अन्तर्वार्ता
-
पूर्णबजेट नआउँदा अर्थतन्त्र तहसनहस भएको छ : डा चिरञ्जीवि नेपाल, अर्थजानकार
असार मसान्तमा बजेट आउनु पर्ने हो । बजेट कस्तो ल्याउने भन्नेबारेमा दलहरुबीच सहमति भैसकेको छैन । काम चलाउ सरकारले कस्तो बजेट ल्याउन सक्छ भन्ने विषयमा केन्दि्रत रहेर अर्थजानकार डा चिरञ्जीवि नेपालसँग ओएनएसका लागि लोकेन्द्र ओलीले गरेको कुराकानीको सारसंक्षेप :
असार मसान्तमा बजेट आउनु पर्ने हो । बजेट कस्तो ल्याउने भन्नेबारेमा दलहरुबीच सहमति भैसकेको छैन । काम चलाउ सरकारले कस्तो बजेट ल्याउन सक्छ भन्ने विषयमा केन्दि्रत रहेर अर्थजानकार डा चिरञ्जीवि नेपालसँग ओएनएसका लागि लोकेन्द्र ओलीले गरेको कुराकानीको सारसंक्षेप :
काम चलाउ सरकारले कस्तो बजेट ल्याउनु पर्छ ?
सहमतिबाट बजेट ल्याउन नसके अन्तरिम संविधानमा एक तिहाइ बजेट ल्याउन सकिन्छ, भन्ने व्यवस्था छ । विधिको शासन मान्दा एक तिहाइ बजेट आउछ, त्यो भन्दा अर्को विकल्पबाट बजेट ल्याउन संभव छैन । राष्ट्रपतिले पनि सहमतिमा बजेट ल्याउनुस भनिसकेकाले त्यसै गर्ने हो । अध्यायदेशबाट आउने बजेट ६ महिनाका लागि हो ।त्यसपछि फेरि अर्को बजेट आउछ । नेपालको सन्दर्भमा लगातार १० वर्ष भयो कहिल्यै पनि पूर्ण बजेट आउन सकेको छैन । सधै कहिले ६,७, ८ महिना भन्दै बजेट आइरहेको छ ।
पूर्ण बजेट नआउँदा यसले अर्थतन्त्रमा कस्तो असर पारेको छ ?ठूलो असर पारेको छ । निजी क्षेत्र आक्रान्त छ । १० वर्षका साढे ३ प्रतिशत मात्र आर्थिक वृद्धिदर छ । लगानीभित्रिन सकेको छैन । निजी क्षेत्र हतोत्साहित छ ।
रोजगारी सिर्जना हुन सकेको छैन । बेरोजगारी चरम रुपमा बढेको छ । नेपालबाट विदेशीने १० वर्ष पहिले दैनिक एक सय जना विदेश हुन्थे भने अहिले दैनिक १५ सय भन्दा धेरै जान्छन् । रेमिट्यान्समा मुलुक निर्भर छ । यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ ?
यसबाट नेपाललाई आर्थिक रुपले पनि नोक्सान भैरहेको हो ?
यसले नेपाललाई ठूलो घाटा भएको छ, नोक्सान भएको छ । अर्को नेपालको ठूलो दुर्भाग्य भनेको विकास खर्च कहिल्यै पूरा हुन सकेन । विकास खर्च पूरा नभएपछि रोजगारी सिर्जना हुँदैन, विकास खर्च समयमा नआउदा रोजगारी सिर्जना नभएपछि बेरोजगार मान्छे बढी हुन्छन ।विकास निर्माणका सबै काम ठप्प हुन्छन । नीति निर्माणका कार्यक्रम आउन सक्दैनन् । नेपालको अर्थतन्त्रलाई बर्वाद पार्ने काम नै बजेट समयमा नआएर र आएको बजेट पनि उपयोग गर्न नपाएर भएको हो ।
विकास खर्च पूरा हुन नसक्नुको मुख्य कारण के हो ?
राजनैतिक सहमति हुन नसकेर नै हो । त्यससँगै बजेट राम्रोसँग कार्यान्यवन हुन नसकेर नै यस्तो भएको हो ।
Comments
Other अन्तर्वार्ता
-
• एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
• प्रचण्डसँग माया बसेको छ : रेखा थापा
• देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
• जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
• कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय
• कार्कीका विषयमा प्रचण्डले गरेको गल्ती सच्याउनु पर्छ : लीलामणि पोखरेल
• प्रचण्ड खुल्ला दिलको, बाबुराम अन्तर्मूखी : राजेन्द्र महतो
• सरकारमा गएका व्यक्तिहरुमा कन्फ्युजन छ : डा चिरिञ्जीवी नेपाल
• भारत भ्रमण प्रचण्डको गल्ती सच्याउने मौका : मुमाराम खनाल, विश्लेषक
- Show Older
समाचार More+
शान्ति र अहिंसा नै मुख्य उद्देश्य : रेग्मी
काठमाडौं, ११ जेठ (ओएनएस) : अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले शान्ति र अहिंसा समाजको मुख्य उद्देश्य हुनुपर्ने बताएका छन् । द्वन्द्वको अन्तिम विन्दू शान्तिपूर्ण रूपान्तरणको थालनीबाट हुने पनि उनको भनाई छ । २५५७ औं बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा शनिबार भएको समारोहलाई सम्बोधन गर्दै रेग्मीले शान्तिको दर्शनलाई एकमात्..
विस्तृतमा
'एमाले ११ बुँदे सहमति संसोधन गर्न तयार' (अडियोसहित)
काठमाडौं, जेठ ११ (ओएनएस) : नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी सरकार गठनको क्रममा भएको ११ बुँदे सहमति संसोधन गर्न तयार रहेको बताएका छन् । दलहरुसँगको छलफलपछि सहमति संसोधन गर्न सकिने उनको भनाई छ । आफ्नै निवास डल्लुमा पत्रकारसँग कुराकानी गर्दै खनालले सहमति खारेज भने हुन नसक्ने बताए । “११ बुँदे सहमति र २५ बुँदे बाधा..
विस्तृतमा
गोर्खा कपमा आज दुई खेल
काठमाडौं, ११ जेठ (ओएनएस) : राजधानीमा जारी गोर्खा कप फुटबलमा आज दुई खेल हुदैछन् । आजको पहिलो खेलमा गत सिजनको ए डिभिजन लिग जितेको थ्रिस्टारले देशभक्त क्लव सँग प्रतिस्पर्धा गर्ने छ । यि दुई टोलीको खेल दिउँसो दुई बजे दशरथ रंगाशालामा हुनेछ । दोस्रो खेलमा दिउँसो चार बजे एपिएफ र आरसिटि विच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको ख..
विस्तृतमा
जंगल गएकी महिलाको बलात्कारपछि हत्या
बारा, ११ जेठ (ओएनएस) : दाउरा लिन गएकी बाराकी एक महिलाको हत्या भएको छ । बाराको हरैया गाउँ विकास समिति–६ नयाँबस्तीकी ४५ वर्षीया प्रमिला लोहनीको शुक्रबार हत्या गरिएको अवस्थामा शव फेला परेको हो । उनको बलात्कारपछि बञ्चरो प्रहारबाट हत्या भएको देखिएको प्रहरीले जनाएको छ । विहान दाउरा लिन गएकी लोहनीको घाँटीमा बञ्चरो प्रहार भएको देखिएको छ..
विस्तृतमा
- च्याम्पियन लिगको उपाधी भिडन्त आज
- २६ किलो चरेस सहित पाँच पक्राउ
- निर्वाचन समयमै गर्न मुनको सुझाव
- बुद्ध जयन्तीको दिन काटमार गर्नेको भीड ! (फोटोफिचर)
- तालिवानी हमलामा एक नेपाली सहित ७ को मृत्यु
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









