस्तृतमा

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा  भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा  कार्यालय खोलेर काम गरिरहेको छ । भार..
    विस्तृतमा

  • चेन्नई आइपीएलको फाइनलमा

    मुम्बई ४८ रनले पराजित

      काठमाडौं, ८ जेठ (ओएनएस) : चेन्नई सुपरकिङ्गस भारतमा जारी आइपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मुम्बई इन्डियन्सलाई ४८ रनले हराउँदै चेन्नई फाइनलमा पुगेको हो ।   मंगलबार भएको खेलमा माइकल हसी र सुरेश रैनाको विस्पोटक व्याटीङको मदतले चन्नई मुम्बईलाई हराउँदै फाइनलको यात्रा तय गर्न सफल भएको हो  ।    टस जितेर पहिल..
    विस्तृतमा

  • काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारको स्वीकृति

      काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारले काठमाडौं, कुलेखानी, हेटौंडा सुरुङमार्ग बनाउन सरकारले स्वीकृती प्रदान गरेको छ । सरकारले मंगलबार सुरुङ निर्माणको परियोजना नेपाल पूर्वाधार विकास कम्पनीलाई हस्तान्तरण गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तलसीप्रसाद सिटौलाले कम्पनीका अध्यक्ष कुशकुमार जोशीलाई परियोजना हस्तान्तरण गरे ।  ..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal